यसरी मौलाउँदै छ सुन तस्करी
काठमाडौं । नेपाली बजारमा सुन तस्करी मौलाउन थालेको छ । खुला बजारमा दैनिक ३० किलो सुनको माग रहे पनि नेपाल राष्ट्र बंैकले १५ किलोमात्र उपलब्ध गराउँदै आएका कारण सुन तस्करी मौलाइरहेको व्यवसायीहरू बताउँछन् । आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले सरकारले सुनचाँदीको कारोवार व्यवस्थित गर्न नसक्दा तस्करीमौलाएको र व्यवसायी, उपभोक्ता तथा सरकार नै समस्यामा परेको बताए ।
सुनचाँदी व्यवसायीले आफ्नो व्यवसाय नगरपालिका, गाविस र घरेलु उद्योग कार्यालयमा दर्ता गर्ने गरेका छन् । यी मध्ये कुनै एकस्थानमा दर्ता गर्दा पुग्ने सरकारी नियम छ । ठूला व्यवसायीले सरकारलाई कर तिर्दै आएका छन् भने सानाले गाविस र नगरपालिकामा केही कर बुझाउने गरेका छन् । सरकारले यसलाई एकरूपता दिन नसक्नु पनि समस्या भएको सुनचाँदी व्यवसायीहरूको ठहर छ ।
व्यवसायीहरूका अनुसार ‘प्रशोधन’ गरिएको सुनमा अर्काे समस्या छ । उपभोक्ताले व्यापारीलाई सुन बिक्री गर्न सक्दैनन् । उपभोक्ताले ल्याएको सुन चोरिएको भए कारबाहीको भागिदार बन्नुपर्ने कानुनी व्यवस्थाका कारण यसमा समस्या छ । उपभोक्ताले व्यापारीलाई सोझै सुन बिक्री गर्न पाएमा दैनिक रूपमा ५ किलोसम्म सुनको माग पूरा व्यवसायीहरू बताउँछन् ।
व्यवसायीले सुनमा लिने मुनाफाको पनि कुनै हद तोकिएको छैन । लागतको दशमलव ५ प्रतिशत लिने भन्ने सामान्य चलनअनुसार नै सुन किनबेच भइरहेको छ । यसलाई पनि पारदर्शी बनाउन व्यवसायीहरूले माग गर्दै आएका छन् । अर्थ मन्त्रालयदेखि राष्ट्र बैंकसम्मलाई समस्या जानकारी गराए पनि समाधान नभएको अध्यक्ष महर्जनको गुनासो छ । सुनबाट गहना बनाउँदा जर्तीको खण्ड पनि आफूखुसी निर्धारण हुन्छ । गहनामा सुन र जर्तीको मात्रा प्रस्ट उल्लेख गरेर सुनको र जर्तीको मूल्य लिएमा उपभोक्ता ठगिनबाट बच्न सक्ने जानकारहरू बताउँछन् ।
उपभोक्ताको हितका लागि काठमाडौं प्रहरी परिसरले प्रशासनसँग सहकार्य गर्दै सुनचाँदीमा हुने आपराधिक गतिविधि र उपभोक्ता ठगिनबाट रोक्न इकाइ नै गठन गरेको छ । प्रशासन, सुनचाँदी व्यवसायी, नापतौल विभाग, महानगरपालिका र उपभोक्ता मञ्च सदस्य राखेर बनेको इकाइले काम सुरु गरेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्दको भनाइ छ ।
जानकारहरूका अनुसार सरकारले दिने सुनको वितरण पारदर्शी छैन । ‘सुनचाँदी बजार १५–२० जनाको पकडमा रहेको छ । उनीहरूले नीतिअभावकै कारण मनखुसी सुनचाँदी व्यवसायीलाई वितरण गर्दै आएका छन्,’ एक व्यवसायीले दुखेसो पोखे, ‘यही कारण साना व्यवसायीले सुनचाँदी खरिद गर्न समस्या भोगिरहेका छन् ।’ वितरण, आबद्धता, अनुगमन, मुनाफाजस्ता कुरा पारदर्शी बनाउन नीति आवश्यक रहेको भन्दै महासंघले सरोकारवाला निकायको ध्यान केन्द्रित गर्दै आएको छ । सरकारले दिगो र विश्वासिलो नीति बनाउन नसक्दा राजस्व संकलनमा कमी आएको छ भने तस्करी मौलाइरहेको व्यवसायीहरू बताउँछन् ।
नेपाली बजारबाट प्रतिदिन १० केजीका दरले भारतीय बजारमा सुन चोरी निकासी भइरहेको स्रोतहरूको दाबी छ । कालोबजारीबाट भारतमा सुन पु¥याउँदा प्रतिकेजी एक लाख ६० हजार रुपैयाँसम्म फाइदा हुन्छ । जसकै कारण चीनको खासा हुँदै नेपालमा सुन तस्करी भइरहेको छ । प्रहरीसँग सेटिङ मिलाएर व्यापारीले नै चीनबाट सुन ल्याउने गरिरहेको यसअघि पनि खुलिसकेको छ ।
स्रोतका अनुसार तस्करहरूले भारतीय बजारमा सुन प्रतिकेजी करिब ३० लाख भारतीय रूपैयाँमा बेच्छन् । उक्त रकम उनीहरूले भारतमै रहेका नेपाली व्यापारीलाई भारु १ रुपैयाँको नेपाली रुपैयाँ १ रुपैयाँ ६७ पैसाको दरले बेच्छन् । यसो गर्दा ३० लाख भारुको नेपाली ५० लाख दशहजार रुपैयाँ हुन आउँछ । यद्यपि नेपाली बजारमा त्यति नै परिमाणको सुन बिक्री हुँदा ४८ लाख ५० हजार रुपैयाँमात्र प्राप्त हुन्छ । यसरी प्रतिकिलोमा फरक हुने रकम करिब १ लाख ६० हजार तस्करले कमाउँछन् । सोही कारण भारततर्फ सुन तस्करी भइरहेको छ ।

Comments
Post a Comment