Thursday, 21 March 2013

हिजोका जर्साप, आजका कर्साप (फोटोसहित)

यमबहादुर अधिकारी लडाकुको लडाकु पोशाकमा / तस्वीर www.hataru.blogspot.com

अधिकारी बायाँबाट पहिलो सैनिक पोशाकमा / तस्वीर- नेपाली सेना
काठमाडौं । कुनै जमाना थियो कमरेड प्रतिक्षा अर्थात् यमबहादुर अधिकारी माओवादीको युद्धका कमाण्डर । चर्चित कृष्णभीर दोहोरो भीडन्तका बेला माओवादी लडाकुका नेतृत्वकर्ता, गुरिल्ला कमाण्डर । धादिङ घर भएका अधिकारीले सेनासँगको आमनेसामने लडाईँको मोर्चा सम्हालेका थिए र त्यो लडाईँलाई माओवादीले आफ्नो फौजी शक्तिको सफलताका रुपमा व्याख्या गरेको थियो । यिनै कमाण्डर थिए त्यो मोर्चाको । तत्कालीन शाही नेपाली सेनासँगको भीडन्तका प्रतिद्धन्द्धी अब नेपाली सेनाका कर्नेल बन्दैछन् ।
पछिल्लोपटक माओवादी लडाकुको इलामस्थित पहिलो डिभिजनका कमाण्डर रहेका अधिकारी अब नेपाली सेनाको सम्भवतः महासेनानी (फूल कर्नेल)को पद पाएर सैनिक जागिर शुरु गर्दैछन् । युद्धकालका ती घटनाहरु सम्झनामा नहुने हैन, तर आफ्नो भूतपूर्व प्रतिद्धन्द्धी अब उनका लागि आफ्नो गौरवशाली सेना हुनेछ र राष्ट्रिय अखण्डताका लागि उनको प्रतिवद्धता थप बलियो÷मजबुत हुनेछ । लडाकुको पोशाकमा सजिएको तस्वीर हेरिरहेका र त्यहीरुपमा उनलाई भेटेका पत्रकारका लागि उनको नयाँ गेटअप देखिएको छ ।  उनी अहिले सैनिक पोशाकमा देखिएका छन् । सेनाले पहिलोपटक अधिकारी र उनको टिमको फोटो सार्वजनिक गरेको छ । संयोज गुराइदिए संयुक्त राष्ट्रसंघीय महासचिव वान कि मूनका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्री फेल्टमनको नेपाल भ्रमणले ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...