Monday 5 June 2017

PROFILE OF NEPAL'S UPCOMING PRIME MINISTER DEUBA



Curriculum Vitae

PERSONAL INFORMATION
Name                                                                    : SherBahadurDeuba
Date of Birth                                                      : 13th June 1946
Sex                                                                         : Male
Social Status                                                       : Married, one son
Place of Birth                                                     : Ruwakhola, Asigram 5, Dadeldhura, Mahakali Zone, Nepal.
Contact
Address                                               : Chappali, BhadrakaliVDC, Budhanilakantha, Kathmandu, Nepal.
Phone (Resident)            : (977-1) 4375376/4374237, Fax: (977-1) 4377307
                Email                     : piyushrl26@gmail.com
             (Office)                   : (977-1) 5183363/5183264/5183265  Fax: (977-1) 5183266

Education
·         Research Fellow in Political Science at the London School of Economics 1998-89
·         Master in Arts, Political Science (Humanities) from Tribhuvan University, Kathmandu
·         Bachelor’s Degree in Law from Tribhuvan University
·         Bachelors in Arts (Humanities) from Trivhuvan University
Political Carrer
2016 March 7 to current                : Elected President of Nepali Congress Party
2008 June to 2012                            : Vice President, Socialist International
2006 May to Sep.                             : Unanimously Re-elected President of Nepali Congress (Democratic)
2006 May to Sep. 2007                   : Leader of the Parliamentary Committee of the Part
2004 June to 2005 Feb.                  : Prime Minister of Nepal
2001 Aug. to 2002 Oct.                   : Prime Minister of Nepal
2002 Sept. to 2006 Jan.                  : President, Nepali Congress (Democratic)
1999 Dec. to 2000 Oct.                    : Head of the high Level Recommendation Committee for the Resolution of Maoist Problem.
1999 Apr. to 2002 July                     :Re-elected Member of Parliament with highest number and margin of votes. Member of Parliament and elected member of the Central Working Committee of the Nepali Congress Party.
1997 Mar. to 1998                            : Remained Member of Parliament and elected member of Central Working Committee of Nepali Congress Party
1995 Sep. to 1997 Mar.                  : Prime Minister
1994 Nov. to 1995 Sept.                 : Elected Member of Parliament on a Nepali Congress Parliamentary Committee and Leader of Mail Opposition Party.
1991 to 1994 Nov.                            : Elected Member of Parliament on a Nepali Congress ticket from Dadeldhura District of Far-West Nepal.
1991 Dec. to 1994 Sept.                 : Minister for Home Affairs of Nepali Congress Government.
1991                                                       : Political in Charge, Far-Western Region, Nepali Congress
1990                                                       : Actively participated in the Popular Movement for Restoration of Democracy in Nepal in Western Countries during the 1990 Movement.
1982 to 1998                                       : Convener, Political Consultative Committee, Nepali Congress.
1985                                                       : Played a leading role in the Civil Disobedient
1980                                                       : Active in promoting multi-party Democracy in Nepal during the National Referendu.
1971 to 1980                                       : Founder member and President of the Nepal Students Union.
1966 to 2005                                       : Imprisoned for political beliefs for a period of ten years (at different points of time)
1965 to 1968                                       : Chairman, Far-Western Students Committee, Kathmandu.
Countries Visited                            :  United Kingdom, United States of America, Bhutan, Maldives, India, China, Sri-Lanka, Thailand, Japan, Germany, France, Norway, Colombia, Sweden, Belgium, Qatar, Switzerland, Australia, South Korea and Greece

यस्तो रह्यो मेरो कार्यकाल

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत            photo-ekantipur.com

