Posts

Showing posts from December, 2013

कान्छीमाया मगर्नीको ‘अपरेसन’ कथा

Image
अपरेसनपछि चिकित्सकहरुका साथमा कान्छीमाया ।   पर्शुराम काफ्ले ब रिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मनोर दिन सैयदले मंसिरको शुरुवातमै मलाई सूचना दिएका थिए– हामी एउटा जटिल केसको अपरेसन गर्दैर्छौैँ । सक्सेस भयो भने खबर गरौँला । तपाईँका लागि एउटा स्टोरी हुनसक्छ ।’ ‘समाचार’को कृषकलाई यो भन्दा अरु के चाहियो र ।  भनिदिएँ, ‘हुन्छ, खबर गर्नुहोला ।’ यो बीचमा संविधानसभाको निर्वाचन सकियो । मतगणना सम्पन्न भयो । त्यही पनि दिमागमा राजनीतिक समाचारको ह्याङ्ओभर बाँकी थियो । १५ मंसिरमा डा. सैयदको फोन आयो, ‘१२ गते नै अपरेसन सक्सेस भयो । बिरामी मनमोहन अस्पतालमा आराम गर्दैछन् । समय मिलाएर आउनुप¥यो ।’ भोलिपल्ट मध्यान्ततिर स्वयम्भुस्थित अस्पताल पुगेँ । कलंकीबाटै डा. सैयदले मलाई रिसिभ गरे । ........................................................ कान्छीमायमा महर्जन बेडमा थिइन् । पोष्ट अपरेसन (अपरेसनपछि)को अवस्था । तर उनी चंगा थिइन् । साथमा समाजसेवी दिलशोभा श्रेष्ठलाई देखेपछि थप कौतुहलता जाग्यो । चिनजान भयो ।  डाक्टर साहेबले भने, ‘उहाँकै पेटबाट हामीले तीस बाई तीस सेन्टिमिटर साईजको करिब ९ केजी ट्युमर फालेका ह

सेनाद्धारा एमाओवादी आरोपको प्रतिवाद (पूर्ण विवरणसहित)

Image
काठमाडौं (नेपाल डोर) । नेपाली सेनाले निर्वाचनमा धाँधली गरेको भन्ने एमाओवादी आरोपलाई प्रतिवाद गर्दै सेनाको व्यवसायिक चरित्रमाथि टिकाटिप्पणि नगर्न आग्रह गरेको छ । सेनाले मंसिर २० गते प्रकाशित विज्ञप्तिमा सेनाले निस्पक्ष भूमिका निर्वाह गरेको पनि दोहो¥याएको छ । एमाओवादीले १९ मंसिरमा सार्वजनिक गरेको प्रतिवेदनमा सैनिक व्यारेकमा मतपेटिका राखेर धाँधली गरिएको आरोप लगाएको थियो । प्रस्तुत छ, सैनिक विज्ञप्तिको पूर्ण विवरण ''''''संविधानसभा निर्वाचन २०७० र नेपाली सेनाले निर्वाह गरेको भूमिका १.    नेपालको अन्तरिम संविधान २०६३ अनुरुप नेपाल सरकारको वैधानिक निर्णय बमोजिम गत मंसिर ४ गते सम्पन्न भएको संविधानसभा निर्वाचनमा नेपाली सेना परिचालन भई, ‘संविधानसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप’ नेपाली सेनालाई प्राप्त कार्यादेश नेपाली सेनाले नितान्त इमान्दारीपूर्वक,  उत्कृष्ट एवं व्यवसायिक ढंगले सम्पन्न गरेको तथ्य सबै सामु छर्लङ्ग छ । नेपाली सेनाको यस भूमिकालाई नेपाल सरकार, निर्वाचन आयोग, कुटनीतिक क्षेत्र,  रा

एमाओवादी पराजयको लेखाजोखा

Image
-पर्शुराम काफ्ले- ................................................ एमाओवादीको शंकामा सबैभन्दा ठूलो षड्यन्त्र काठमाडौ १० मा भयो । किनभने त्यहीँबाट ‘क्रान्तिनायक प्रचण्ड’ तेस्रो स्थानमा सर्मनाक हार व्यहोर्दै थिए । त्यो क्षेत्रको 'मुटु' कीर्तिपुरलाई प्रचण्डले आफ्नो राजनीतिको आस्थापुन्ज बनाएका थिए । कारण काक्र्स, लेनिन, माओ, स्टालिन, एंगेल्स थिएनन् । थियो– नेपाल एकीकरण कर्ता पृथ्वीनारायण शाहले राज्य एकीकरणका बेला कीर्तिपुरमाथि गरेको आक्रमणका  क्रममा भएको भनिएका प्रायोजित कथा । गोर्खाली सेनाले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटिएको मिथकमा उभिएको जातीवादी चेतना प्रचण्डको ठूलो राजनीतिक आदर्श थियो । .. .........................................   एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको चुनावमा धेरै सिट जित्ने अपेक्षा गर्नु अस्वभाविक थिएन । चुनावी सरकार निर्माण र निर्वाचन प्रक्रियाको माहौल बन्नुमा समकालीन शीर्ष नेतृत्वपंक्ति भन्दा उनकै देन बढी थियो । गत माघमा हेटौँडा महाधिवेशनबाट खिलराज सरकारको मोडेल प्रस्तुत गरेका प्रचण्डकै कारण नै नेकपा–माओवादीसहित ३३ दलीय मोर

मतपरिणाको कुटनीतिक नाफाघाटा : चीन सन्तुष्ट, युरोपेली मुलुकलाई आघात

Image
- पर्शुराम काफ्ले-  काठमाडौं । छिमेकी भारत र चीनसहित अन्तर्राष्ट्रिय सरोकारवालाले यो साता शीर्ष नेतासँगको भेटवार्ताका क्रममा संघीयताको मोडल र धर्मनिरपेक्षताको भविष्यबारे चासो प्रकट गरेका छन् । जातीय पहिचान, आत्मनिर्णयको अधिकार र मधेस एक प्रदेशको विपक्षमा जनमत आएपछि उनीहरूले कांग्रेस र एमालेका शीर्ष नेतालाई भेटेर यी मुद्दामा आफ्नो सरोकारसमेत प्रस्तुत गरेका छन् । कूटनीतिक स्रोतका अनुसार शीर्ष नेतासँग भारत र चीनले पछिल्लो जनमतबाट आफ्नो चासो सम्बोधन हुने विश्वास गरेका छन् । बेलायत, अमेरिका र युरोपेली मुलुकहरू  संघीयता र धर्मनिरपेक्षताका बारेमा उनीहरूको रुचि सम्बोधन हुनेमा विश्वस्त छैनन् । ‘संघीयताबारे उनीहरूले तय गरेका रुचि र रणनीतिक स्वार्थ सम्बोधन हुन्छ कि हुँदैन भन्नेमा विदेशी मित्रराष्ट्रको सबैभन्दा बढी चासो प्रकट भएको छ, सबैभन्दा बढी पश्चिमा मुलुकहरू चिन्तित छन्,’ एक उच्च राजनीतिक स्रोतले भन्यो, ‘जातीय पहिचान र धर्मनिरपेक्षताका बारेमा पश्चिमाहरूले बढी नै चासो राखेको देखियो । उनीहरूको लगानीका कारण पनि चासो प्रकट हुनु स्वाभाविकै हो ।’ बहालवाला एकजना नेपाली कूटनीतिज्ञको विश्लेषणमा ज