Wednesday, 20 March 2013

छात्राबासमा लागुऔषध र सेक्स व्यापार

काठमाडौं । घरजग्गा कारोबार सुस्ताएपछि च्याउसरी खुलेका आकाशीय र निजीस्तरमा संचालित छात्राबास सेक्स र लागुऔषध प्रयोग गर्ने थलो बन्दै गएका छन् । दैनिकी गुजार्न बिहानदेखि नै काममा व्यस्त बन्ने अभिभावले आफ्ना सन्तानलाई महंगो रकम तिरेर छात्रावासमा राख्दै आएका छन् । छोराछोरी छात्राबासमा राखेर उनीहरुप्रति ध्यान दिन नसक्दा विद्यार्थी कुलतमा फस्दै गएका हुन् ।
प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले काठमाडौं शंखमुलमा रहेको प्याराडाइज होस्टलमा खैरो हेरोइन सेवन गर्दै रहेका विद्यार्थीलाई केही अघि नियनत्रणमा लियो । अहिले प्याराडाइजले नाम नै परिवर्तन गरेर छात्रावास नै चलाउदै आएको छ ।
दैनिकीसँगै पछिल्लो समयमा अभिवाकले आफ्ना सन्तानलाई होस्टलमा राख्ने चलन बढेको छ । अविभावकमा छोरा–छोरीलाई होस्टलमा राख्यो भने राम्रोसँग पढ्छ भन्ने मनोविज्ञानले गर्दा शहरी परिवारका सन्तानलाई होस्टलमा राख्ने चलन झन बढेको छ भने ग्रामीण भेगबाट राजधानी आइ पढ्ने विद्यार्थीको पहिलो रोजाइपनि होस्टल हुने गरेको छ ।
राजधानीको महंगीले गर्दा एकमहिनाको सम्पुर्ण खर्च र गर्नुपर्ने परिश्रम भन्दा होस्टल उत्तम विकल्प भएकाले पनि होस्टलमा बसेर अध्ययन गर्ने विद्यार्थीको संख्यामा बृद्धि भएको छ ।
होस्टलमा बसेर अध्ययन गर्दा विद्यार्थीको लागि जति सजिलो हुन्छ, आफैंले डेरा लिएर बढ्दा त्यति सजिलो हुँदेन् । शायद त्यही भएर होला पछिल्लो समयमा होस्टलमा बस्ने विद्यार्थीको संख्यामा बृद्धि भइरहेको छ ।
हिजो आज राजधानीका टोल टोलमा होस्टल खुलेका छन् । कतिपयलाई होस्टल कमाउने राम्रो व्यापार पनि भएको छ । त्यसमा पनि महिला होस्टल संचालन गर्नेको सख्या बढी रहेको छ । महिला होस्टल संचालन गर्दा कम रिक्स हुने हुनाले पनि महिला होस्टलप्रतिको आकर्षण बढेको हो । तर, त्यस्ता होस्टलमा पछिल्लो समयमा अनैतिक गगितिविध हुन थालेको प्ररहीले जनाएको । त्यस्ता अनैतिक गतिविधि रोक्न अहिले अनुगमन हुन थालेको छ ।
आवासीय विद्यालय र निजीस्तरबाट सञ्चालित छात्रवासमा अनैतिक गतिविधि हुन थालेको निष्कर्षसहित त्यसलाई रोक्न अनुमगन सुरु भएको छ ।
 पहिलो चरणमा उपत्यकामा रहेका छात्रवास अनुगमन गर्ने र क्रमशः देशभर पुग्ने जनाइएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छात्रवास (होस्टेल) सञ्चालन तथा व्यवस्थापनसम्बन्धी ‘मापदण्ड मस्यौदा समिति’ले बनाएको मापदण्डअनुसार गठित छात्रवास अनुगमन समितिले शनिबार अनुगमन सुरु गरेको हो ।

समितिले गत पुस १ गतेदेखि लागू भएको मापदण्ड पालना भए÷नभएको अनुगमन गर्नेछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माको संयोजकत्वमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, घरेलु अधिकृत, काठमाडौं प्रहरी परिसर प्रमुख, नेपाल होस्टेल व्यवसायी संगठन सदस्य र सहायक प्रमुख जिल्ला अधिकारी सदस्यसचिव रहेको अनुगमन समिति रहेको छ ।
काठमाडौं उपत्यकामा करिब पाँच सय छात्रवास छन् । तीमध्ये दुई सय ‘नेपाल छात्रवास व्यवसाय एसोसिएसन’मा आबद्ध छन् । अनुगमन समितिका अनुसार समितिले छात्रवासमा बस्ने छात्रछात्राको व्यक्तिगत विवरण अभिलेख, आन्तरिक आचारसंहिता, पुस्तकालय, अपांगमैत्री छात्रवास, सञ्चार उपलब्धता, छात्रवासमा प्रवेश गर्दा र बाहिरिँदाको अभिलेख, सुरक्षा गार्ड, आन्तरिक सुपरीवेक्षणदेखि सरोकारवाला निकायमा नवीकरण भए÷नभएको हेर्नेछ ।
छात्रवासहरू दुव्र्यसनीको अखडा हुन थालेको भन्ने प्रहरी अध्ययनको निष्कर्षपछि प्रहरीकै सक्रियतामा अनुगमन थालिएको प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी नायव उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार मापदण्डमा नरहेका छात्रवासलाई मापदण्ड पूरा गर्न निर्देशन दिइनेछ र पूरा नगरे कानुनअनुसार कारबाही थालिनेछ ।
एसोसिएसनकी अध्यक्ष किरण राजभण्डारीका अनुसार छात्रवास व्यवस्थित सञ्चालन गर्न अनुगमन सुरु गर्न लागिएको हो । केही छात्रवास सञ्चालकहरू मापदण्ड पूरा गर्नुको साटो ‘पेइङ गेस्ट’ राखेको भन्दै तर्किन थालेपछि अनुगमन सुरु गरेको राजभण्डारीले बताइन् । उनका अनुसार देशभरका हजारभन्दा बढी छात्रवासलाई एउटै छातामा ल्याएर सबैका समस्या समाधान गर्ने योजना छ ।
छात्रवासहरूमा लागुऔषध सेवन, गुण्डागर्दी र आपराधिक गतिविधि बढेको पाइएपछि अनुगमन सुरु गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्दले बताए । उनका अनुसार अनुगमनबाट छात्रावास, अभिभावक, विद्यालय सबैलाई फाइदा पुग्नेछ ।
अविभावकले आफ्ना सन्तान होस्टलमा बसेको र उनीहरुले राम्रोसँग अध्यायन गरिरहेको ठानेका बेला कतिपय होस्टलमा बस्ने युवा विद्यार्थीहरुले त चरेशको कारेकारसम्म गर्न लागेको प्रहरीले फेला पारेको छ । होस्टलमा अनुशासनमा बस्नुपर्ने, मनलागेको काम गर्न नपाइएने भएकाले पनि युवा विद्यार्थीहरुले लागुपदार्थको कारोवारमा संलग्न हुने गरेको पाइएको नयाँ बानेश्वर प्रहरी बृतका डिएसपी भीमप्रसाद गौतम बताउँछन् ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...