जेठ १९ गते शुक्रवार परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले आफ्नो कार्यकालमा नेपालको छिमेकी एवम् अन्य देशहरुसँगको सम्बन्ध सन्तुलित र सुदृढ रहेको जिकिर गरे । परराष्ट्रमन्त्री नियुक्त हुदा नेपालको परराष्ट्र सम्बन्ध जटिल मोडमा रहेको र नेपालको हित र आवश्यकतालाई केन्द्रबिन्दुमा राख्दै सौहार्दता र विश्वासको आधारमा भारत र चीनसँगको सम्बन्धलाई मजबुद गर्ने काम भएको भन्न छुटाएनन् । 
उनको विश्लेषणमा चिनियाँ बृहत आयोजना ओबिओआरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर, भारतसँग नेपालले गरेका सन्धी सम्झौताबमोजिम नेपालले पाउनुपर्ने सुविधाका बारेमा आपसी बैठकहरुमा कडाईका साथ कुरा उठाएको र कतिपय विषयमा प्रक्रिया पनि अघि बढेको, श्रम गन्तव्य मुलुकमा नेपाली श्रमिकको सुविधा र अधिकारका साथै राहदानी र कन्सुलर सेवामा गरिएका सुधार नेपालका लागि महत्वपूर्ण कार्य हो ।
मूख्य कार्यहरु महतकै शब्दमा
  :
  • नेपालको राष्ट्रिय स्वार्थ र विशिष्ट आवश्यकतालाई ध्यानमा राख्दै सक्रिय कूटनीति मार्फत नेपालको स्वार्थको परिपूरण गर्ने नीति यो सरकारले लिएको छ । नेपालको सडकमा उग्र राष्ट्रियताका कुरा धेरै हुने तर उच्च कूटनीतिक तहमा नेपालको राष्ट्रिय स्वार्थलाई आवश्यक गृहकार्यसहित प्रस्तुत हुने गम्भीरतामा कमीको स्थितिलाई समाप्त गरी कूटनैतिक सक्रियता र त्यसका लागि चाहिने आवश्यक गृहकार्यका आधारमा परराष्ट्र सम्बन्धलाई बिकसित गर्ने नीति यो सरकारले लिएको छ । यसका सकारात्मक परिणामहरु स्पष्ट रुपमा देखा परिराखेको छ । वर्तमान सरकारको गठन भएपछि छिमेकीहरुसँग नेपालको हित र आवश्यकतालाई केन्द्रबिन्दुमा राख्दै सौहार्दता र विश्वासमा आधारित सम्बन्ध विकास गर्ने नीति अख्तियार गर्दै भारत र चीनसँगको सम्बन्धलाई मजबुद गर्ने काम भएको छ । त्यस्तै अन्य मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई विकसित र विस्तार गर्ने काममा उल्लेख्य सफलता मिलेको छ । संयुक्त राष्ट्रसंघ लगायत अन्य बहुपक्षीय संस्थाहरुमा नेपालको सहभागिता र सम्बन्धलाई विकसित गर्ने काम अगाडि बढेको छ भने नेपालको लोकतान्त्रिक र समावेशी संविधानका विशेषता र नेपालले संविधान कार्यान्वयनमा चालेका कदमहरुका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन सफल भएका छौँ । नेपालको परराष्ट्र सम्बन्धलाई सक्रियता र गतिशिलता दिन आवश्यक नीतिगत स्पष्टता र संरचनागत सुधारका लागि गर्नुपर्ने कार्यहरुलाई अगाडि बढाइएको छ । विसं २०७३ को भदौ महिनादेखि आजसम्म यस मन्त्रालयमार्फत सम्पादन भएका केही महत्वपूर्ण कार्यहरु यहाँ प्रस्तुत छन् ।
संस्थागत तथा नीतिगत सुधार
  • उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठनः नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३।१२।२९ को निर्णयानुसार परराष्ट्र मामिलामा मतैक्यता जुटाई राष्ट्रिय हित र स्वार्थ अनुरूप परराष्ट्र नीतिका प्राथमिकताहरू निर्धारण गरी प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिन माननीय परराष्ट्र मन्त्रीज्यूको संयोजकत्वमा सम्बन्धित विषयका विज्ञहरू रहेको उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरिएको । राजनीतिक, सुरक्षा, आर्थिक तथा संस्थागत विषयका विज्ञहरू सम्मिलित उक्त कार्यदलले द्रुत गतिमा कार्य गरिरहेको ।  
  • परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्संरचनाः परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समितिको मिति २०७३ पुस १० गते बसेको बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई पुनर्संरचना गर्नका लागि तीन महिनाभित्र ठोस सुझाव दिन पूर्व राजदूत डा. दिनेश भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको । सो कार्यदलले २०७४ वैशाख ११ गते “परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्संरचना सम्बन्धी प्रतिवेदन“ परराष्ट्र मन्त्रालयमा बुझाएको । उक्त कार्यदलको प्रतिवेदनमा गरिएको सिफारिस बमोजिम  परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई पुनर्संरचना गर्ने कार्य सुरु गरिसकिएको ।
  • विज्ञ परामर्शदातृ समूह गठनः आ–आफ्नो क्षेत्रमा विशेष अनुभव तथा विशेषज्ञता हासिल गरी अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र नीति र कूटनीतिको अध्ययन, अनुसन्धान र विश्लेषणका आधारमा सुझावहरु दिनसक्ने कूटनीतिक विषय र क्षेत्रसँग सम्बन्धित ख्यातिप्राप्त विज्ञहरुको सूची तयार गरी आवश्यकता अनुसार छलफल र परामर्शका लागि आमन्त्रण गर्ने तथा मन्त्रालयले आवश्यक ठानेका विषयमा विषय विज्ञबाट परामर्श लिने समेतको प्रयोजनका कूटनीतिका विभिन्न आयामसँग सम्बन्धित विशेषज्ञहरु रहेको समूह गठन गरी परामर्श लिने प्रक्रिया शुरु गरिएको ।
