ग्लोबल भुटानी संगठन(जिबिओ) को चौथो वार्षिक सम्मेलन हुँदै,
ग्लोबल भुटानी संगठन (जिबिओ)को चौथो वार्षिक सम्मेलन आगामी भदौ १५ गते (अगस्ट ३१)मा अमेरिकाको सेन्ट्रल ओहायोस्थित रेनोल्ड्सबर्ग सहरमा हुने भएको छ। जिबिओले पूर्वी नेपालका बेलडाँगी, दमक, झापा र पथरी शनिश्चरेमा भुटानी शरणार्थी बालबालिकाको शिक्षा, पोषण, स्वास्थ्य सेवा र अन्य राहत कार्यक्रमका लागि सहयोग गर्दै आएको छ। नेपालबाट आठ देशमा पुनर्वासका लागि गएका नेपालीभाषी भुटानी समुदायका विभिन्न संस्थाहरूसँगको समन्वयमा जिबिओले सम्मेलन गर्न लागेको अध्यक्ष डिबी राईले जानकारी दिए। उनका अनुसार ओहायो–बिसिसिओ, सेन्ट्रल ओहायो–केसिसिओको किराँत समुदाय, हिमालयन केयर सेन्टर, मेडिना होम हेल्थकेयर एलएलसी, फेसन बजार, होलसेल बजार, सोलो, मेडिकल ट्रान्सपोर्टेसनलगायतले सहयोग गरेका छन्। वार्षिक सम्मेलनका लागि जिबिओले आयोजक समिति गठन गरेको छ। समितिमा डिबी राई, मित्र सुवेदी, धर्मिन्द्र तिम्सिना, सुदर्शन प्याकुरेल, बिबी पौड्याल, अर्जुन रसाइी, काशी अधिकारी, मेघनाथ अघिकारी, देवाशिष पौडेल, कुल चेम्दोङ,डिके याम्फु, राजु लिवाङ, आरबी खड्का, सविन धिमाल, शान्ता लामा, रमण धिमाल, डिबी अधिकारी, गोमा मिश्र, तोया आचार्य, राज प्रधान,