Thursday, 14 March 2013

कसरी आए खिलराज ?

काठमाडौं, चैत्र १ (नेपाल डोर) । एकीकृत नेकपा माओवादीले हेटौंडाको सातौं महाधिवेशनबाट प्रधानन्यायाधीश नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव पारित गरेको थियो । सोही प्रस्तावमा कांग्रेस, एमाले, मधेशी दलका शीर्ष नेता सहमत भएका थिए भने युरोपेली युनियनसम्वद्ध मुलुकका राजदूत तथा अन्य युरोपेली राजदूतहरुले यो प्रक्रियाका पक्षमा लविङ गर्दैआएका थिए । अन्ततः फागुन ३० मा दलहरुबीच प्रधानन्यायाधीशलाई मन्त्रीपरिषद अध्यक्ष बनाउने सहमति भएको छ ।
शुरुमा एमाओवादीको प्रस्तावमा विरोध जनाए पनि कांग्रेस र एमालेका शीर्ष नेता अन्तिममा सहमति जनाएका थिए । प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन गर्ने बहसबारे एमाओवादीमा मात्रै एकमत छ भने कांग्रेस, एमाले र मधेशी दलभित्र मतभेद छ । कांग्रेस सभापति सुशील कोइरालाले आफू यो प्रक्रियामा व्यक्तिगतरुपमा सहमत नभएको बताउँदै आएका छन् । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल त यसप्रति असहमति जनाउँदै शीर्षस्थ वैठकमा नै सहभागी हुन छाडेका छन् । उनी एमालेको शीर्षस्थ तहमा वार्ता समितिका संयोजक छन् । नेपाल वार एशोसिएसन, पूर्व प्रधानन्यायाधीशलगायतले यो प्रक्रियामा विरोध जनाउँदै आएका छन् ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...