Wednesday, 6 March 2013

अलविदा ह्युगो चावेज (जीवनीसहित)


 काराकास् ( भेनेजुएला) २३ फागुन । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको  ५८ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।  उहाँ क्यान्सरको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको चार वर्षको अन्तरालमा चारपटक सल्यक्रिया भइसकेको थियो । उहाँ निधनको घोषणा उपराष्ट्रपति निकोलस मडुरोले टेलिभिजनमार्फत गर्नुभएको छ । राष्ट्रपति चाभेज सन् १९५४ को २८ जुलाईमा भेनेजुएलाको बरिनास राज्यमा जन्मिनु भएको थियो
।    राष्ट्रपति चाभेजले सन् १५९८ डिसेम्बर महिनामा पहिलो पटक भेनेजुएलाको राष्ट्रपति पदमा विजयी हुनुभएको थियो ।  निर्वाचनको बेलामा स्वतन्त्रता, संविधानमा परिवर्तन र भष्ट्राचारमा नियन्त्रण जस्ता नाराबाट उहाँले चुनाव लड्नु भएको थियो ।
     यस निर्वाचनमा ५६ प्रतिशत भोटबाट उहाँको विजय भएको थियो ।  त्यसैगरी सन् १९९९ मा संविधान परिवर्तनको लागि भएको निर्वाचनमा ६० प्रतिशत भोटले उहाँको विजय भएको थियो ।  त्यसैगरी सन् २००० को अप्रिल ११ मा नयाँ संविधान अन्तरर्गत चाभेज पुनः निर्वाचित हुनुभएको थियो ।     सो निर्वाचनमा उहाँले ६० प्रतिशत भोट पाउनु भएको समाचारमा उल्लेख छ । चाभेज भेनुजुएलामा मात्र नभई दक्षिण अफ्रिकामै प्रख्यात हुनुहुन्थ्यो ।
भेनेजुएलामा शोक
राष्ट्रपति ह्युगो चाभेजको निधनपछि त्यहाँ आज शोकको घोषणा गरिएको छ । भेनेजुएलालीले आफ्नो नेताको निधनप्रति बुधबार निकै दुःख मनाउ गरेका समाचारहरु विभिन्न सञ्चारमाध्यमहरुले सम्प्रेशण गरिरहेका छन् ।     राष्ट्रपति चाभेजको ५८ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । उहाँ करिब दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । चार वर्षको अवधिमा चारपटक सल्यक्रिया भइसकेको उहाँको गएराति राजधानी काराकासमा रहेको सैनिक अस्पतालमा निधन भएको हो ।
    उहाँको निधनपछि भेनेजुएलामा आजदेखि पाँचदिनसम्म शोकको घोषणा गरिएको छ । पाँचदिनसम्म त्यहाँ राष्ट्रिय झण्डा झुकाउने तथा उहाँको निधनप्रति शोक व्यक्त गर्ने कार्यक्रम रहेको छ ।     आगामी शुक्रबार उहाँको अन्तिम संस्कार गरिने भएको छ । सो कुराको जानकारी उपराष्ट्रपति निकोलस मडुरोले टेलिभिजनमार्फत दिनुभएको छ ।
    उपराष्ट्रपति मडुरोले यो शोकको घडीमा धैर्य र संयमित रहन सम्पूर्ण देशवासीलाई आग्रह पनि गर्नुभएको छ । उहाँले सुरक्षाका लागि देशभरी सैनिक परिचालन गरिएको पनि जानकारी दिनुभएको छ ।
    राष्ट्रपति चाभेज सन् १९५४ को २८ जुलाईमा भेनेजुएलाको बरिनास राज्यमा जन्मिनु भएको थियो  । लगातार १४ वर्षसम्म उहाँले ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएलामा शासन गर्नुभएको छ ।
