दीक्षित जोडिएको त्यो बिबाद -मिडियामा विदेशी लगानी
–पर्शुराम काफ्ले– वैशाख ५, २०७१मा कान्तिपुर दैनिकले छापेको मुख्य समाचारको शीर्षक छ : दीक्षितले विदेशी दुतावासबाट रकम लिएकोमा आपत्ति ।’ अधिकांश ब्रोडसिट दैनिकले यही आशयका शीर्षक र समाचार प्रमुखताकासाथ छापे । कान्तिपुर, नयाँ पत्रिकालगायतले सम्झौताकै कपीसमेत प्रमाणका रुपमा समाचारमा पेश गरे । अघिल्लो दिन अर्थात् वैशाख ४ गते व्यवस्थापिका संसदमा एकीकृत माओवादीका नेता शक्तिवहादुर बस्नेतले नर्वेली दूतावासबाट द साउथ एशिया ट्रष्टका कार्यकारी निर्देशक कनकमणि दीक्षितले रकम लिएको कागजी सम्झौता सार्वजनिक गरेपछि समाचार प्रकाशित भएको थियो । सम्झौता र एमाओवादी नेताले संसदभित्र÷बाहिर त्यसमाथि जनाएको प्रतिक्रिया सञ्चारमाध्यमका लागि खुराक बने । रोचक त ४ वैशाखमा काठमाडौं उपत्यका वाहिर रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि राजधानीमा नेता डा. बाबुराम भट्टराई, अग्निप्रसाद सापकोटासमेतका नेताले अभिव्यक्ति दिए । यसको अर्थ एमाओवादी नेताहरुले निकै तयारीसाथ दीक्षितले नर्वेली दुताबासबाट लिएको रकम सम्झौता सार्वजनिक गरेका थिए । एमाओवादीले दीक्षितलगायत केही नागरिक अधिकारकर्मी र पत्रकारमाथि शान्तिप्