Saturday, 16 March 2013

उच्चस्तरिय समितिले खिलराज चलाउने, खिलराजले सरकार चलाउने

काठमाडौं, चैत्र ३ (नेपाल डोर) ।  सरकारलाई रायसुझाब दिन र मुलुकमा निर्वाचनको माहौल सिर्जना गर्ने नाममा ‘मन्त्रीपरिषद’को वास्तविक सञ्चाक तय गरिएको छ । एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका अध्यक्ष पालैपालो अध्यक्ष हुने गरी गठन हुने उच्चस्तरीय राजनीतिक समितिले नै अब मुलुक सञ्चालन गर्ने भएको हो । सत्तासञ्चालक नेताहरुको वैठकले निर्वाचन आयोगमा हालसालै निबृत्त भएका निलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङ र अयोधीप्रसाद यादवलाई ल्याउने निर्णय गरेको छ ।
सेना समायोजन विशेष समितिको सचिवालय नयाँवानेश्वरमा
चैत ३ गते बसेको चार दलका शीर्ष नेताको वैठकले समिति गठन गर्ने र सत्ता सञ्चालनको वास्तविक अधिकार प्रयोग गर्ने सहमति गरेको हो । समिति गठन भएपछि खिलराज रेग्मी मन्त्रीपरिषद अध्यक्षका नाममा दलहरुको आदेश मान्ने गैरराजनीतिक कर्मचारीमा परिणत भएको टिप्पणि हुन थालेको छ । सत्ता सञ्चालन गर्ने     उच्चस्तरीय राजनीतिक संयोजकको रुपमा क्रमशः एनेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले) र मधेसी मोर्चाको तर्फबाट ती पार्टीका प्रमुखले पालैपालो एक महिना काम गर्ने सहमति भएको छ । संयोजकले नै बैठकको अध्यक्षता गर्ने र सर्वसम्मतिका रुपमा बैठकमा निर्णय गरिने चार दलले जनाएका छन् । उनीहरुले विभिन्न संवैधानिक अङ्गहरुमा नियुक्तिका लागि नेपालको अन्तरिम संविधान २०६३ को धारा १५८ बमोजिम जारी आदेशको प्रकरण २० अनुसार विभिन्न संवैधानिक अङ्गका रिक्त पदहरु पूर्ति गर्नका लागि सिफारिस गर्नेछन्
बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष डा बाबुराम भट्टराई, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष गौतम, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।



No comments:

Post a Comment

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...