Wednesday, 6 March 2013

प्रधानन्यायाधीश आएका दिनदेखि तानाशाही शासन

नेपाल डोर
काठमाडौं, फागुन २३ ।
नेपाली काग्रेसका नेता डा शेखर कोइरालाले  प्रधानन्यायधिस खिलराज रेग्मी प्रधानमन्त्री बनेको दिनदेखि मुलुकमा तानाशाही शासन सुरु हुने दावी गरेका छन् । प्रधानन्यायधिस प्रधानमन्त्री बने कार्यपालिका, न्यायपालिका र ब्यवस्थापकीय अधिकार एउटै ब्यक्तिमा नीहित हुने भएकोले निरकुंशता असम्भावी हुने उनले ठोकुवा गरे ।
रिपोर्टर्स क्लबमा आज कोइरालाले भने– बाबुराम भट्टराई नामको तानाशाह हटाउने नाममा अर्को तानाशाह नजन्माऔ । ’ बाबुराम भट्टराईलाई हटाउने र निर्वाचन गराउने नाममा मुलुकमा लोकतान्त्रिक मुल्य मान्यतालाई बलि नचढाउन आग्रह गर्दै कोइरालाले बहालबाला प्रधानन्यायधिसबाहेकको जुन सुकै विकल्प स्विकार्न समेत आफू तयार रहेको बताए । उनले आग्रह गर्दै भने–चुनाव र बाबुराम हटाउने नाममा लोकतन्त्र र स्वतन्त्र न्यायपालिकालाई ध्वस्त नपारौ । बहालबाला प्रधानन्यायधिस बाहेक जो भए पनि म फुलमाला लिएर स्वागत गर्न जान्छु ।
एमाओवादीकै आग्रहमा पार्टी सभापति सुशिल कोइरालाको नाम घोषणा गरेकोले पहिला किन उहाँ हुन नसक्ने भनी जवाफ आउनु पर्ने माग गर्दै प्रधानन्यायधिस बाहेक साना दल, पूर्व सभामुख उपयूक्त विकल्प हुन सक्ने प्रस्ताव कोइरालाले गरे ।
कोइरालाले सर्वोच्च अदालतमा विचाराधिन रहेको विषयलाई फैसला आउनु भन्दा अघि नै अर्थात फागुण २४ गते अघि नै सरकार बनाउने तयारीले शिर्ष नेताहरुले लोकतन्त्र नै नबुझेको स्पष्ट भएको भन्दै विचारधिन मुद्दा हुँदा हुँदै प्रधानमन्त्री स्विकार्ने र अदालतबाटै विज्ञप्ति निकाल्ने प्रधानन्यायधिसलाई अदालतको अवहेलना सम्बन्धी मुद्दा लाग्ने बताए । उनले भने–माओवादी जे भन्दै छ प्रधानन्यायधिस त्यही बोल्दैन । माओवादीले संविधानसभामै न्यायपालिकालाई संसद मातहत राख्नु पर्छ भनेको थियो । अहिले पनि त्यही षडयन्त्रमा अघि बढिरहेको छ ।
शिर्ष नेताहरुले आफूहरुले धेरै विकल्प दिदा दिदै पनि दलहरुको बाट विकल्प नखोजी च्याप्टर क्लोज भनेको गुनासो गर्दै कुन ताकतले गर्दा प्रधानन्यायधिस हुदैन भन्न नसकेको भनि प्रश्न उनले गरे।
उनले प्रधानन्यायधिसको नेतृत्वको विषयमा देशै विभाजित भएको अवस्थामा फेरी पनि प्रधानमन्त्री बनाई आफूले सधै विरोध गर्ने स्पष्ट पार्दै प्रधानन्यायधिस नेतृत्वको चुनावी सरकारले जेठमा त के मंसिरमा समेत निर्वाचन गर्न नसक्ने ठोकुवा गरे ।

No comments:

Post a Comment

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...