Monday, 29 April 2013

जुनियरलाई बढुवा गर्ने उपाय खोज्दै आईजीपी राना

काठमाडौं (नेपालडोर) । नेपाल प्रहरीमा रिक्त ६ र नयाँ दरबन्दी सिर्जना गरिएका ३ समेत ९ वटा प्रहरी वरिष्ठ उपरीक्षकको पद रिक्त छ । रिक्त दरबन्दीमा पदपूर्तिका लागि प्रधान कार्यालयमा ठूलो चलखेल सुरु भएको छ । र चलखेलमा मुख्य गरी प्रहरी महानिरीक्षक कुवेरसिंह राना नै लागेको श्रोतको दावी छ ।
    एसएसपीबाट डिआईजीमा ५ जनाको बढुवा, रविराज श्रेष्ठ बर्खास्त र कास्की, मोरङ तथा पर्षा जिल्लामा एसएसपी दरबन्दी राख्ने निर्णयसँगै ९ वटा एसएसपी पद रिक्त भएको हो । रिक्त पदमा वरियताका आधारमा १३ जना प्रतिस्पर्धी छन् ।  २०६४ साउन १ मा एसपी (प्रहरी उपरीक्षक) बढुवा भएका बलराम शर्मा, पुष्पचन्द्र रञ्जित, धिरु बस्नेत, ज्ञानविक्रम शाह, श्याम खड्का, कृष्णप्रसाद गौतम, शरद चन्द, पवनप्रसाद खरेल, प्रेम चन्द, श्यामबहादुर खत्री, मनोज न्यौपाने र दिपककुमार थापा वरियतामा छन् । यसअघिका ठाकुरराम बर्ताैला एसएसपीको बढुवामा छुटाएका कारण उनी पहिलो नम्बरमा छन् । यसै वर्ष सेवाअवधिका कारण अवकास पाउने बर्ताैलालाई सहानुभूति राखेर बढुवा गर्न उच्च प्रहरी अधिकारीले सुझाव दिन थालेका छन् ।
    प्रहरी भित्र सोझा र इमान्दार भनेर चिनिने बर्ताैलालाई बढुवा नगर्ने सम्भावना पनि उत्तिकै रहेको श्रोतको भनाइ छ । बलराम शर्मा भरतपुर तालिम केन्द्रमा रहँदा करोडौं कमाउने अधिकृत हुन् । धिरु बस्नेतलाई दरबारीया भनेर आरोप लाग्ने गरेको छ । श्याम खड्का हेटौडामा कैदी भगाउने अधिकृत हुन् । कृष्ण गौतम नवलपरासीमा रहँदा कारवाही भोगिसकेका, शरद चन्द कपिलबस्तुमा कैदी नै भगाउने अधिकृतका रुपमा चिनिन्छन् ।
    ०६४ पुस ३० मा बढुवा भएका र आईजीपी रानाका अति प्रिय पुस्कर कार्की र विक्रमसिंह थापा अग्रजलाई पाखा पार्ने लक्ष्यमा छन् । आईजी रानाका प्रिय भएकै कारण कार्य क्षमता भएका सिनियर एसपीलाई पाखा पार्ने उनीहरु बढुवा हुने सम्भावना अधिक रहेको श्रोतको भनाइ छ । कार्की व्याचकै शुशिलकुमार भण्डारी, भूपालकुमार भण्डारी, गुप्तबहादुर श्रेष्ठ पनि बढुवाको लबिङमा लागिसकेका छन् ।
    वरियतामा अगाडि भए पनि पवन खरेल सवारी शाखामा रहँदा कारवाहीमा परेका, मनोज न्यौपाने डाफर काण्डमा मुसिएका, दिपक थापा वटु काण्डमा परिसकेका अधिकृत हुन् । विक्रम थापालाई मस्तीराम अधिकृत भनिन्छ । हालका आईजी रानालाई मध्यपानदेखि चामल, आलुसमेतको जोहो गरिदिने उनी जसरी पनि एसएसपी बन्ने ध्याउन्नमा छन् ।
    प्रहरी भित्र आईजी रानाको छवी पछिल्लो समय खस्कँदो छ । एसएसपी बढुवामा उनले पारदर्शी बनाउन नसकेमा थप आलोचित बन्ने श्रोतहरु बताउँछन् । श्रोत भन्छ, ‘आईजीले क्षमता नभएर पनि आफू निकट कार्की र थापालाई जसरी पनि एसएसपी बनाउँछन् ।’ 

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...