१९५० को सन्धिले नेपाललाई होचो बनायो
तत्कालै १९५० को सन्धि पुनरावलोकनको विषयमा केही परिणाम आउला, तुरन्तै केही भइहाल्ला भन्ने आश म गर्दिनँ । किनभने, पछिल्लो उदाहरण नै काफी छ, परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रले पुरानै प्रशासकीय संयन्त्रलाई जिम्मा दियो, जसले आफ्नो उपादेयता सिद्ध गर्न स केको छैन । डा. भेषबहादुर थापा, पूर्वपरराष्ट्रमन्त्री --------------------------------------------- १९५० को सन्धिको लामो पृष्ठभूमि छ । भारत स्वतन्त्र भएको तीन वर्षपछि नेपालमा राणा शासन अन्त हुन लागेको अवस्थामा भारतको नयाँ सरकारले दुईपक्षीय सम्बन्धको नयाँ संरचना आवश्यक देख्यो । अन्त हुन लागेको राणाकालको परिस्थितिमा छिमेकीसँग सम्बन्ध स्थापित गर्नु उनीहरूको प्राथमिकतामा थियो । त्यही सिलसिलामा ३१ जुलाई १९५० मा नेपाल–भारत शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भयो । त्यसअघि नेपाल–भारत सम्बन्धको आधार सन् १९२३ को नेपाल–बेलायत सन्धि र मूल रूपमा सुगौली सन्धि हो । त्यसबीचमा भएका सानातिना समझदारी पनि सम्बन्धका आधारशिला हुन् । १९५० को सन्धि हस्ताक्षर भएको कागजको मसी सुक्न नपाउँदै नेपालमा एउटा धारणा बन्यो कि यो सन्धि असमान ...