Monday 11 March 2013

अलविदा ह्युगो चावेज (जीवनीसहित)

    काराकास् ( भेनेजुएला) २३ फागुन । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको  ५८ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।  उहाँ क्यान्सरको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको चार वर्षको अन्तरालमा चारपटक सल्यक्रिया भइसकेको थियो । उहाँ निधनको घोषणा उपराष्ट्रपति निकोलस मडुरोले टेलिभिजनमार्फत गर्नुभएको छ । राष्ट्रपति चाभेज सन् १९५४ को २८ जुलाईमा भेनेजुएलाको बरिनास राज्यमा जन्मिनु भएको थियो। 
राष्ट्रपति चाभेजले सन् १५९८ डिसेम्बर महिनामा पहिलो पटक भेनेजुएलाको राष्ट्रपति पदमा विजयी हुनुभएको थियो ।  निर्वाचनको बेलामा स्वतन्त्रता, संविधानमा परिवर्तन र भष्ट्राचारमा नियन्त्रण जस्ता नाराबाट उहाँले चुनाव लड्नु भएको थियो ।
     यस निर्वाचनमा ५६ प्रतिशत भोटबाट उहाँको विजय भएको थियो ।  त्यसैगरी सन् १९९९ मा संविधान परिवर्तनको लागि भएको निर्वाचनमा ६० प्रतिशत भोटले उहाँको विजय भएको थियो ।  त्यसैगरी सन् २००० को अप्रिल ११ मा नयाँ संविधान अन्तरर्गत चाभेज पुनः निर्वाचित हुनुभएको थियो ।     सो निर्वाचनमा उहाँले ६० प्रतिशत भोट पाउनु भएको समाचारमा उल्लेख छ । चाभेज भेनुजुएलामा मात्र नभई दक्षिण अफ्रिकामै प्रख्यात हुनुहुन्थ्यो ।
भेनेजुएलामा शोक
राष्ट्रपति ह्युगो चाभेजको निधनपछि त्यहाँ आज शोकको घोषणा गरिएको छ । भेनेजुएलालीले आफ्नो नेताको निधनप्रति बुधबार निकै दुःख मनाउ गरेका समाचारहरु विभिन्न सञ्चारमाध्यमहरुले सम्प्रेशण गरिरहेका छन् ।     राष्ट्रपति चाभेजको ५८ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । उहाँ करिब दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । चार वर्षको अवधिमा चारपटक सल्यक्रिया भइसकेको उहाँको गएराति राजधानी काराकासमा रहेको सैनिक अस्पतालमा निधन भएको हो ।
    उहाँको निधनपछि भेनेजुएलामा आजदेखि पाँचदिनसम्म शोकको घोषणा गरिएको छ । पाँचदिनसम्म त्यहाँ राष्ट्रिय झण्डा झुकाउने तथा उहाँको निधनप्रति शोक व्यक्त गर्ने कार्यक्रम रहेको छ ।     आगामी शुक्रबार उहाँको अन्तिम संस्कार गरिने भएको छ । सो कुराको जानकारी उपराष्ट्रपति निकोलस मडुरोले टेलिभिजनमार्फत दिनुभएको छ ।
    उपराष्ट्रपति मडुरोले यो शोकको घडीमा धैर्य र संयमित रहन सम्पूर्ण देशवासीलाई आग्रह पनि गर्नुभएको छ । उहाँले सुरक्षाका लागि देशभरी सैनिक परिचालन गरिएको पनि जानकारी दिनुभएको छ ।
    राष्ट्रपति चाभेज सन् १९५४ को २८ जुलाईमा भेनेजुएलाको बरिनास राज्यमा जन्मिनु भएको थियो  । लगातार १४ वर्षसम्म उहाँले ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएलामा शासन गर्नुभएको छ ।