  • परराष्ट्र मन्त्रालयको वार्षिक कार्यतालिका कार्यान्वयनः माननीय परराष्ट्र मन्त्रीज्यूबाट मिति २०७३ चैत २२ गते स्वीकृत गरी परराष्ट्र मन्त्रालयका सबै महाशाखा र विभागहरुको आर्थिक बर्ष २०७३÷७४ मा गरिने कार्यक्रम र क्रियाकलापहरुको बार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गरिएको । लग फ्रेममा आधारित कार्ययोजना अन्तर्गत परराष्ट्र मन्त्रालय, यस अन्तर्गतका विभागहरु र विदेशस्थित नियोगहरुको लक्ष, ती लक्षहरु प्राप्तगर्न गर्नुपर्ने काम र अल्पकालीन मध्यकालीन र दीर्घकालमा प्राप्त गर्ने परिणाम र ती परिणाम प्राप्तगर्न लाग्ने समय समेतको सुस्पष्ट व्यवस्था गर्नेगरी परराष्ट्र मन्त्रालयाको सम्पूर्ण संरचनाका कामहरु सुस्पष्ट र प्रभावकारी बनाउने कामको थालनी गरिएको छ ।
  • उच्चस्तरीय आर्थिक कूटनीति सञ्चालन, अनुगमन तथा निर्देशन समितिः माननीय परराष्ट्रमन्त्रीज्यूको अध्यक्षतामा मिति २०७३।०९।१४ मा उच्चस्तरीय आर्थिक कूटनीति सञ्चालन तथा अनुगमन समितिको वैठक सम्पन्न भई बैठकले आर्थिक कूटनीतिका विभिन्न आयामहरु (रोजगार, लगानी, व्यापार, पर्यटन, प्रविधि हस्तान्तरण, नेपाली डायस्पोरा) का सम्बन्धमा देशगत रणनीति निर्माण गर्न सरकारी र निजी क्षेत्र सम्मिलित १० सदस्यीय समिति गठन गरिएको र समितिले काम गरिरहेको । यसबाट देशगत रणनीति निर्माण समिति निर्माण भएको ।   
  • नेपालका लागि गैर आवासीय विदेशी राजदूतहरुको सम्मेलनः दिल्लीस्थित नियोगहरुबाट नेपाल हेर्ने नेपालका लागि गैरआवासीय विदेशी राजदूतहरूको सम्मेलन  २०७४ बैशाख २२ र २३ मा नयाँ दिल्लीमा सम्पन्न गरियो । नेपालले पहिलो पटक आयोजना गरेको यस सम्मेलनमा नेपालको विकास कूटनीतिका विविध आयामहरुको बारेमा गैरआवासीय विदेशी राजदूतहरूलाई स्पष्ट पार्ने काम भयो । उक्त सम्मेलनमा ठूलो संख्यामा दिल्लीबाट नेपाल हेर्ने विभिन्न देशका गैरआवासीय राजदूतहरुको सहभागिता थियो ।
  • परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ने नीतिगत व्यबस्थाः परराष्ट्र मामिलासम्बन्धी सबै नीतिगत विषयहरुमा अन्य मन्त्रालयहरुले परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्नेगरी मन्त्रिपरिषदबाट निर्णय गरिएको ।
  • स्पेनमा राजदूताबास स्थापना गरिएकोः स्पेनमा नेपाली राजदूताबास स्थापना गरिएको ।
  • अबैतनिक महावाणिज्यदूतसम्बन्धी व्यबस्थाः अवैतनिक महावाणिज्यदूतसम्बन्धी निर्देशिकालाई समय सापेक्ष हुनेगरी परिमार्जन गरिएको । त्यसैगरी सह प्रमाणिकरणसम्बन्धी व्यवस्थालाई सरल र बैज्ञानिक बनाइएको ।
  • अमेरिकाको लस एन्जल्समा विस्तारित कार्यालयः उक्त स्थानमा नेपाली नियोगको विस्तारित कार्यालय स्थापना गर्ने प्रक्रिया यही मे महिनामा अघि बढाइएको । यसबाट पश्चिमी अमेरिकामा बस्दै आएका ठूलो संख्याका नेपाली नागरिकलाई सजिलो हुनुका साथै अमेरिकाको अर्थतन्त्रमा बलियो प्रभाव रहेको सो सहरबाट नेपालमा पनि आर्थिक सम्बन्ध विस्तार र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको ।  
  • राहदानी सेवामा सहजता 
  • राहदानी शुःल्क समायोजनः मलेशिया तथा मध्यपूर्वका मुलुकहरु (कतार, साउदी अरेविया, संयुक्त अरब इमिरेट्स्, बहराइन, ओमन, लेबनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमन) मा रहेका नेपालीहरुको राहदानी नवीकरण गर्दा अमेरिकी डलर ८० लिने गरिएकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम ती मुलुकहरुमा रहेका नेपालीहरुको राहदानी नवीकरण गर्दा वा राहदानी लिंदा अमेरिकी डलर ५० वा सो बराबरको स्थानीय मुद्रा लिनेगरी व्यवस्था भई लागू गरिएको
  • राहदानी विभागले प्रदान गर्दै आएको सेवालाई सरल, सहज, चुस्त,दुरुस्त र अनुमानयोग्य बनाउन राहदानी जारी प्रक्रियाका बारेमा सूचनामूलक सन्देश प्रवाह गर्न विभागले मोबाइल एप्स प्रयोगमा ल्याएको छ । राहदानी विभागमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री माननीय डा.प्रकाश शरण महतले जनवरी ०३, २०१७ मा उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको ।
कन्सुलर सेवामा सुधार
