Monday, 25 March 2013

गुप्तचरका मान्छेले कसलाई रिपोर्टिङ गर्ने ?

काठमाडौं (नेपाल डोर) । सिंहदरबार परिसरभित्र रहेको र  मुलुकको समग्र क्षेत्रको रिपोर्टिङ गर्नुपर्ने गृह मन्त्रालय अन्तर्गतको निकाय हो राष्ट्रिय अनुसन्धान विभाग । करिब १ हजार दुईसय कर्मचारी रहेको मानिने यो निकायमा राजनीति, बौद्धिक क्षेत्र, पत्रकारिता, कलाकारिता, अर्थतन्त्रलगायत सबै क्षेत्रमा आफ्नो सूचना सञ्जाल विस्तार गरेको मानिन्छ र सूचना संकलन पनि भइरहेको छ । पञ्चायतकालभरि अत्यन्तै प्रभावकारी मानिएको र बहुदलीय प्रजातन्त्र स्थापनासँगै २०४६ सालपछि अस्तित्व जेनतेन धानेको विभागले गणतन्त्र स्थापनापछि अस्तित्व नै गुमाएको छ । विभागमा कार्यरत अधिकृतहरु अहिले कुन सूचना कसलाई ब्रिफिङ गर्ने र त्यसले कतिबेला आफ्नो जागीर संकटमा पर्ने  भन्दै हिँडेका छन् ।
हालसालै नेपाल डोर डट कमका लागि अनौपचारिक कुराकानी गर्न आएका विभागका बहालवाला केही अधिकृतले भने अनुसार उनीहरुलाई अहिले सबैभन्दा अप्ठेरो राजनीतिक क्षेत्रबाट भएको छ । उनीहरुलाई मुलुक हाँक्ने प्रभावशाली नेताहरुको बारेमा सूचना संकलन गर्न लगाइने तर ती सूचना ब्रिफिङ गर्दा उल्टै जागिर जाने पिरले पोल्न थालेको छ । ‘केही दिन अघि नेकपा–माअ‍ोवादीका नेता नेत्रविक्रम चन्दले विदेशी केही संकास्पद व्यक्तिहरुसँग ठमेलतिरको एउटा रेस्टुरेन्टमा भेटेर घण्टौं कुराकानी गरेको खबर पायौं’ ती अधिकृतले भने, ‘त्यो सूचना माथि दियौं, तर हाकिमले उल्टै मलाई नै खप्कि खाए ।’ नेतृत्वमा पुग्न र बढुवा हुन राजनीतिक पार्टीकै चाकडी गर्नुपर्ने परिपाटीका कारण राजनीतिक दलका नेताहरुका कतिपय संशास्पद गतिविधिजन्य सूचना संकलन गरे पनि कहाँ दिने भन्ने अप्ठेरोमा गुप्तचरका अधिकृतहरु पुगेका छन् । ‘हाकिमलाई सूचना दियो, उनैले सातो खान्छन् ’ ती अधिकृतले भने, ‘अरु जुनसुकै ठाउंमा सूचना दियो, उही व्यक्तिको धम्की आउने पिर हुन्छ । सबै निकायमा पार्टीकरण भएपछि सूचना कसलाई शेयर गर्ने र त्यसको विश्लेषण कुन निकायले गर्ने भन्ने अहिले ठूलो समस्या भएको छ ।’ काठमाडौंमा औपचारिक राजनीतिक कार्यक्रममा सीमित रहने गुप्तचर निकाय उपत्यका बाहिर प्रमुख जिल्ला अधिकारीको नियन्त्रणमा खुम्चिएर बसेको छ । प्रधानमन्त्री मातहत ल्याउने घोषण केही प्रधानमन्त्रीले गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । 

No comments:

Post a Comment

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...