Posts

Showing posts from March, 2014

चिनियाँ शैलीमा आउँदै भारतीय प्रधानमन्त्री

Image
Koirala-Singh meeting at Delhi- File photo नेपाल डोर अनलाइन काठमाडौं । सन् २०१२, जनवरी १४ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको चिमन्त्रणामा चिनियाँ प्रधानमन्त्री वेन जियावाओ पाँच घण्टे भ्रमणमा काठमाडौं आए । उच्चस्तरीय भेटवार्ता त्यही अबधिमा सम्पन्न भयो । तत्कालीन प्रधानमन्त्रीले लन्च खाए, शीर्ष नेतासँग गफगाफ गरे । नेपाल–चीन संयुक्त समझदारीपत्रमा हस्ताक्षर भयो । पाँच घण्टा बसेर चिनियाँ प्रधानमन्त्री कतारतिर लागे ।  दुई बर्षअघि चिनियाँ प्रधानमन्त्री जसरी आए, कार्यकाल सकिन लाग्दा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह पनि त्यही शैलीमा काठमाडौं आउने सन्देश दिएका छन् । फरक यत्ति हो, चिनियाँ प्रधानमन्त्री आउँदा राजधानी कफ्र्यु लागेसरह थियो । भारतीय प्रधानमन्त्री आउँदा सुरक्षा व्यवस्था कडा हुन्छ नै, राजधानीका कफ्र्यु नै लाग्ने सम्भावना हुँदैन ।  प्रधानमन्त्री सुशील कोइरालासँग विमस्टेक सम्मेलनका क्रममा म्यानमारमा गत साता भएको भेटमा सिंहले ‘छोटो समयका लागि भएपनि’ भ्रमण गर्ने इच्छा देखाएपछि दुवै मुलुुकको परराष्ट्रमन्त्रालय यसको गृहकार्यमा जुटेको छ । प्रधानमन्त्री कोइरालाले

एक शताब्दीपछिको उही 'बिजुली सपना'

Image
पर्शुराम काफ्ले ................................ जलबिद्युत आयोजना निर्माण हुँदा आफ्नो अर्थतन्त्र उकासेको नजिकैको भुटानको अनुभवलाई सबै दलहरुले सकारात्मक शोचले आत्मसात गरेमा नेपालको भलाइ हुनेछ । ........................................................................................  १ ९६८ साल जेठ ९ गते सोमवार अपरान्ह ६ः३० बजेको साइतमा फर्पिङमा ५०० किलोवाट क्षमताको चन्द्रज्योति पावर हाउस उद्घाटन हुँदा नेपालले आफ्नो र समग्र एशियाकै शीर माथि पारेको थियो । तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहले उद्घाटन गरेको पावरहाउसबाट उत्पादित बिजुलीको पहुँच सिंहदरबार र पशुपतिनाथ मन्दिरमा सीमित रहे पनि एशिया महादेशका तर्फबाट नेपालले पहिलोपटक पावर हाउसबाट बत्ति बाल्दै थियो । एक शताब्दी यता नेपालको पुगनपुग आधा जनसंख्याले  बिजुली बालिरहेको छ । बाँकी जनसंख्या बिजुलीको प्रतिक्षामा छ ।   एशियाको पहिलो विरासत बोकेको एक शताब्दीमा नेपालले जम्मा एक हजार मेघावाट जलबिद्युत पनि उत्पादन गर्न सकेको छैन । तर नेपालको जलस्रोतबाट करिब ४३ हजार मेघावाट बिजुली उत्पादन गर्नसक्ने क्षमता जीवित छ । राष्ट्रिय योजना आय