  • अनलाइन लिगल सर्भिस आरम्भः माननीय परराष्ट्रमन्त्री श्री डा.प्रकाश शरण महतज्यूको उपस्थितिमा माघ १४ गतेदेखि अनलाइन लिगल सर्भिस को आरम्भ गरिएको । यस सेवाबाट सेवाग्राही, कन्सुलर सेवा विभाग, विदेशस्थित नियोग, परराष्ट्र मन्त्रालय र सम्वन्धित सरोकार पक्षहरुलाई सेवा प्राप्त गर्न र प्रदान गर्नको लागि सहजता हुने अपेक्षा गरिएको ।
  • द्रुत कागजात प्रमाणिकरणः विगतमा सेवा लिन लामो समय लाग्ने गरेकोमा हाल कागजात प्रमाणिकरण सम्वन्धि सेवाहरुलाई कागजात पेश गरिएको आधा घण्टाभित्रै प्रदान गर्ने गरिएको ।
  • विदेशी नागरिक सम्वन्धी सेवामा सहजिकरणः विगतमा विदेशी नागरिकहरुलाई प्रदान गरिने प्रवेशाज्ञा तथा उन्मुक्ति सम्वन्धी सेवाहरु कागजात पेश गरिएको १ हप्तामा प्रदान गर्ने गरिएकोमा चालु आ.ब. देखि यस किसिमका सेवाहरुलाई कागजात पेश भएको अर्को दिनै सेवा प्रदान गर्न आरम्भ गरिएको ।
  • टोकन क्यु प्रणाली आरम्भः सेवाग्राहीहरुको भिड र चापलाई ब्यवस्थित, सुचारु एवं प्रभावकारी बनाउनको लागि टोकन क्यु प्रणाली शुभारम्भ गरिएको ।
  • दुई घण्टाको थप सेवा प्रवाहको व्यवस्थाः यस विभागमा सेवाग्राहीहरुको कार्य चापलाई ध्यान दिदै सेवाग्राहीहरुको सहजताको लागि दैनिक कार्यालय समयका अतिरिक्त थप दुई घण्टाको सेवा शुभारम्भ गरिएको ।
नेपाल भारत सम्बन्ध
  • भारतका महामहिम राष्ट्रपति श्री प्रणव मुखर्जीद्वारा नेपालको राजकीय भ्रमणः २०७३ कात्तिक १७–१९ मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका महामहिम राष्ट्रपति श्री प्रणव मुखर्जीद्वारा नेपालको राजकीय भ्रमण सम्पन्न भएको ।
  • सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भारतको राजकीय भ्रमणः सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भारतीय महामहिम राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा २०७४ वैशाख ४–८ मा भारतको राजकीय भ्रमण सम्पन्न भएको ।
  • ब्रिक्स विम्स्टेक आउटरिच सम्मेलनमा सम्मानीय प्रधानमन्त्री सहभागीः सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा सन् २०१६, अक्टोबर १५–१६ मा भारतको गोवामा सम्पन्न्न ब्रिक्स विम्स्टेक आउटरिच सम्मेलनमा सहभागी हुनुभएको । सो बैठकमा महामहिम चिनियाँ राष्ट्रपति र महामहिम भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता भएको ।
  • सम्माननीय प्रधानमन्त्रीबाट भारतको राजकीय भ्रमणः २०७३ भदौ ३० देखि असोज ०२ सम्म सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको राजकीय भ्रमण गर्नुभयो ।
  • माननीय परराष्ट्र मन्त्री डा.प्रकाश शरण महतद्वारा भारत भ्रमणः २०७३ भदौ २६ देखि २८ सम्म माननीय परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले भारतको भ्रमण गर्नुभयो । सो भ्रमणका क्रममा उहाँले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेटवार्ता गर्नुभएको थियो । परराष्ट्रमन्त्री माननीय डा.प्रकाश शरण महतबाट परराष्ट्रमन्त्रीको हैसियतमा गर्नुभएको यो पहिलो भ्रमण र आफ्ना समकक्षी एवम् अन्य वरिष्ठ मन्त्रीसँग गर्नुभएको भेटवार्ता नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन सहयोगी सिद्ध भएको थियो । सोही बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका एजेण्डा, द्विपक्षीय हित र सम्बन्ध विकासका कार्य र दुई देशीय संयुक्त आयोगको बैठक बस्नेजस्ता विषयहरु तय भएको । त्यो र त्यसपछिका भारतसँग भएका उच्चस्तरीय भेटवार्तामा विभिन्न सम्झौता लगायतबाट नेपालले पाउनुपर्ने सहुलियत र सुविधा, हुलाकी राजमार्गको निर्माणजस्ता कैयौं विषयहरुमा नेपालको तर्फबाट राखिएका प्रस्तावलाई भारतीय पक्षले मनन् गरेर त्यसका लागि प्रक्रिया पनि अघि बढेको । महाकाली सिंचाई आयोजना, गण्डक सम्झौता यसका केही यसका उदाहरण हुन् र यसबाट नेपालले पाउनुपर्ने सुविधा र सहुलियतका लागि भारत पक्ष गम्भीर भएको । त्यस्तै दुई देशबीचका योजना आयोजनाहरुको निर्वाध सञ्चालनका साथै बाढी, सिमा लगायतका अरु पनि समस्याको समाधानका लागि नेपाल भारत द्धिपक्षीय अनुगमन संयन्त्रको निर्माण गरी कार्य प्रारम्भ गरिएको । यसबाट कुन पक्षका कारण कहाँ र किन समस्या उत्पन्न भएकोे छ वा आयोजनाको कार्य रोकिएको छ त्यसको समधान दुवै पक्षको परामर्शबाट तत्कालै निकाल्नेगरी गरिएको यो व्यवस्था प्रभावकारी भएको ।
  • नेपाल(भारत संयुक्त आयोगको चौथो बैठकः २०७३ कात्तिक ११ देखि १२ सम्म नेपाल(भारत संयुक्त आयोगको चौथो बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको । सो बैठकमा परराष्ट्रमन्त्री माननीय श्री डा.प्रकाश शरण महतको सहभागिता रहेको । उक्त बैठकमा माननीय मन्त्रीज्यूले दुई देशबीचका विभिन्न सन्धी तथा सम्झौताहरुमा नेपालले पाउनुपर्ने सुविधा र सहुलियतका विषयमा कुरा उठाउनुभएको । यस विषयमा भारत पक्ष गम्भीर भई त्यस सम्बन्धी प्रक्रिया अघि बढेको । 
  • नेपाल भारत द्विपक्षीय अनुगमन संयन्त्रको बैठकः सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारत बीच भएको सहमति अनुरुप परराष्ट्र सचिव तथा नेपालका लागि भारतीय राजदूतको सहसंयोजकत्वमा नेपाल भारत द्विपक्षीय सहकार्यमा संचालित विकास तथा आर्थिक सहयोग सम्वन्धी आयोजनाहरुको अनुगमन तथा शीघ्र कार्यान्वयनका लागि गठित नेपाल भारत द्विपक्षीय निगरानी संयन्त्रको बैठकहरु २०७३ मङ्सिर १४ र २०७३ माघ १७ गते सम्पन्न भएका छन् । उक्त बैठक प्रत्येक दुई दुई महिनामा हुने गरेको छ । 
  • अन्य द्विपक्षीय परामर्श संयन्त्रको वैठकः आ.व. २०७३÷७४ को पहिलो आठ महिनामा नेपाल भारत बीच स्थापना भएका सुरक्षा, कृषि, सीमा, हवाई सेवा, ऊर्जा, भौतिक पूर्वाधार तथा संस्कृतिसँग सम्बन्धित द्विपक्षीय संयन्त्रहरुको बैठक सम्पन्न भएका छन् ।
  • परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतद्वारा भारतको नयाँ दिल्लीमा दोश्रो रायसिना डायलगको उद्घाटन सत्रमा सम्बोधनः २०७३ माघ ५ गते माननीय परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले भारतको नयाँ दिल्लीमा भारतीय विदेश मन्त्रालय तथा अब्जर्भर रिसर्च फाउन्डेसनद्वारा आयोजित दोश्रो रायसिना डायलगको उद्घाटन सत्रमा सम्बोधन गर्नुभएको ।
  • लगानी सम्मेलन पूर्वाधार सम्मेलनमा सहभागीता ः नेपालमा मार्च २ र ३, २०१७ मा भएको लगानी सम्मेलनमा सहभागी हुन भारतीय वित्तमन्त्री अरुण जेट्ली आउनुभएको । त्यसैगरी गत फेब्रुअरीमा नेपालमा भएको पूर्वाधार सम्मेलनमा भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभु सहभागी हुनुभएको ।    
नेपाल चीन सम्बन्ध
  • ओबिओआर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरः चीन सरकारको प्रस्तावित बृहत आयोजित ओबिओआर सम्बन्धी सम्झौतापत्रमा वैशाखको अन्तिम साता नेपालले हस्ताक्षर गर्यो । नेपालले विसं २०७४ को बैशाख २९ गते उक्त आयोजनामा हस्ताक्षर गरेको हो । गएको ८ महिनादेखि आवश्यक परामर्श र अध्ययनपछि यसमा हस्ताक्षर गरिएको । अब नेपालले चीनसँग नेपालमा चिनियाँ लगानी, व्यापार प्रवर्धन, ‘कनेक्टिभिटी’ जस्ता विषयमा अधिक फाइदा लिनका लागि बाटो खुलेको छ । बैशाख २९ गते माननीय उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र माननीय परराष्ट्र मन्त्रीज्यूको उपस्थितिमा परराष्ट्र सचिव शङ्करदार बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 
  • सम्माननीय प्रधानमन्त्रीद्वारा मित्रराष्ट्र चीनको भ्रमण र बोआओ मञ्चलाई सम्बोधनः सम्माननीय प्रधानमन्त्रीज्यूले बोआओ सम्बोधन गर्नेगरी चैत्र १० देखि १६, तदअनुसार मार्च २३ देखि २९, २०१७सम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नु भएको । सो भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस वार्ताबाट नेपाल चीन सम्बन्धका विविध विषयमा छलफल भई द्विपक्षीय सम्बन्ध सुदृढिकरणमा सहयोग पुगेको । 
  • चीनियाँ कम्यूनिष्ट पार्टीका पोलिट्व्यूरो सदस्यद्वारा नेपाल भ्रमणः जनवादी गणतन्त्र चीनको कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य, प्रोपोगाण्डा विभाग प्रमुख लिउ सिबाओ ले डिसेम्बर १८ देखि २०, २०१६सम्म नेपाल भ्रमण गरेको ।
  • चीनद्वारा पुनःनिमार्णका लागि सहायता उपलव्ध गराउन सम्झौताः जनवादी गणतन्त्र चीन सरकारले नेपालको भूकम्प पश्चातको पुनःनिर्माणका लागि उपलब्ध गराउने ३ विलियन युआन मध्ये सन् २०१६का लागि १ विलियन युआन उपलब्ध गराउने सम्झौतामा २३ डिसेम्वर २०१६ मा चीनका लागि नेपालका महामहिम राजदूतज्यूले हस्ताक्षर गर्नुभएको ।
  • काठमाण्डौं र छेन्दू शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी सम्झौताः नेपालको  काठमाडाँै महानगरपालिका र जनवादी चीनको छेन्दू शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी सम्झौतामा २३ डिसेम्वर २०१६ मा काठमाडौंमा सम्पन्न भएको ।
  • नेपाल र चीनबीच ट्रान्जिट ट्रान्सपोर्ट प्रोटोकल तयार गर्ने सम्बन्धी वैठकः  नेपालका पूर्व प्रधानमन्त्री श्री के.पी.ओलीको सन् २०१६ को मार्चमा भएको चीन भ्रमणका अवसरमा नेपाल र चीनबीच सम्पन्न पारवहन यातायात सम्झौताको ट्रान्जिट ट्रान्सपोर्ट प्रोटोकल तयार गर्ने तथा नेपाल र चीनबीच कार्गो यातायातका लागि नेपालद्धारा चीनको तिब्बतमा राजमार्ग उपयोगसम्बन्धी प्रोटोकललाई संशोधन गर्न पहिलो चरणको वैठक ल्हासामा २०१६ नोभेम्वर १७ र १८ मा सम्पन्न भएको ।
