Friday, 29 March 2013

सेनामा जर्नेल/कर्नेलको भोजभतेर, मेजरहरुको रुवाबासी

काठमाडौं । प्रधानसेनापति गौरबशमशेर राणाको पपुलिष्ट महत्वकांक्षी योजना अनुसार बढुवाका लागि लागू गरिएको फास्टट्रयाक नीति कतिपयलाई बरदान सावित भएको छ भने कतिपयलाई भयानक अभिसाप । सर्बोच्च अदालतमा विचाराधिन मुद्दा कायम रहेका बेला सरकारले फास्टट्रयाक पद्धतिबाट बढुवाका लागि जंगी अड्डाले सिफारिश गरेका लेफ्टिनेन्ट कर्नेललाई फूल कर्नेलमा बढुवा गरेको छ । तर, सेनापतिको नीति सच्याउनुपर्ने मागसहित जंगी अड्डाभित्र निवेदन दिएका चारजना मेजर (सेनानी)लाई उनीहरु कायम रहेको कामु गणपतिबाट यही बुधवार रातारात हटाएर नजिकको पृतनामा हाजिर गर्न भनिएको छ । यसरी गणपतिबाट हटाइएका मेजरहरुमा भुपेन्द्र शाह (सिन्धुली), प्रभु खड्का (म्याग्दी), भैरब थापा (नागार्जुन) र राजेश खत्री (सुर्खेत) छन् । उनीहरुलाई कामु गणपतिबाट हटाइएकोमा सेनाभित्रको ठूलो समूह प्रधानसेनापतिप्रति असन्तुष्ट रहेको छ । बढुवाको पद्धतिप्रति सैनिक नियमावली बमोजिम हेडक्वार्टरमा निवेदन दिएका मेजरहरुलाई छानविन नहुँदै कारबाही भएको भन्दै सेनामा व्यापक असन्तुष्टि उत्पन्न भएको हो ।
फास्ट ट्रयाक बढुवा नीतिले मेजरहरुलाई गलाए पनि १५ जना लेफ्टिनेन्ट कर्नेलहरुको भाग्य चम्काइदिएको छ । सर्बोच्च अदालतलाईसमेत क्रस गरेर बढुवा पाउने भाग्यमानीहरुमा योगराज शर्मा, सहदेव खड्का, प्रयाग राणालगायत छन् । तर बढुवा पद्धति खारेज गर्न मागसहित सर्बोच्च अदालत गएका लेफ्टिनेन्ट कर्नेलहरु चाहिँ २५ चैतबाट अबकास पाउँदैछन् । बढुवा पद्धतिप्रति असन्तुष्टि जनाउँदै २६ बेसिसका नविन बस्न्ेत, सम्पात अर्याल, रमेश थापा, राजेन्द्र खत्री, रामजी थापासहित आठ जना ले.क.ले  सर्बोच्चमा मुद्दा हालेका थिए । तर बढुवा पद्धतिले छुँदै नछु्ने सहायकरथीहरु विनोज कुमार बस्नेत र सुन्दर पुडासैनीलाई पनि सरकारले उपरथीमा बढुवा गरेको छ । बस्नेत लामो समय नारायणहिटी राजदरबार बसेका थिए । 

प्रतिक्रिया, टिप्पणि वा सुझाबका लागि इमेल गर्नुस्-  npdoor@gmail.com 


No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...