Wednesday, 13 March 2013

पछिल्लो जेलजीवनको मेरो रामकहानी

- जयप्रकाश गुप्ता
 कसैलाई जेलमा राख्नुको उद्देश्य नै उसलाई समाजको सम्पर्कबाट टाढा राख्नु हो । तर मेरो जेल जीवन त्यस्तो एकांकी रहेन । प्रायसः हरेक दिन नै औसतमा पचास–साठी जना साथी, शुभचिन्तकहरूसंग निरन्तर भेट भै रह्यो । बिभिन्न पार्टीका नेताहरूसंग पनि भेट भै रह्यो । दिनभरको समय आपसी विचार विमर्श मै वित्ने गरेको छ । सांझ-विहान निरन्तर लेख्ने गरेको छु । राती अवेरसम्म पढने गरेको छु । समग्रमा यो जेल जीवन दुःखद भएपनि मैले यसलाई उपयोगी बनाउने भरसक्य प्रयास गरें ।
 कानूनको राज्य मान्ने एक प्रजातन्त्रवादीको नाताले अदालतको फैसला मान्नु को विकल्प के छ र ? म माओवादी होइन, जस्ले सयौं पटक अदालतको अवज्ञा गरेरपनि  उही अदालतको प्रधान न्यायाधिशको बैठक कोठाको स्थायी आमन्त्रण पाउने सौभाग्य पाएको हुन्छ । हामी जस्ताको प्रजातन्त्र प्रतिको प्रतिवद्धताकै कारणले पटक पटक अदालतले गरेको अन्यायको शिकार हुनु पर्दछ । मैले, मेरो वारेमा अदालतले गरेको फैसलालाई गलत भनेको छु । अदालतले म प्रति पूर्वाग्रह राखेर नै फैसला गरेको हो । दूर्इ जना न्यायाधिशको मनोगत तथा अबैज्ञानिक सम्पति विश्लेषणको आधारमा म दण्डित भएको हुं । मेरो विरुद्धको निर्णय तथ्यमा आधारित छैन । म कुनै भ्रष्टाचार गरेको छैन । मंत्रीको रूपमा मैले गरेको कुनैपनि काम तथा मेरो कुनै पनि निर्णयलाई अख्तियारले तथा अदालतले गलत सावित गरेको छैन । यो आरोप पनि थिएन । रिश्वत लिएको बिषय पनि होईन । अख्तियारले मेरो सम्पूर्ण सम्पतिको मूल्यांकन रु. २ करोड १२ लाखको गर्योप । मैले सबैको प्रमाण दिए । बिशेष अदालतले मलाई सफाइ दियो । सर्वोच्च अदालतले बिशेष अदालतले गरेको सबै मूल्यांकनलाई घटाई दियो । नेपाल सरकारको कृषि मंत्रालयले सप्तरीको मेरो जग्गामा प्रति बिघा ६० मन धान उब्जिन्छ भनेर लेखेरै दियो । अदालतले बिना आधार र तथ्य बेगर १५ मन मात्र उब्जिन्छ भन्यो । मैले मंत्री हुदां सरकारबाट जम्मा ४० लाख रकम पारिश्रमिक आदि वापत पाए“ । अन्य सबैको मुद्दामा अदालतले आयको ७० प्रतिशत  वचत हुन्छ भन्यो । मेरोमा कुनै वचत हुने मानेन । अदालतले भन्यो, मेरो जीवन विलासी छ रे, मेरो वचत हुन सक्दैन । अब मैले के गर्ने । जेल त आउने हो नि । अदालतले गरेको फैसला हेर्नु होस् । अनि समाजको व्यवहार हेर्नु होस् । सबै स्पष्ट हुन्छ । शेरबहादुर देउवा पहिलो पटक प्रम हुंदा दिइएको सांसद सुविधा अन्तर्गत भन्सार छुटमा मैले रु. ६ लाखमा गाडी किनें । त्यो गाडी मैले रु. १५ लाखमा बेचें । गाडी किन्नेले आफ्नो बैंक एकाउण्टको चेकबाटै मेरो खातामा त्यो रकम जमा गरे । त्यो रकम (१५ लाख) मा ३ लाख रकम थपेर मैले अर्कागाडी किनें । तर, अदालतले भन्सार छुटको गाडी बेच्न पाइन्न भन्दै मेरो खातामा जम्मा भएको त्यो १५ लाखलाई पनि अवैध ठहर्यानयो । त्यो सुविधा अन्तर्गत त्यतिबेलाका सांसद, न्यायाधिसहरुले पनि लाखौं मूल्य पर्ने गाडी किनेका छन् । एकाध बाहेक सबैले गाडी भाडामा लगाएका छन् वा बिक्री गरेका छन् । सुविधाको गाडी बेच्न नपाइने कुनै कानून छैन । मेरो मुद्दा उपर गरिएको फैसलामा सुविधा अन्तर्गतको गाडी बेच्न वा भाडामा लगाउंदा आउने रकमलाई अवैध मानिएको छ । मेरो त सार्वजनिक चुनौती छः त्यो के भने, सूर्यनाथ उपाध्यायदेखि झलनाथ खनालसम्मले मलाई लगाएको मापदण्ड अनुसार नै आ-आफ्नो सम्पत्ति बैध सावित गरुन्, अनि म अपराधी मानौंला आफूलाई र म यो खोरबाट निस्केपछि राजनीति नगरौंला ।