  • चीनका रक्षा मन्त्रीद्वारा नेपाल भ्रमणः माननीय रक्षा मन्त्रीको निमन्त्रणामा गणतन्त्र चीनका रक्षामन्त्री जनरल चाङ्ग वानक्वान को नेतृत्वको एक प्रतिनिधिमण्डलद्वारा मार्च २३ देखि २५, २०१७मा नेपाल भ्रमण सम्पन्न गरेको ।
संयुक्त राष्ट्रसंघ र बहुराष्ट्रिय कूटनीति
  • संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा नेपालको सहभागिताः संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माननीय परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतज्यूले भाग लिनुभएको । नेपालमा नयाँ संविधान जारी भएको र वर्तमान सरकारको प्रमुखमध्येको एक काम संविधानको कार्यान्वयन गराउने पनि भएकोले जारी संविधानले व्यवस्था गरेका लोकतान्त्रिक समावेशिता, कानुनी शासन, मानवअधिकारप्रतिको प्रतिबद्धताजस्ता विषय विश्व समुदायलाई जानकारी गराउने काम उक्त सम्बोधन तथा त्यहाँ रहेका विभिन्न देशका प्रतिनिधिमण्डलका नेताहरुलाई भेटवार्तामार्फत गराइएको । 
  • असंलग्न राष्ट्रहरुको १७ औं शिखर सम्मेलनमा नेपालको सहभागिताः भेनेजुएलामा १३–१८ सेप्टेम्वर २०१६ मा सम्पन्न असंलग्न राष्ट्रहरुको १७ औं शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनले भाग लिई नेपालले परराष्ट्र नीतिको महत्वपूर्ण पक्षको रुपमा रहेको असंलग्नता, अन्तर्रा्ष्ट्रिय सहयोग, समझदारी र सद्भावका निम्ति पूर्ण प्रतिबद्धता जाहेर गर्नुभएको ।
  • नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा उम्मेदवारः नेपालले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको सदस्यमा उमेदवारी दिएको । यस परिषदमा नेपालले उमेदवारी दिएको यो पहिलो पटक हो । नयाँ संविधान जारी भएको तथा कानुनी शासनको पालनागर्दै समावेशी लोकतान्त्रिक अभ्यासमा रहेको नेपालले यस परिषदमा बसेर काम गर्नु महत्वपूर्ण हुने भएकोले उक्त निर्वाचनका लागि नेपालले सबै सदस्यहरुसँग नेपालको उम्मेदवारीलाई समर्थन माग्नुका साथै नेपाल सो परिषदमा निर्वाचित हुनुपर्ने कारणहरुसहित आवश्यक प्रचार प्रसारको कार्यलाई तिब्रता दिइएको । यसै सन्दर्भमा माननीय मन्त्रीज्यू यही फेब्रुअरी २८, २०१७ मा जेनेभामा सम्पन्न मानवअधिकार परिषदको ३४ औं सत्रमा सहभागी भई नेपालको उमेदवारीको समर्थनका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको ।    
  • जैविक हातहतियारको उत्पादन, प्रयोग, ओसारपसार तथा भण्डारण गर्न प्रतिबन्ध लगाउनेसम्बन्धी जैविक हातहतियार सन्धीलाई संसदद्वारा अक्टोबर, २०१७ मा अनुमोदन गरिएको ।
  • कूटनीतिक सम्बन्ध स्थापनाः नेपालले नयाँ मुलुक एल साल्भाडोरसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको । उक्त देश नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशमध्ये १४४ देश हो ।
  • युरोप, अमेरिका
  • पूर्व बृटिश गोर्खाहरुको बार्ता सुरुः पूर्व गोर्खाजहरुले आफ्नो सुविधा र पेन्सनको विषयलाई लिएर सत्याग्रह सुरुगर्ने तयारी गरेकोमा नेपाल सरकारले बेलायत सरकारलाई गरेको आग्रहपछि वार्ताको माध्यमबाट समाधानको पहल भइरहेको छ । नेपाल सरकारले वार्ताका लागि बेलायतका लागि नेपाली राजदूतलाई तोकिएको र वार्ता अघि बढेको छ । नेपाल सरकार, बेलायती सरकार र पूर्व बृटिश गोर्खाजसमेत गरी त्रिपक्षीय रुपमा भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको ।
  • नेपाली हवाई सेवामाथि युरोपेली आकासमा लगाइएको प्रतिबन्ध हटाउने सम्बन्धी पहलः माननीय मन्त्रीज्यू राष्ट्रसंघीय शान्ति तथा मध्यस्थतासम्बन्धी ब्रसेल्समा सहभागी सम्मेलनका क्रममा युरोपेली परिषदका अध्यक्षसँग भेटवार्ता गरी नेपाली हवाई सेवामाथि युरोपेली आकासमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा आग्रह गर्नुभएको । सो प्रतिबन्ध फुकुवाका लागि मापदण्ड पूरा भएको सम्बन्धी आवश्यक कागजात प्राप्त भएमा प्रक्रिया अघि बढाइने आश्वासन परिषदका अध्यक्षले दिएकोले नेपालका तर्फबाट आवश्यक कागजात पेश गरिसकिएको ।
  • नेपाल तथा संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्र बैठकः नेपाल तथा संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्रको बैठक मार्च २८ मा काठमाडाँैमा बसी नेपाल बेलायत सम्बन्धका विभिन्न विषयमा छलफल भएको ।  