    नागरिकका आधारभूत आवश्यकताको परिपुर्तिका क्षेत्रमा धेरै काम गरेबापत उहाँ त्यहाँका नागरिक सामु निकै नै लोकप्रिय रहनुभएको छ । तर गरिबी र असमानता भने त्यहाँ अहिले पनि कायमै छ । विशेषगरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा उहाँले बनाउनुभएका नीतिले नागरिकमा निकै राम्रो प्रभाव पारेको छ । संयुक्त अमेरिका विरोधी भावना फैलाउने उहाँ ल्याटिन अमेरिकी राष्ट्रका एक जुझारु नेताका रुपमा विश्वमा परिचित रहनुभएको पनि समाचारमा जनाइएको छ ।
    राष्ट्रपति चाभेजले सन् १९९८ डिसेम्बर महिनामा पहिलो पटक भेनेजुएलाको राष्ट्रपति पदमा विजयी हुनुभएको थियो । त्यसपछि उहाँ निरन्तर सो पदमा रही काम गर्नुभएको छ ।     उहाँले ल्याटिन अमेरिकी राष्ट्रहरुलाई बजारमा प्रचलित मूल्यभन्दा पनि सस्तो मूल्यमा तेल वितरण गरेर पनि सो क्षेत्रमा लोकप्रिय रहनुभएको बताइन्छ । 
     निर्वाचनको बेलामा उहाँका स्वतन्त्रता, संविधानमा परिवर्तन, भष्ट्राचार नियन्त्रण एवम् राष्ट्रियता र स्वाभिमानजस्ता नारा हुने गर्दथे । यसबाट उहाँले चर्चा पाउने गर्नुहुन्थ्यो ।     पछिल्लो निर्वाचनमा पनि उहाँले ५६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी सन् १९९९ मा संविधान परिवर्तनको लागि भएको निर्वाचनमा ६० प्रतिशत भोटले उहाँको विजय भएको थियो ।
    उहाँको निधनप्रति विश्वका नेताहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । संयुक्त राज्य अमेरिकाले पनि उहाँको निधनप्रति दुःख व्यक्त गरेको छ ।
    उसले चाभेजको निधनले भेनेजुएला एउटा नयाँ युगमा प्रवेश गरेको टिप्पणी गरेको छ । उसले अमेरिका सधैँ अमेरिका भेनेजुएलाली जनताका पक्षमा रहेको पनि बताएको छ ।
त्यसैगरी अर्काे ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलले पनि चाभेजको निधन प्रति दुःख व्यक्त गरेको छ । ब्राजिलका राष्ट्रपति दिल्मा रुसेफले उहाँको निधनले ल्याटिन अमेरिकी राष्ट्रमा नै ठूलो शोक परेको बताउनुभएको छ ।
उहाँले स्वर्गीय चाभेज ल्याटिन अमेरिकाका एक सशक्त तथा ठूला नेता रहेको पनि बताउनुभएको छ । एक शोक वक्तव्यमा उहाँले उहाँको निधनले ल्याटिन अमेरिकाले नै एक सशक्त नेता गुमाएको बताउनुभएको छ ।
उता अर्काे छिमेकी राष्ट्र क्युवाले नेता चाभेजको निधनप्रति दुःख व्यक्त गर्दै आजदेखि तीन दिनसम्म राष्ट्रिय शोकको नै घोषणा गरेको बताइएको छ । चाभेजको उपचार पनि लामो समयसम्म क्युवामा नै भएको थियो ।  त्यसैगरी रसियाले उहाँको निधनमा शोक व्यक्त गरेको छ । रसियाका राष्ट्रपति भलादिमिर पुटिनले चाभेज एकजना वरिष्ठ नेता भएको टिप्पणी गर्नुभएको छ ।
उहाँले चाभेजलाई एक असाधारण व्यक्तित्वका धनी रहेको बताउँदै उहाँकाकारण भेनेजुएला र रसियाको सम्बन्ध राम्रो बनेको टिप्पणी गर्नुभएको छ । त्यसैगरी चीनले पनि चाभेज वर्तमान युगका एक ठूला नेता तथा चिनियाँ जनताका सबैभन्दा नजिकका शुभचिन्तक रहेको भन्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । एजेन्सी÷रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...