Friday, 15 March 2013

चीन सशंकित, भारत र अमेरिका खुशी


   काठमाडौँ, चैत २ (नेपाल डोर) । नेपालमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिप्रति छिमेकी चिन र भारत एवं अमेरिकाले तत्काल प्रतिक्रिया दिएका छन् । नेपालस्थित भारतीय राजदूतावास र अमेरिकी दूताबासले विज्ञप्ति जारी गरेर प्रधानन्यायाधीशलाई सरकारप्रमुख बनाउने गरी भएको दलीय सहमतिको स्वाथत गरे ।
 तर बेइजिङमा पत्रकार सम्मेलनमा बोलेका चिनियाँ विदेश मन्त्रालयका प्रबक्ताले पछिल्लो परिस्थितिको स्वागत वा विरोध गरेनन्, दलहरुलाई सहमतिका लागि अघि बढ्न आग्रह गरे । वर्तमान परिस्थितिको जग पश्चिमा मुलुकहरुले बनाएको आशंकलाई मद्दत पुग्नेगरी चिनले यो प्रक्रियाप्रति संका व्यक्त गरेको छ ।
भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले त ‘लोकतान्त्रिक उपलब्धीलाई मजबुत पार्ने तथा बहुदलीय लोकतन्त्रलाई संस्थागत गर्ने राजनीतिक प्रत्रिया अघि बढाउने महत्वपूर्ण पाइला’ भनेर दलहरुबीचको सहमति र सरकार गठनप्रति खुशी व्यक्त गरे । मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीलाई १ चैतमा पठाएको बधाई सन्देशमा प्रधानमन्त्री सिंहले नेपाली जनताको स्थिर, लोकतान्त्रिक र सम्बृद्ध नेपाल निर्माण गर्ने प्रयासलाई भारतले सहयोग गर्ने बचन दिए । भारतीय विदेशमन्त्री सलमान खुर्सिदले पनि नेपाली समकक्षी माधव घिमिरेलाई सन्देश पठाएर नयाँ निर्वाचनसहित नेपाल सरकारको आकांक्षा र प्राथमिकता अनुसार सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
चीनले अन्तरिम मन्त्रीपरिषदगठन गठन गरी संविधान निर्माण प्रक्रियालाई अघि बढाउने गरी प्रमुख दलहरुबीच समझदारी भएको भन्ने विश्वास गरेको छ ।  ‘मित्रवत छिमेकीका रुपमा हामीले अपेक्षा गरेका छौँ कि नेपालका राजनीतिक शक्तिहरुले वार्ता र छलफलबाट राजनीतिक सहमति खोज्न निरन्तर लाग्ने, सकेसम्म चाँडो शान्ति तथा संविधान लेखन प्रक्रिया सम्पन्न गर्ने र मुलुकलाई राजनीतिक स्थायित्व र आर्थिक विकासको प्रत्याभूति दिने गरी नेतृत्व गर्न सक्षम हुनेछन्’ चिनियाँ विदेश मन्त्रालयका प्रबक्ताले बेइजिङमा आयोजित नियमीत पत्रकार सम्मेलनमा भनेका छन् ।
अमेरिकाले राष्ट्रिय चुनावको जिम्मेवारी वहन गर्ने गरी भएको नयाँ अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनको स्वागत गरेको छ । अमेरिकी राजदूतावासद्वारा चैत्र १ मा जारी विज्ञप्तिमा जटिल एवम् चुनौतीपूर्ण अवस्थामा राजनीतिक दलहरूले समस्या समाधानका निम्ति  तत्परता देखाएर सम्झौता गरेको भन्दै सराहना गरिएको छ ।  “यो अन्तरिम चुनावी मन्त्रिपरिषद्को गठनले नेपालको नयाँ संविधान लेख्ने काम सम्पन्न गर्ने र नेपाली जनताको आकाँक्षाको प्रतिनिधित्व गर्ने गरी आगामी असारमा स्वतन्त्र, निष्पक्ष र समावेशी राष्ट्रिय निर्वाचनको कार्य सम्पन्न गर्ने जस्ता महत्वपूर्ण कार्यहरूको लागि जग बसाल्नेछ”, विज्ञप्तिमा भनिएको छ ।
 

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...