कर्नेल लामाको लज्जास्पद रिहाई !

काठमाडौं, चैत ३ (नेपाल डोर) । युद्धकालमा कपिलबस्तुको गोरुसिंघेमा माओवादीसमर्थित स्थानीय वासिन्दालाई अमानवीय यातना दिएर मारेको बिषयमा मुद्दा खेपिरहेका कर्नेल कुमार लामाको शुक्रवार अत्यन्तै लज्जास्पद रिहाई भएको छ । र त्यो लज्जाको प्रमुख मतियार भएको छ नेपाल सरकार । विश्वमा जहाँसुकै रहेका नेपाली नागरिकको रक्षा गर्नुपर्ने दायित्व बिर्सेर सरकारले लामालाई नेपाल नल्याउने, ट्राभल डकुमेन्ट वा राहदानी नदिने लिखित काजग गरेर जेलमुक्त गरेको छ र धरौटी रकम तिरिदिएको छ । यो भन्दा ठूलो कुटनीतिक लज्जा अरु केही नहुने सम्बन्धित विज्ञहरुको टिप्पणि छ ।
युद्धअपराधको मुद्दा खेपिरहेका कर्नेल लामा शुक्रवार साँझ धरौटीमा थुनामुक्त भए ।  बेलायत छाड्न नपाउने, बोलाएको बेला अदालत हाजिर हुने, कसैलाई टेलिफोन सम्पर्क नगर्ने, मान्छे नभेट्ने लगायतका शर्तमा हस्ताक्षर गरेर, दश हजार पाउण्ड धरौटी र नेपाली राहदानी अदालतमै लण्डनको वेलमार्स जेलबाट लामा रिहा भए । उनलाई छोरीले त्यहाँ रिसिभ गरेर लण्डनको घरमा लगिन् । लामाले बेलायतमा आइएलआर (अनिश्चितकालसम्म रहनसक्ने अनुमति) लिएका छन् । यो बेलायतको नागरिकता होइन, त्यहाँ अनिश्चितकालसम्म बस्नसक्ने अधिकार हो । परराष्ट्रका अधिकारीहरुका अनुसार आईएलआर लिएका थुप्रै उच्च सरकारी हैसितका नेपाली छन् लण्डनमा । तर रिहाईका लागि सरकाले आफ्नो नागरिकको सुरक्षा र मुलुक फर्किने अधिकारविरुद्ध कागज पठाउनु निकै लज्जास्पद मानिन्छ । यो कार्य, नयाँ मन्त्रीपरिषदले होइन, डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रीपरिषदले बकाइदा घोषणा गरेको थियो । यतिसम्म कि बेलायतमा कर्नेल लामा पक्राउ परेपछि दुईमहिना यता बाबुराम सरकारका कोही पनि मन्त्री वा एमाओवादीका नेता पक्राउ परिने डरले बिदेश भ्रमणमा निस्केनन् ।

Comments

Popular posts from this blog

Importance of Pharm. D study in Nepal

Climate and Clean Air Coalition (CCAC) meets in Kathmandu to tackle air pollution

डा.भट्टराई, 'क्रान्ति'को कार्यकाल कति हो ?