Thursday, 14 March 2013

खिलराजअघि जो चर्चामा थिए.(नारायणकाजीदेखि दमनसम्म) ......

Susil Koirala

काठमाडौं, चैत्र १ (नेपाल डोर) । नयाँ सरकार गठनका बारेमा एमाओवादीले करिब एक दर्जन नेता तथा स्वतन्त्र पृष्ठभूमिका व्यक्तिलाई प्रस्ताव गर्दै आएको थियो । एमाओवादीले सकेसम्म भट्टराई सरकारकै निरन्तरतामा जोड दिएको थियो  भने त्यसको विकल्पमा उपाध्यक्ष नारायणकाजी श्रेष्लाई अघि सारेको थियो । पार्टी बाहिरको विकल्पमा सत्ता गठबन्धनका विजय गच्छदार र महन्थ ठाकुर पनि एमाओवादीको प्रस्तावमा थिए । उनीहरुमा सहमति  हुन नसकेपछि एमओवादीले डा देवेन्द्र राज पाण्डे र दमननाथ ढुंगानाको पनि चर्चा गरेका थिए । 

Narayan Kaji Shrestha

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइरालालाई सहयोग गर्ने बचन दिए पनि अन्तमा उनलाई नमान्ने निर्णय गरेका थिए । अन्ततः एमाओवादीले औपचारिकरुपमा दलीय वैठकमा प्रस्ताव गरेअनुसार प्रधानन्यायाधीश रेग्मी नै प्रधानमन्त्री बन्न पुगेका छन् । यद्यपि यसको मुख्य प्रस्ताव कसले ग¥यो भन्नेमा दलहरुबीच मतैक्य छैन ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...