............................
 अदालत त मधेस विरोधी नै हो । यसले आजसम्म गरेको फैसला हेरे थाहा हुन्छ । मधेसी मानव अधिकारवादी संजालले अध्ययन गरी प्रकाशित गरेको पुस्तक ‘न्यायको खोजीमा’पढदा सबै स्पष्ट हुन्छ । राष्ट्रिय पोशाकको बिषय, नागरिकताको बिषय, समावेशीकरणको बिषय, उपराष्ट्रपतिको शपथग्रहणको बिषय, मधेसका नगरपालिकाहरूमा स्थानीय भाषालाई मान्यता दिएको बिषय, मधेसको हुलाकी सडकको निर्माणको बिषय-यी र यस्ता बीसौं बिषयहरू छन, जस्मा अदालतले मधेस विरोधी रूप देखाएको छ । म त अदालतले कायम राख्न चाहेको एकात्मवादी राज्यसत्ता ढाल्न चाहेको मानिस मलाई त के छोड्थे र ? म जीवनभर भनि रहन्छु-नेपालको अदालत मधेस विरोधी हो । यसको यस रूपलाई बदल्नु पर्दछ ।
.....................
    म कसै उपर दोषारोपण गर्दिन ।  मसंग कुनै प्रमाण छैन । केहीले यस्तो भएको छ भन्यो । यदि कसैले यसो गरेको हो भने, केही समयपछि त्यस्ता मानिस स्वयं नै यस्को शिकार हुनेछन् । आफै जेलमा परेको थाहा पाउने छन् ।
........................
 सर्वोच्च अदालतले मेरो राजनीतिक जीवनलाई समाप्त गर्न सक्दैन । उसले मानिसलाई अपमानित गरेर तेजोबध गर्न मात्र सक्छ । तर, मेरो आस्थाको राजनीतिक यात्रा र अगामी जीवनलाई अहिलेका कानूनहरूले सीमांकृत गर्न सक्दैन । फेरी यस्ता अव्यवहारिक कानूनहरू सधै रहन्छ भन्ने पनि छैन । केही काल निर्वाचन लड्न नपाइने हो , नलडौला । त्यसैले मैले भनेको हु“ कि, मलाई प्राविधिक रूपले मुद्दा हराई जेल पठाइएको हो । म राज्य र न्यायाधिशको योजनामा परें, तर जनताको विश्वासमा म भ्रष्ट छैन । राजनीतिक पूर्वाग्रहको आधारमा, त्यसबेला संविधान बन्ने भनिएको समयमा मलाई बाहिर राख्न यो मुद्दामा हराईएको हो-यो कुरा पहाड-मधेस सबै तिरका जनताले बुझेका छन् । अब म केही दिन मै रिहा भएपछि सोझै मलाई बुझ्ने, चिन्ने जनताको बीच पुग्छु र फेरि पुरै सक्रियताका साथ राजनीतिमा लाग्छु । एक दुर्इ बर्षको चुनावी यात्रा मात्र राजनीति होइन । मेरो राजनीतिक ध्येय नै संघर्षबाट प्राप्ति हुन्छ, र संघर्ष गर्न यो मुद्दा र कानूनले मलाई रोक्न सक्दैन । संघर्षमा पराजित भए फेरि जेलमै आउंछु । जितेमा .............................
–    जेलमा बसेको एक बर्षभन्दा बढी भयो । मधेसका मुख्य मुख्य नेता तथा कार्यकर्तासंग त म सम्पर्कमा छु । तर गांउघरमा बस्ने जनतासंग सम्पर्कमा रहन सकिन । अब मेरो पहिलो काम नै मधेसका जनताका बीच जानु हो । उहा“को आंखामा चियाएर हेर्छु । राज्यप्रति, मधेसी पार्टीका प्रति संतुष्टी देखेमा सप्तरीमा गई घरखेती गर्छु । असंतुष्टी देखेमा उहा“हरूको आज्ञा अनुसार अगामी लडाईको तयारी गर्छु । जनताले यो आगो हो, यसमा हाम फाल भन्यो भने तत्कालनै हाम फाल्छु । डढेर मर्न पनि तयार छु । तर, आफ्नो आस्था, विचार र राजनीतिक मुद्दा छोड्दिन । 
...............

