Posts

Showing posts from June, 2020

इन्दिरा गान्धी भेटेपछि राजा महेन्द्रले भने -आउने दिन सजिला छैनन्

Image
अनुभवी कूटनीतिज्ञ तथा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा ले राजा महेन्द्रको कार्यकालमा ११ वर्ष सरकारको सचिव र राष्ट्र बैंकका गभर्नरका रूपमा काम गरे । अमेरिकाबाट विद्यावारिधि गरेर फर्किनासाथ ०१७ चैतदेखि सचिवका रूपमा सेवा प्रारम्भ गरेका थापाले राजा महेन्द्रसाग अत्यन्तै निकट भएर काम गरे । नेपाललाई विश्व रंगमञ्चमा उभ्याउन राजा महेन्द्रको योगदान अतुलनीय रहेको थापाको निष्कर्ष छ । नयाँ पत्रिकाका पर्शुराम काफ्ले सँग थापाले अमेरिकी विद्यार्थीकालमा भएको महेन्द्रसँगको भेट र त्यसपछिका घटना यसरी सम्झिए : सन् १९५९ ताका म अमेरिकाको क्यालिफोर्नियामा विद्यावारिधि गर्दै थिएँ । अप्रिलमा राजा महेन्द्र राजकीय भ्रमणमा अमेरिका जानुभयो । क्यालिफोर्नियामा रहेका नेपालीलाई पनि राजाको स्वागतमा बोलाइयो । हामी गयौँ । त्यतिवेला मेरो हैसियत विद्यार्थी मात्रै थियो । प्रतिस्पर्धाबाट छानिएर म छात्रवृत्तिमा पढ्न गएको थिएँ । मेरा प्रोफेसरले राजासमक्ष भनेछन्, ‘नेपालबाट प्रयोगका रूपमा एकजना विद्यार्थी ल्याएका छौँ । नेपालको शिक्षाको स्तरसँग हामी परिचित थिएनौँ, तर उनी उम्दा विद्यार्थी छन्, अमेरिकीलाई पनि जितेका छ