Thursday, 21 March 2013

जुनियर प्रहरी अधिकृत नै अपहरणमा संलग्न

काठमाडौं । महानगरीय प्रहरी परिसर र अपराध महाशाखाका तीन जना जुनियर प्रहरी अधिकृत व्यापारी अपहरणमा संलग्न भएपछि पक्राउ परेका छन् । ताप्लेजुङको फापुङका कर्णध्वज लिम्बू (४१) र सिन्धुपाल्चोक नवलपुरका सूर्यमान तामाङ (३१) लाई अपहरण गरेर रकम असुल्ने दुई जना नायव निरीक्षक र एक जना सहायक निरीक्षक पक्राउ परेका हुन् । अपराध महाशाखामा कार्यरत नायव निरीक्षक रुद्रराज पौडेल र सहायक निरीक्षक राजु भण्डारी तथा परिसरमा कार्यरत नायव निरीक्षक प्रकाश मल्ललाई बुधबार राति पक्राउ गरिएको हो । लिम्बू र तामाङ सामान्य व्यापारी हुन् ।
    यी तीन जना जुनियर अधिकृतले लिम्बू र तामाङलाई बन्धक बनाएर २ लाख ६१ हजार रुपैयाँ, बा५२प ३९९५ नम्बरको मोटरसाइकल र मोबाइल सेट लिएर मुक्त गरेका थिए । यही चैत ४ गते काठमाडौको कुमारीगालमा बिहान २ बजे चार जनाको समूहले उनीहरुलाई अपहरण गरेर रकम, मोटरसाइकल र मोवाइल सेट लिएको उजुरी प्रहरीमा परेपछि  महाशाखाको टोली परिचालन भएको थियो ।
    एक दिन अपहरणमा राखेर माग गरेको ४ लाख रकम पूरा भएपछि मोटरसाइकल र मोवाइल सेट फिर्ता दिने भन्दै मुक्त गरेपछि उनीहरु प्रहरीको बौद्ध वृत्तमा निवेदन दिन पुगेका थिए । बौद्ध वृत्तले अपराध महाशाखामा निवेदन पठाएपछि प्रहरी टोली परिचालन भएको थियो ।
    अपहरणमा संलग्न तीन जनै प्रहरीलाई बौद्ध वृत्तमा राखेर थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्दले बताए । एसएसपी चन्दका अनुसार मूर्ति व्यापारी भन्दै उनीहरुले लिम्बू र तामाङलाई बन्धक बनाएर रकम असुलेका थिए । उनीहरुमाथि कडा कारवाही गर्ने प्रहरीले प्रतिवद्धता जनाएको छ । जनताको रक्षकका रुपमा लिइने प्रहरी नै अपहरण, बन्धक प्रकरणमा संलग्न हुनु र रकम असुल्नुले प्रहरीको गरिमा घटाएको प्रधान कार्यालयका एक उच्च अधिकृतले निराशा व्यक्त गरे ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...