Posts

Showing posts from June, 2017

PROFILE OF NEPAL'S UPCOMING PRIME MINISTER DEUBA

Image
Curriculum Vitae PERSONAL INFORMATION Name                                                                     : SherBahadurDeuba Date of Birth                                                       : 13 th June 1946 Sex                                                                          : Male Social Status                                                        : Married, one son Place of Birth                                                      : Ruwakhola, Asigram 5, Dadeldhura, Mahakali Zone, Nepal. Contact Address                                                : Chappali, BhadrakaliVDC, Budhanilakantha, Kathmandu, Nepal. Phone (Resident)             : (977-1) 4375376/4374237, Fax: (977-1) 4377307                 Email                      : piyushrl26@gmail.com              (Office)                    : (977-1) 5183363/5183264/5183265   Fax: (977-1) 5183266 Education ·          Research Fellow in Political Science at the London School of

यस्तो रह्यो मेरो कार्यकाल

Image
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत            photo-ekantipur.com जेठ १९ गते शुक्रवार परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले आफ्नो कार्यकालमा नेपालको छिमेकी एवम् अन्य देशहरुसँगको सम्बन्ध सन्तुलित र सुदृढ रहेको जिकिर गरे । परराष्ट्रमन्त्री नियुक्त हुदा नेपालको परराष्ट्र सम्बन्ध जटिल मोडमा रहेको र नेपालको हित र आवश्यकतालाई केन्द्रबिन्दुमा राख्दै सौहार्दता र विश्वासको आधारमा भारत र चीनसँगको सम्बन्धलाई मजबुद गर्ने काम भएको भन्न छुटाएनन् ।  उनको विश्लेषणमा चिनियाँ बृहत आयोजना ओबिओआरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर, भारतसँग नेपालले गरेका सन्धी सम्झौताबमोजिम नेपालले पाउनुपर्ने सुविधाका बारेमा आपसी बैठकहरुमा कडाईका साथ कुरा उठाएको र कतिपय विषयमा प्रक्रिया पनि अघि बढेको, श्रम गन्तव्य मुलुकमा नेपाली श्रमिकको सुविधा र अधिकारका साथै राहदानी र कन्सुलर सेवामा गरिएका सुधार नेपालका लागि महत्वपूर्ण कार्य हो । मूख्य कार्यहरु महतकै शब्दमा   : नेपालको राष्ट्रिय स्वार्थ र विशिष्ट आवश्यकतालाई ध्यानमा राख्दै सक्रिय कूटनीति मार्फत नेपालको स्वार्थको परिपूरण गर्ने नीति यो सरकारले लिएको छ । नेपालको सडकमा

राष्ट्रपतिको भारत भ्रमण :तीर्थयात्राको राजनीतिक सन्देश

Image
-पर्शुराम काफ्ले- रा जकीय भ्रमणको दुई दिन (४ र ५ वैशाख)पछि राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भारत बसाईको औचित्य र उद्देश्य सम्पन्न भयो । आएको दिन औपचारिकता निभाएर भोलिपल्ट उनको सबै उच्चस्तरीय भेटवार्ता सम्पन्न भयो । उनले भारतलाई दिनुपर्ने सन्देश र भारतले दिनुपर्ने सन्देशको आदनप्रदान ५ वैशाखमै सम्पन्न भयो । भातले उनलाई कति बुझ्यो, राष्ट्रपतिले भारत कति बुझिन्, भविश्यमा कुनै न कुनै हिसाबले परावर्तित होला नै । थप दुईदिन राजकीय भ्रमणलाई तीर्थयात्रामा बदलेर राष्ट्रपति गुजरात र उडिसा गइन् । भारतले विशेष विमान र हेलिकोप्टरसहित आतिथ्य प्रदान ग¥यो । गुजरातमा भाजपा नेता एवं मुख्यमन्त्रीले स्वागत गरे, उडिसामा गभर्नर (जो राष्ट्रपतिका प्रतिनिधि मानिन्छन्)ले स्वागत सत्कार गरे । दुईदिनको यात्रा फगत घुमघाम थियो जसको राजकीय औपचारिकता केबल मेजमानी मात्र थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको  राजनीतिक पृष्ठभूमि देवीदेउता मान्ने खालको होइन तर पारिवारिक पृष्ठभूमि चाहिँ हो । उनले राष्ट्रपति भएपछि स्वभाविकरुपमा पार्टी त्यागसँगै धार्मिक पूजाअर्चनामा सहभागीता जनाएकी छिन् । नेपालको राष्ट्रप्रमुखले न