नेपालको स्वास्थ्य र नयाँ शिक्षण अस्पताल

Image
डा. मनोर डी.सैयद  .................................... छिमेकी मुलुक भारतबाट बर्सेनी हजारौं विद्यार्थी चीनलगायतका मुलुकमा एमबीबीएस गर्न जाँदा रहेछन् । त्यो अर्बौंको बजारलाई हामीले नेपालमा तान्न सक्यौं भने आर्थिक रूपमा नयाँ आयाम थप्न सकिन्छ । ................................................................... वि गत केही समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा भएका उतारचढावले विभिन्न अखबारका पानाहरू कोरिएका कुरा त सर्वविदितै छ । मेडिकल क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप, विभिन्न बहानामा भएको आन्दोलन र पटक–पटक भएको आमरण अनशनसमेतले गर्दा नेपालको स्वास्थ्य क्षेत्र यस वर्ष निकै चर्चाको विषय रहन पुग्यो । गरिबीको रेखामुनि रहेको हाम्रो मुलुकमा हरेक क्षेत्र अस्तव्यस्त रहेको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रसमेत केही हदसम्म गञ्जागोल भएको कुरा सत्य हो । यसै सेरोफेरोमा रहेर वर्तमान परिस्थितिलाई केलाउने जमर्काे यहाँ गरिएको छ ।  विश्व स्वास्थ्य संगठन तथा विभिन्न निकायद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन हेर्ने हो भने नेपालको बालमृत्युदर कहाली लाग्दो नै छ । मातृमृत्युदर त विकसित मुलुकको

अतित : कम्युनिस्टसँग नझुक्ने कम्युनिस्ट

Image
मदन भण्डारी .................................................................. कात्तिक २१ गतेको दिन थियो । पाँचौं महाधिवेशनको तयारी र बहस उत्कर्षमा पुगेको त्यो बेला 'दृष्टि'ले मदन कमरेडको अन्तर्वार्ता लिने निधो गर्‍यो । अन्तर्वार्ता लिखित थियो । र, २२ गते मदनले फोन गरेर सोध्नुभयो, 'कम्प्युटरमा गइसक्यो ?' गइसकेको कुरा थाहा पाएपछि भन्नुभयो, 'जहाँ-जहाँ 'बहुदलीय जनवाद' उल्लेख छ, त्यहाँ-त्यहाँ 'जनताको' थपिदिनुहोला ।' र, २६ गते 'कालिदासको क पढेर बहुदलीय जनवाद बुझन्िन' शीर्षकमा उक्त अन्तर्वार्ता छापिएको दिनदेखि उहाँद्वारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रमको विधिवत नामकरण 'जनताको बहुदलीय जनवाद' रहन गयो । ........................................................... - किशोर  श्रेष्ठ  - ...................... फरासिलो स्वभावका हुनुहुन्थ्यो, उत्तर कोरियाली राजदूत आन हुई जोङ । उहाँमार्फत नै अघि बढाइएको हो, कमरेड मदन भण्डारीको सुरक्षार्थ रूपनारायण श्रेष्ठसहित केही साथीलाई तीनमहिने कमान्डो ट्रेनिङका निम्ति प्योङयाङ पठाउ

सालझण्डीमा नेपाल–भारत सैन्य अभ्यास

Image
काठमाडौं । नेपाल र भारतका सेनाबीच नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्र, सालझण्डी, रुपन्देहीमा बुधवार (फागुन २१ गते) ‘एक्स सूर्य किरण–६’नामक सैन्यअभ्यास शुरु भएको छ । सैनिक विनय महानिर्देशक उपरथी भिक्टर राणाले उद्घाटन गरेको सैन्य अभ्यासमा नेपालका २०० जना र भारतीय सेनाका २५० जना सहभागी छन् ।  नेपाल र भारतका सेनाबीच सन् २०११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ । नेपालमा आयोजना भएको यो तेस्रो अभ्यास हो । प्रतिविद्रोह तथा जंगल वारफेयर सम्बन्धि सैद्धान्तिक र व्यवहारिक कार्यक्रमहरु समाबेश गरी संचालन हुँदै आएको सैन्य अभ्यासको यो छैठौं संस्करण हो । अभ्यास चैत ४ गते सम्पन्न हुनेछ ।  शुरुमा भारतीय सेनाको काउन्टर इन्सर्जेन्सी एण्ड जंगल वारफेयर स्कूल मेजोरममा मार्च २०११ मा संयुक्त अभ्यास भएको थियो । त्यसयता हरेक बर्ष आयोजना हुँदै आएको छ । सन् २०१२ जुनमा भारतको चौवत्तिया उत्तराखण्डमा मा यस्तै सैन्यअभ्यास भएको थियो । त्यसपछि  भारतको पिथौरागढमा सेप्टम्बर–अक्टोबर २०१३ मा संयुक्त अभ्यास भएको थियो । नेपालले  प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगंजमा डिसेम्बर २०११ र डिसेम्बर २०१२ मा