खाडी राष्ट्र, मध्यपूर्व एसिया तथा अफ्रिका
  • नेपालको ठूलो जनसंख्या वैदेशिक रोजगारीमा रहेको वास्तविकतालाई मनन् गरी रोजगार गन्तव्य मुलुकमा नेपाली श्रमिकको सेवा, सुविधा र सुरक्षालाई सुनिश्चित हुनेगरी द्धिपक्षीय श्रम सम्झौताका लागि आधार तय गरिएको । यसै क्रममा गत जनवरी महिनामा माननीय मन्त्रीज्यूबाट भएको कतारको भ्रमणका क्रममा त्यहाँका राजासमक्ष नै यस विषयमा कुरा राखिएको थियो । त्यसैगरी मलेसिया जाने कामदारबाट उठाउने गरिएको माइग्राम लगायतका नामको रकमबारे खोजीगर्दा अवैध पाइएपछि यस्तो रकम नलिन श्रम मन्त्रालयलाई पत्राचार गरिएको । वैदेशिक रोजगार क्षेत्रलाई के कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा गरिएको पहल अनुरुप उनीहरु प्रत्यक्ष रुपमा ठोकिन पुग्ने कन्सुलर सेवालाई आधुनिकीकरण गरिएको । नागरिक भौतिक रुपमा नै उपस्थित हुनुपर्ने अप्ठेरोलाई सहजीकरण गर्दै अनलाइनमार्फत जो सुकैले पनि घरबाटै, आवेदन वा उजुरी दिने र त्यसको आगामी प्रक्रियाका बारेमा बुझ्नसक्ने गरी कन्सुलर सेवामा विविधता ल्याइएको । यसबाट सेवाग्राही, कन्सुलर विभाग, विदेशस्थित नियोग, परराष्ट्र मन्त्रालय र सम्बन्धित सरोकार पक्षहरुलाई सेवा प्राप्त र प्रदान गर्न सजिलो भएको । त्यस्तै पासपोर्ट सेवालाई पनि थप सजिलो बनाउदै मोबाइल एप्स्बाटै आवेदन गर्न सक्ने प्रविधिको विकास गरिएको । यसबाट पासपोर्ट सेवाको सहजिकरणमा सजिलो भएको । त्यसैगरी त्यहाँ रहेका नेपालीको डाटाबेस निर्माणका लागि लगत संकलनमा समन्वय गरिएको ।
नेपालमा लगानी गर्न आग्रह
  • लामो समयपछि नेपालमा लगानी सम्मेलनको आयोजना भयो । मार्च २ र ३, २०१७ मा भएको सो सम्मेलनलाई सफल पार्न विदेसस्थित नेपाली नियोगहरुलाई परिचालन गरिएको । जस अनुसार नियोगको कार्यक्षेत्र अन्तर्गतका गैरआवासीय नेपाली संघ तथा सवै नेपाली संघसंस्थाहरुसँग समन्वय गरी नेपालमा लगानी सम्मेलन सफल पार्न सहयोग गरिएको । लामो समयपछि भएको यस सम्मेलनमार्फत नेपालमा करिब १३ खर्ब रुपैयाँको लगानीको लागि प्रतिबद्धता समेत ब्यक्त भएको ।
  • त्यसैगरी गत फेब्रुअरीमा नेपालमा भएको पूर्वाधार सम्मेलनमा भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभु सहितको सहभागिता रहेको र नेपालमा पूर्वाधार निर्माण तथा लगानी सम्बन्धमा आवश्यक छलफल भएको । 
  • त्यसैगरी माननीय मन्त्रीज्यू सिंगापुरमा गत मे महिनामा आयोजित पर्यटन लगानी तथा व्यापार प्रवर्धनसम्बन्धी कार्यक्रममा सहभागी हुदा एवम् विभिन्न देशको भ्रमणका क्रममा गैरआवासीय नेपालीद्वारा आयोजना हुने कार्यक्रमहरुमा नेपालमा पूर्वाधार निर्माण र लगानीका लागि सबैलाई आग्रह गर्नुभएको । संसारमा छरिएर रहेका गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्ताहरुलाई पनि माननीय मन्त्रीज्यूले नेपालमा नयाँ संविधान र यसबाट स्थायित्व सुरु भएकोले वैदेशिक लगानीको सुनिश्चितता भएकोले नेपालमा लगानीका लागि कैयौं मञ्चहरुमार्फत विश्व समुदायलाई आग्रह गर्नुभएको ।
                                                                                                मितिः२०७४ जेठ १९ गते       
       

