Posts

Showing posts from April, 2023

दिल्लीले काठमाडौंमा देखेको चीन

दिल्ली डायरी पर्शुराम काफ्ले   मंसिर २३ देखि ४ पुसम्म भारतको राजधानी दिल्लीमा नेपाल भारत सम्बन्धमा चिन्तन गर्ने, अध्यापन गर्ने, शोध अनुसन्धान गर्ने र शुभेच्छा राख्ने विभिन्न पक्षसँग संवादको मौका मिल्यो । भेट भएका राजनीतिक नेता, सांसद, पत्रकार, विश्लेषक, उद्यमी, सेना एवं सुरक्षा निकायका पूर्व अधिकारी एवं सरोवारकाला पक्षहरुको साझा प्रश्न थियो ः नेपालमा किन चीनको प्रभाव बढेको छ ? अब के हुन्छ ?’  एमाले र माओवादीबीच सत्ता गठबन्धनका लागि चीनले प्रयास गरिरहेको र यो कार्य सफल भएमा भारतले नेपालमा प्रभाव  गुमाउन सक्ने बाक्लै विश्लेषण दिल्लीमा भइरहेको थियो । जबकि काठमाडौंमा भने अघिल्लो सत्ता गठबन्धन तोडिने कुनै संकेत थिएन । तर, आश्चर्यजनकरुपमा एमाले–माओवादीसहतिको सत्ता गठबन्धन बनेपछि दिल्लीबाट फोन गरेर मित्रहरुले भनिरहेका छन्, ‘चीनको सहयोगमा एमाले र माओवादी गठबन्धन  हुनसक्छ भन्ने हाम्रो विश्लेषण मिल्यो है ।’ गठबन्धनमा चीन, भारत वा अमेरिकाको भूमिका वा संलग्नताको स्पष्ट तस्वीर छैन । गठबन्धनपछि  टेलिफोन गर्नेमध्येका एक थिए टाइम्स अफ इन्डियाका पत्रकार रुद्रोणिल घोष । नेहरु प्लेसको एउटा चिया अड्डामा उ