'सम्मानपूर्वक भूटानी शरणाार्थी फर्काऊ'

Image
PM Sushil Koirala with his Bhutanese counterpart in Myanmar. Photo: Kuenselonline.com,  Bhutan काठाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा रहेका भूटानी शरणार्थीलाई ‘आत्मसम्मान र आदर’साथ स्वदेश फर्काउन भूटानी समकक्षीलाई आग्रह गरेका छन् ।  बिमस्टेक सम्मेलनमा सहभागी हुने क्रममा म्यानमारमा भूटानी प्रधानमन्त्री छिरिङ तोप्गेलाई साइडलाइन वार्ताका क्रममा कोइरालाले आग्रह गरेका हुन् ।    नेपाल सरकारका तर्फबाट कोइरालाले शरणार्थीलाई सम्मानपूर्वक देश फर्काउन त्यहाँका सरकारप्रमुखलाई आग्रह गरेका हुन् । कडाईपूर्वक नेपालले यो आग्रह गरे पनि भूटानी प्रधानमन्त्रीले यसबारे स्पष्ट जबाफ नदिएको बुझिएको छ ।  ‘प्रधानमन्त्रीले भूटानी शरणार्थी समस्याको तत्कालै समाधान खोज्न आग्रह गर्नुभएको छ,’ १९ फागुनमा भएको भेटवार्ताबारे नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्रीले भूटानी शरणाार्थीलाई आत्मसम्मान र आदरसाथ स्वदेश फर्काएर समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।’  .................................................................................. ''Earlier toda

NEWS: 'द हिन्दू'मा प्रधानमन्त्री कोइराला

Image
<a href="http://www.thehindu.com/news/international/nepal-pm-sets-an-austere-example/article5750913.ece?textsize=large&test=1" title="Large Text Size" >T+</a>  ·   <a href="http://www.thehindu.com/news/international/nepal-pm-sets-an-austere-example/article5750913.ece?textsize=small&test=2" title="Small Text Size">T-</a>  3  Sushil Koirala काठमाडौं । प्रधानन्त्री सुशील कोइरालालाई भारतीय सञ्चारमाध्यमले प्रशंसा गर्दै समाचार प्रकाशित गरेका छन् । द हिन्दुले विम्स्टेक सम्मेलनमा नेपालबाट सबैभन्दा कम प्रतिनिधिमण्डल लिएर कोइराला म्यानमार गएको भन्दै प्रशंसा गरेको हो । सम्मेलनमा सबैभन्दा बढी १०० जनाको भारतीय टोली रहेको छ जसमा ३७ जना पत्रकार मात्रै सहभागी छन् । हेरौं, न त समाचार जस्ताको तस्तै :   Praveen Swami, NAY PYI TAW (MYANMAR)  

BIMSTEC Summit Declaration

Image
We, the Prime Minister of the People’s Republic of Bangladesh, the Prime Minister of the Kingdom of Bhutan, the Prime Minister of the Republic of India, the President of the Republic of the Union of Myanmar, the Prime Minister of Nepal, the President of the Democratic Socialist Republic of Sri Lanka and the Special Envoy of the Prime Minister of the Kingdom of Thailand met in Nay Pyi Taw, Myanmar on 4 March 2014 for the Third BIMSTEC Summit Meeting; Third BIMSTEC Summit DeclarationNay Pyi Taw, Myanmar March 4, 2014 Reaffirming the aims and purposes of BIMSTEC as contained in the 1997 Bangkok Declaration, Recalling the First BIMSTEC Summit Declaration (Bangkok, 31 July 2004) and the Second Summit Declaration (New Delhi, 13 November 2008), Recognizing the close relationship and deepening engagements among the BIMSTEC Member States given the geographical proximity as well as the rich historical linkages and cultural heritage, Convinced that the BIMSTEC Member States, e