यो हो गठबन्धन सरकारको नीति तथा कार्यक्रम
सरकारको नीति तथा कार्यक्रम ऐतिहासिक संविधानसभाबाट जारी भएको नयां संविधान अधिकतम सहमतिमा निर्माण भएको छ भने विश्वका विभिन्न देश र संयुक्त राष्ट्र संघले पनि यसलाई स्वागत गरेका छन् । अग्रगामी रुपान्तरणतर्फ अगाडि बढिरहेको बेला देशले विनाशकारी भूकम्प तथा छिमेकी भारत सरकारको अघोषित नाकाबन्दीको पनि सामना गर्नुपरेकोे छ । एकातर्फ संविधानको कार्यान्वयनका साथै भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनःनिर्माण गर्नुपर्ने र अर्कोतर्फ नाकाबन्दीबाट राष्ट्रिय अर्थतन्त्र र समाजमा भएको क्षति परिपूर्ति गर्दै जनजीवनलाई सामान्य तुल्याउनुपर्ने गहन दायित्व छ । देश र जनता अत्यन्त कठीन परिस्थितिमा रहेको बेला देशको तराई–मधेशका सीमा भन्सारमा अवरोध गर्ने लगायतका आन्दोलनका गतिविधिले स्थितिलाई झन गम्भीर र जटिल बनाएको छ । यो तात्कालीक राष्ट्रिय आवश्यकतालाई आत्मसात गरी नेकपा एमाले, एनेकपा माओवादी, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लगायतका दलहरु सम्मिलित संयुक्त सरकार गठन भएको हो । स्मरणीय छ, २०४६ सालको परिवर्तनले आर्थिक सुधारको मार्गलाई प्रसस्त गरेको थियो भने २०६३ सालको परिवर्तन राजनीतिक सुध