–    अब मैले गर्ने काम नै हो मलाई विश्वास गर्ने आधार । मैले लिने नीति तथा अपनाउने कार्यक्रमहरू नै विश्वासको आधार हुनसक्छ । यसको लागि मलाई धैर्यका साथ पर्खनु पर्छ । मैले आफुलाई चोखो देखाउनु पर्नेछ । म अरूभन्दा फरक रूपमा अगाडी बढनेछु । म त अब यो बाटोबाट कदापि हिड्दिन । मुद्दाका प्रति समर्पित रहनेछु । मधेसका त्यस्ता नेताहरूलाई जनताले चिनी सकें । जनताको नजर गलत हुनसक्दैन ।   

–    सबै मधेसी दलहरूले एकनाशले सडक, सदन र सरकारलाई संघर्षको थलो भनेको थियो । मधेसी दलहरूले सडकको दबाबलाई, यसको शक्तिलाई बिर्से । सदन र संविधान सभामा प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन् । उनीहरू पूर्ण रूपमा सरकारमा केन्द्रीत हुनपुगें । यही नै रोग हो । अब सरकारको मोर्चाबाट कुनै परिवर्तन गर्न सकिन्न । तसर्थ सडकको सहयोगबाट अगाडी बढने हो । सदनको सिमीत भूमिका हुन सक्छ । यही धारणाका साथ अगाडी बढनु पर्दछ ।  मेरो विचारमा मधेसी मोर्चाका नेताहरूले मधेसका अपेक्षालाई पुरा गर्न सकेनन् । नया“ संविधान निर्माणको सन्दर्भमा मधेशका आधारभूत रुपमा पांचवटा एजेन्डाहरु रहेको थियो । पहिलो, नयां संविधानमा मधेशी पहिचानको मान्यताको विषय थियो । दोस्रो, संघीयता र संघीयतामा मधेशी एउटा स्वायत्त प्रदेशको रुपमा मान्यता पाउनुपर्छ भन्ने विषय थियो । तेस्रो, सर्वाधिक महत्वपूर्ण विषय जनसंख्याको आधारमा प्रतिनिधित्व । चौथो, देशका सबै भाषाभाषीले आफ्नो भाषाको औपचारिक मान्यता, सोही सिलसिलामा मधेशको भाषाहरुको औपचारिक मान्यताको विषय । र, पांचौं महत्वपूर्ण विषयमा राज्यका हरेक निकायहरुलाई समावेशीकरण गर्ने । हामीले मधेशका यही पांचवटा सरोकारहरुलाई आधारभूत बिषय मानेका छौं । यो मुद्दाहरू अहिलेसम्मको छलफलमा कहीं पनि स्थापित भएको छैन । यदि हामीले मोर्चाका नेताहरूले दिनरात  भन्ने गरेको झुठा कुरामा, साना, मसिना र फुटकर कुरामा नजाने हो भने मधेसको अवस्था बडो निराशाजनक छ । मधेशका लगभग सबै सवालहरुलाई तिरस्कार गरिएको अवस्था छ ।

(पूर्वमन्त्री गुप्ता चैतको पहिलो साता जेलमुक्त हुँदैछन् । उनको समग्र जेलजीवन र राजनीतिक मान्यता तथा योजनाका बारेमा अनन्त अनुरागले गरेको कुराकानीको सम्पादित अंश )

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...