Monday 8 June 2015

नेपाल सञ्चार मञ्चमार्फत् चिनियाँ सहयोग, दुईदर्जन पत्रकारलाई जस्तापाता

काठमाडौं, २५ जेठ । जनवादी गणतन्त्र चीनको ताइवानका समाजसेवी चाउ मिन रिनले १२ वैशाखमा नेपालमा आएको महाभूकम्पपीडित पत्रकारलाई सहयोग गर्ने घोषणा गरेका छन् । ताइवानमा स्थापित समाजसेवी रहेका उनले काठमाडौं भ्रमणका क्रममा नेपाल सञ्चार मञ्चमार्फत् पत्रकारहरुको बसोबासका लागि सहयोग गर्ने आज घोषणा गरेका हुन् ।
रिनले पहिलो चरणमा दुईदर्जन पत्रकारलाई सहयोग गर्ने बचन दिएको मञ्चका महासचिव पर्शुराम काफ्लेले जानकारी दिए । प्रतिवद्धता अनुसार रिनले दुई बण्डलका दरले प्रति पत्रकार जस्तापाता दिनेछन् । यसबाट अस्थायी आवास निर्माणका लागि पत्रकारलाई सहयोग पुग्ने रिनले विश्वास व्यक्त गरे । रिनले चरणबद्धरुपमा अन्य नेपाली पत्रकारलाई पनि सहयोग गर्दैजाने प्रतिवद्धता जनाएका छन् ।
भूकम्प पीडित नेपाली पत्रकारलाई उनको मुलुक चीन र ताइवानका अन्य समाजसेवीले पनि सहयोग गर्न चाहिरेको र त्यसबारे स्वदेश फर्किएपछि आफूले केही प्रयास गर्ने पनिउनले बताए । रिनले सञ्चार मञ्चलाई २० जना पत्रकारका लागि दिने जस्तापाताको कुपनसमेत हस्तान्तरण गरे । केही दिनपछि पत्रकारलाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रम छ ।
आज ठमेलमा आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष निरन्जन ओझाले समाजवेवी चाऊ मिन रिनको सहयोगबाट थोरै भए पनि पत्रकारहरुको समस्यालाई सम्बोधन गरेको बताए । उनले भूकम्पबाट एक हजार भन्दा बढी पत्रकारको घर क्षति भएको र बस्ने अवस्था नरहेको उल्लेख गर्दै यसका लागि थप सहयोग गर्न पनि रिनसँग अनुरोध गरे । जबाफमा रिनले आफू त्यसका लागि इच्छुक रहेको र स्वदेश फर्किएपछि त्यसका लागि पहल गर्ने जानकारी दिए ।
सो अबसरमा मञ्चका तर्फबाट रिनलाई सम्मानपत्रसहित मायाको चिनो हस्तान्तरण भएको थियो । कार्यक्रममा मञ्चका पदाधिकारी र सञ्चारकर्मी सहभागी थिए । मञ्च स्वतन्त्र व्यावसायिक पत्रकारहरुद्धारा हालसालै गठन भएको संस्था हो । स्वतन्त्र र व्यावसायिक पत्रकारिताको विकास र पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि मञ्च सक्रिय छ । 
 
 
 
 

 

top sidebar ads

समाचार

समाचार

recent posts comments tab