    नागरिकका आधारभूत आवश्यकताको परिपुर्तिका क्षेत्रमा धेरै काम गरेबापत उहाँ त्यहाँका नागरिक सामु निकै नै लोकप्रिय रहनुभएको छ । तर गरिबी र असमानता भने त्यहाँ अहिले पनि कायमै छ । विशेषगरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा उहाँले बनाउनुभएका नीतिले नागरिकमा निकै राम्रो प्रभाव पारेको छ । संयुक्त अमेरिका विरोधी भावना फैलाउने उहाँ ल्याटिन अमेरिकी राष्ट्रका एक जुझारु नेताका रुपमा विश्वमा परिचित रहनुभएको पनि समाचारमा जनाइएको छ ।
    राष्ट्रपति चाभेजले सन् १९९८ डिसेम्बर महिनामा पहिलो पटक भेनेजुएलाको राष्ट्रपति पदमा विजयी हुनुभएको थियो । त्यसपछि उहाँ निरन्तर सो पदमा रही काम गर्नुभएको छ ।     उहाँले ल्याटिन अमेरिकी राष्ट्रहरुलाई बजारमा प्रचलित मूल्यभन्दा पनि सस्तो मूल्यमा तेल वितरण गरेर पनि सो क्षेत्रमा लोकप्रिय रहनुभएको बताइन्छ । 
     निर्वाचनको बेलामा उहाँका स्वतन्त्रता, संविधानमा परिवर्तन, भष्ट्राचार नियन्त्रण एवम् राष्ट्रियता र स्वाभिमानजस्ता नारा हुने गर्दथे । यसबाट उहाँले चर्चा पाउने गर्नुहुन्थ्यो ।     पछिल्लो निर्वाचनमा पनि उहाँले ५६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी सन् १९९९ मा संविधान परिवर्तनको लागि भएको निर्वाचनमा ६० प्रतिशत भोटले उहाँको विजय भएको थियो ।
    उहाँको निधनप्रति विश्वका नेताहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । संयुक्त राज्य अमेरिकाले पनि उहाँको निधनप्रति दुःख व्यक्त गरेको छ ।
    उसले चाभेजको निधनले भेनेजुएला एउटा नयाँ युगमा प्रवेश गरेको टिप्पणी गरेको छ । उसले अमेरिका सधैँ अमेरिका भेनेजुएलाली जनताका पक्षमा रहेको पनि बताएको छ ।
त्यसैगरी अर्काे ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलले पनि चाभेजको निधन प्रति दुःख व्यक्त गरेको छ । ब्राजिलका राष्ट्रपति दिल्मा रुसेफले उहाँको निधनले ल्याटिन अमेरिकी राष्ट्रमा नै ठूलो शोक परेको बताउनुभएको छ ।
उहाँले स्वर्गीय चाभेज ल्याटिन अमेरिकाका एक सशक्त तथा ठूला नेता रहेको पनि बताउनुभएको छ । एक शोक वक्तव्यमा उहाँले उहाँको निधनले ल्याटिन अमेरिकाले नै एक सशक्त नेता गुमाएको बताउनुभएको छ ।
उता अर्काे छिमेकी राष्ट्र क्युवाले नेता चाभेजको निधनप्रति दुःख व्यक्त गर्दै आजदेखि तीन दिनसम्म राष्ट्रिय शोकको नै घोषणा गरेको बताइएको छ । चाभेजको उपचार पनि लामो समयसम्म क्युवामा नै भएको थियो ।  त्यसैगरी रसियाले उहाँको निधनमा शोक व्यक्त गरेको छ । रसियाका राष्ट्रपति भलादिमिर पुटिनले चाभेज एकजना वरिष्ठ नेता भएको टिप्पणी गर्नुभएको छ ।
उहाँले चाभेजलाई एक असाधारण व्यक्तित्वका धनी रहेको बताउँदै उहाँकाकारण भेनेजुएला र रसियाको सम्बन्ध राम्रो बनेको टिप्पणी गर्नुभएको छ । त्यसैगरी चीनले पनि चाभेज वर्तमान युगका एक ठूला नेता तथा चिनियाँ जनताका सबैभन्दा नजिकका शुभचिन्तक रहेको भन्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । एजेन्सी÷रासस÷सिन्ह्वा

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive