Saturday, 23 March 2013

मेलम्ची ल्याएर काठमाडौं पखाल्ने योजना अन्यौलमा

 काठमाडौं (नेपालडोर) । नेपाली कांग्रेसका स्वर्गीय नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २ दशकअघि निर्वाचनको समयमा नेपाली कांग्रेसले मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखाल्ने भाषण नै ठोक्नुभएको थियो । ०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार बनेर नेकपा मालेका महासचिव मदन भण्डारीसँग निर्वाचनमा प्रतिस्पर्धा गरेका स्वर्गीय भट्टराईको मेलम्चीको पानी ल्याउने भाषण सुनेको २१ वर्ष पूरा भयो । तर पनि मेलम्ची बन्ने या नबन्ने टुंगो छैन ।
    नेताहरुका आश्वासनसँगै मेलम्चीको पानी पिउने आशामा बसेका काठमाडौंबासीको सपना पूरा हुन अझै धेरै समय लाग्ने भएको छ । मेलम्ची निर्माणको जिम्मा पाएको चीनको सरकार नियन्त्रित सीआरसीसी कम्पनीले ठेक्का तोडेर हिडेपछि बन्द भएको मेलम्ची खानेपानी योजनाको निर्माण अझै सुरु भएको छैन  । मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरु यसै वर्षदेखि मेलम्चीको निर्माण पुनः सुरु हुने बताउँछन् । जसको भरपर्दाे विश्वास गर्ने अवस्था छैन । किनभने सरकारी ढिलासुस्ति र काममा हेलचेक्र्याइ गर्ने हाम्रो चलनले अझै ४–५ वर्षमा पनि मेलम्ची बन्न मुस्किल छ ।
    सीआरसीसीले यसै वर्ष आयोजना पूरा गर्ने शर्तमा ४ अर्ब २८ करोड रुपैयाँमा ठेक्का लिएको थियो । सीआरसीसीसँगै ठेक्का कबोल गरेका अन्य ३ चाइनिज कम्पनीले झण्डै ७ अर्ब रुपैयाँ हाराहारीमा काम गर्ने उल्लेख गरेका थिए । कम रकम कबोल गरेको सीआरसीसीलाई ठेक्का दिनु नै गलत भएको अहिले समितिका अधिकारीहरु स्वीकार्छन् । अब मेलम्चीको बाँकी काम पूरा गर्न करिव ८ अर्ब रुपैयाँ खर्च हुने अधिकारीहरुको भनाइ छ ।
    सीआरसीसीले करिव २० प्रतिशत काम गरेको छ । साढे २७ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेमा साढे ६ किलोमिटरमात्र सुरुङ निर्माण भएको समितिका उपकार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए । सीआरसीसीले छोडेर हिडेपछि समितिले एसियाली विकास बैंकलाई आयोजनाको पछिल्लो अवस्थाको मूल्याङकन प्रतिवेदन पठाइसकेको छ भने ठेक्का आह्वान पनि गरिसकेको छ । एडिबीले मूल्याङन प्रतिवेदन अध्ययन गरेर समितिलाई सुझावसहित पठाउने र त्यसपछि बोलकबोल ठेक्का खोल्ने समितिले जनाएको छ ।     समितिका अनुसार यी काम पूरा हुन करिव २ महिना लाग्छ । दुईमहिनामा यी काम पूरा गरेर पुनः मेलम्ची निर्माण सुरु हुने समितिका उपकार्यकारी निर्देशक भट्टराईले जानकारी दिए ।
    मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउने योजना छ । काठमाडौंको जनसंख्या ८ लाख रहेको समयमा योजना सुरु भएको हो । ८ लाखमाथि थप १६ लाख जनतालाई पुग्ने पानी मेलम्चीबाट ल्याउन सुरु गरिएको योजना चीनको ठेकेदार संस्थाले यसै वर्ष अर्थात सन् २०१३ मा पूरा गर्ने कबोल गर्दै निर्माण थालेको थियो । उसले छोडेर हिडेपछि यो योजना पूरा गर्न थप ३ वर्ष लाग्ने मेलम्चीका अधिकारीहरुको भनाइ छ । काठमाडौंको जनसंख्या २५ लाखमाथि पुगिसकेको अवस्थामा मेलम्चीको पानी आइपुग्ने समयमा त्यो पर्याप्त हुनेछैन ।     तीन वर्षपछि योजना पूरा भएमा पनि काठमाडौंका लागि पानीको बैकल्पिक श्रोत खोज्नु पर्ने मेलम्चीका कर्मचारीहरु नै बताउन थालिसकेका छन् ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...