डा करण सिंहसँग पाँच बर्षअघिको अन्तर्वार्ता-सात दल र राजाबीच समझदारी बनाउने मेरो प्रयास थियो
Posted by: nayapatrika July 6, 2015 डा. करण सिंह , वरिष्ठ नेता , भारतीय कंग्रेस भारतीय कंग्रेसका वरिष्ठ नेता , विदेश विभाग प्रमुख डा. करण सिंहको नेपालसँग राजनीतिक चासोका अतिरिक्त पारिवारिक सम्बन्ध छ । ०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुगेका वेला ०६३ वैशाख ८ गते बिहान पूर्वराजा ज्ञानेन्द्र शाहसँग नारायणहिटीमा भेटेर डा. सिंहले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको चिठी बुझाएका थिए । त्यही साँझ राजा ज्ञानेन्द्रले आन्दोलनकारी सात दललाई सरकार गठनको आह्वान गरे । तर , पार्टीहरूले उनको प्रस्ताव मानेनन् । आन्दोलन लम्बियो र राजाले संसद् पुनस्र्थापना गरेपछि आन्दोलन साम्य भयो । त्यो वेला भारतको प्रस्ताव के थियो ? उनी दिल्ली फर्केपछि नेपालको राजनीतिक परिस्थिति कसरी बदलियो ? नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकार गठनपछि नेपाल मामिलामा भारतको चासो र सद्भाव पहिलाभन्दा कुन अर्थमा फरक छ ? वा छैन ? यसबारे डा. सिंहसँग नयाँ पत्रिकाका पर्शुराम काफ्ले ले नयाँदिल्लीको चाणक्यपुरीस्थित निवास सरोवर भवनमा केही दिनअघि अन्तर्वार्ता लिएका थिए । नौ वर्षअघि जनआन्दोलनको आखिरीमा तपाईं भारत सरकारको सन्देश लिएर