   
     

राष्ट्रपतिको भारत भ्रमण :तीर्थयात्राको राजनीतिक सन्देश

-पर्शुराम काफ्ले-

राजकीय भ्रमणको दुई दिन (४ र ५ वैशाख)पछि राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भारत बसाईको औचित्य र उद्देश्य सम्पन्न भयो । आएको दिन औपचारिकता निभाएर भोलिपल्ट उनको सबै उच्चस्तरीय भेटवार्ता सम्पन्न भयो । उनले भारतलाई दिनुपर्ने सन्देश र भारतले दिनुपर्ने सन्देशको आदनप्रदान ५ वैशाखमै सम्पन्न भयो । भातले उनलाई कति बुझ्यो, राष्ट्रपतिले भारत कति बुझिन्, भविश्यमा कुनै न कुनै हिसाबले परावर्तित होला नै ।
थप दुईदिन राजकीय भ्रमणलाई तीर्थयात्रामा बदलेर राष्ट्रपति गुजरात र उडिसा गइन् । भारतले विशेष विमान र हेलिकोप्टरसहित आतिथ्य प्रदान ग¥यो । गुजरातमा भाजपा नेता एवं मुख्यमन्त्रीले स्वागत गरे, उडिसामा गभर्नर (जो राष्ट्रपतिका प्रतिनिधि मानिन्छन्)ले स्वागत सत्कार गरे । दुईदिनको यात्रा फगत घुमघाम थियो जसको राजकीय औपचारिकता केबल मेजमानी मात्र थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको  राजनीतिक पृष्ठभूमि देवीदेउता मान्ने खालको होइन तर पारिवारिक पृष्ठभूमि चाहिँ हो । उनले राष्ट्रपति भएपछि स्वभाविकरुपमा पार्टी त्यागसँगै धार्मिक पूजाअर्चनामा सहभागीता जनाएकी छिन् । नेपालको राष्ट्रप्रमुखले निर्वाह गर्ने राजकीय परम्परामा धर्म जोडिने हुनाले भण्डारीले त्यसको निरन्तरता दिनु स्वभाविकै हो । यसहिसाबले उनको यो धार्मिक रुची भन्दा पनि राजकीय भूमिका वा देखावटीपन हो । उनको तीथूर्मिाटनको धार्मिक होइन, राजनीतिक अर्थ छ । किनभने भण्डारीले दिल्ली आएकै दिन नेपाली दुताबासमा भनेकी छन्, नेपाल हिन्दुत्वको देश हो ।’ देश राजनीतिक संकटमा रुमल्लिइहेका बेला उनले तीनदिन धार्मिक यात्राका लागि त्यसै छुट्याएकी होइनन् ।
००००००००००००
२०७२ मंसिर २१ गते भारतको राज्यसभामा नेपालबारे बोल्नेक्रममा विदेशमन्त्री सुष्मा स्वराजले भनेकी थिइन्, संविधान जारी गर्नुअघि भारत आएका विद्यादेवी भण्डारी, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले जे बचन दिनुभएको थियो, त्यो पूरा भएन ।’ भाजपाका नेता भगतसिंह कोस्यारीले त्यतैबेलै मसँग शेरबहादुर देउवा र प्रचण्डको प्रसंग सुनाएका थिए र उनीहरुलाई उद्धृत गर्दै भनेका थिए,ु ‘हामी धर्मनिरपेक्षता हटाउँछौँ, संविधानमा धार्मिक स्वतन्त्रता राख्छौँ । अनि, सबै पक्षलाई मिलाएर जान्छौँ ।’ हुन त २०७१ माघमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वीरअस्पताल छेउको ट्रमा सेन्टर उद्घाटन मन्तव्यमा संविधानलाई बहुमतबाट मात्रै टुंग्गाउनु नहुने बरु ऋषिमनले सबैलाई समेटेरर जानुपर्ने बताएका थिए । यसको अर्थ के हो भने संविधान जारी गर्नुअघि प्रमुख दलहरुले गरेको १६ बुँदे समझदारीपछि भारतले नेपालका शीर्ष नेतालाई बोलाएर सम्झाएको थियो, जसको पहिलो सूचीमा भण्डारी थिइन् । भलै उनी एमाले उपाध्यक्षको भूमिकामा थिइन् । त्यो बेला एमालेका तर्फबाट उनले के बचन दिइन्, भारतले के भनेको थियो ? भण्डारी मात्र नभएर प्रचण्ड र देउवाले पनि भनेका छैनन् ।
राष्ट्रप्रमुखका रुपमा दिल्ली आएकी उनलाई भारतीय नेतृत्वले त्यो बेलाको प्रसंग संस्मरण गरायो कि गराएन तर राष्ट्रपतिले चाहिँ संविधानको बचाउमा समय खर्चेर आफ्नो प्रतिरक्षा गरेकी छिन् । भण्डारीले दिल्लीमा दिएको अभिव्यक्ति र शीर्ष नेतासँग गरेको कुराकानीमा संविधान समावेशी छ र निर्वाचनमार्फत् समावेशी व्यवस्था कार्यान्वयन हुन्छ भन्ने लाइन दोहो¥याइरहिन् । भण्डारीले काहिँ कतै मधेशी मोर्चासँग जोडिएको राजनीतिक समस्या र संविधानमा उनीहरुको अपनत्व दिलाउन गरिएको प्रयासबारे बोलिनन् । सबै पक्षलाई मिलाएरु लैजानुपर्ने भारतको सुझाबका सन्दर्भम भण्डारीले संविधान संशोधन वा अरुरु बिषय नजोडिकन योसंविधान कार्यान्वयनमा जोड दिइन् । भारतीय नेताले यसबारे प्रतिक्रिया दिएनन् । केबल राजनाथ सिंहले प्रश्न गरे, मुखर्जीले केही दिनअघि भारतीय विदेश मन्त्रालयको नेपाल सम्बन्ध डेस्क हेर्ने सहसचिव सुधाकर दलेलाको भनाई पढेर सुनाए । उनको भनाई थियो, सबै पक्षलाई साथमा लिएर संविधान कार्यान्वयनका लागि नेपाल सरकारले गरेको प्रयासलाई हामी समर्थन गर्छौँ ।’ भारतीयहरुको बुझाईमा राष्ट्रपतिको भनाईमा उदार राष्ट्रप्रमखको भावना आएन, एमालेका पूर्व नेताको सन्देश आयो । भण्डारीले आफ्नो राजनीतिक स्कूलिङको अभिमत भेटघाटहरुमा व्यक्त गरेको बुझाइ दिल्लीको रह्यो । तर भारतीय शीर्ष नेताले राष्ट्रपतिको भनाईप्रति टिप्पणि वा प्रतिवाद गरेनन् । दिल्लीको बुझाईमा पहिलो, उनी सेरेमोनियल राष्ट्रप्रमुख हुन् । अर्को उनी एमालेकै सन्दर्भमा पनि विगत वा वर्तमानमा निर्णायक फ्याक्टर होइनन् । भारतले कूटनीतिकरुपमा आफ्नो सन्देश दियो, बाँकी सम्बन्धको औपचारिकतामा सीमित ग¥यो ।

top sidebar ads

समाचार

समाचार

recent posts comments tab