Wednesday 3 April 2013

काठमाडौंमा मैले के के गरें ?

एसएसपी रणबहादुर चन्द
प्रमुख, काठमाडौं प्रहरी परिसर
    प्रहरी सेवामा २०४४ चैत २९ गते प्रहरी निरीक्षक पदबाट प्रवेश गरेका रणबहादुर चन्द हाल प्रहरी वरिष्ठ उपरीक्षक भएर काठमाडौं प्रहरी परिसर प्रमुख हुनुहुन्छ । सिराहाको लाहान, एक नम्बर गुल्म दिपायल, काभ्रे र सिन्धुपाल्चोक प्रहरी प्रमुख, प्रहरी विशेष कार्यदल महोत्तरी र अपराध महाशाखा प्रमुख भएर काम गरिसकेका एसएसपी चन्दलाई प्रहरी भित्र सुरक्षा योजना निर्माण र प्रविधि विकासका लागि दक्ष अधिकृतको रुपमा लिने गरिन्छ । नेपालडोर डट कमका लागि सुरेन्द्र भारद्वाजले राजधानीको सुरक्षा व्यवस्थामा केन्द्रीत रहेर एसएसपी चन्दसँग गरेको कुराकानीको संपादित अंश ।

काठमाडौको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
काठमाडौको शान्ति सुरक्षाको अवस्था हाल राम्रो छ । नेपाल प्रहरी सर्वंसाधारण जनताको जिउधनको सुरक्षार्थ सदैव सेवाभावले समर्पित एंव सक्रि रही शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न तत्पर छ । काठमाडौंबासीबाट सुरक्षा कायम राख्न राम्रो सहयोग प्राप्त भइरहेको छ ।

प्रहरी प्रमुख भएर आएपछि के–के  काम गर्नु भयो ?
काठमाडौ परिसर प्रमुखका रुपमा मैले केही काम गरेको छु । जस्तो काठमाडौंमा कुनै पनि अपराधिक घटना घटेमा अपराधिलाई भाग्न उम्कन नदिनका लागि आकस्मिक सुरक्षा योजना बनाएर त्यसअनुरुप स्वतः स्र्फुत ढंगले प्रहरी परिचालन गर्ने गराउने गरेको छु । अपराधिक घटनालाई निरुत्साहित तुल्याउन विगतमा अपराधिक घटनामा संलग्न रहेका व्यक्तिहरुको अभिलेख राखेर उनहरुप्रति निग्रानी राख्न थालिएको छ । रातको समयमा शंकास्पद रुपमा हिडडुल गर्ने तथा अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने गरिएको छ । क्यासिनोमाथि प्रहरी निगरानी बर्ढा नेपालीहरुको प्रवेशमा नियन्त्रण गराएको छु । लागुऔषध तथा चरेश कारोवारीहरुलाई पक्राउ गरी कारवाही गर्दै आएको छु । रात्रिकालीन मानोरञ्जन केन्द्र जस्तै डान्स रेष्टुरेन्ट, बार र नाइट क्लबलाई तोकिएको समय सीमामा मात्रै आफ्नो  व्यवसाय संचालन गर्न दिएको तर अटेर गर्नेलाई कानुनबमोजिम कारवाही गर्ने काम भइरहेको छ । महानगरीय प्रहरी परिसरको काम कारवाहीलाई जनहितमा समय सापेक्ष प्रभावकारी तुल्याउन प्रत्येक शाखामा कम्प्युटर र इन्छरनेट सेवा जडान गर्नुका साथै नागरिक सहयता कक्षको कार्यलाई चुस्तदुरुस्त बनाएको छु । जनतासँगको प्रहरी सहकार्यलाई प्रभावकारी बनाउन बस्ती भेटघाट कार्यक्रमलाई विशेष प्रथामिकता दिइएको छ ।
अबका योजना के छन् ? 
सुनचाँदी तथा गरगहना व्यवसायीहरुलाई लक्षित गरी प्रहरी परिचालन गरिएको  तथा उपभोक्तालाई समेत सुनचाँदी तथा गरगहनामा हुने  मिसावट एवं ठगीबाट बच्न बचाउन सुनचाँदी तथा गरगहना अनुसन्धान शाखा स्थापना गर्नुका साथै जनचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना छ । जघन्य अपराधिक घटनाहरु तथा लागुऔषधको कुलतमा लागेका भविष्यका कर्णधार युवापुस्ताको बढ्दो सक्रियतालाई निरुत्साहित तुल्याई निजहरुलाई आफ्नो काम कर्तव्यबारे सजग बनाउन र शैक्षिक परामर्शका नाममा हुने ठगी एवं संगठित अपराध बारे जानकारी गराउने उद्देश्यले १०+२ का विद्यार्थीलाई विद्यालय शिक्षा कार्यक्रम संचालन गर्ने योजना रहेको छ । सांस्कृति धरोहरका रुपमा रहेको पुरातात्विक सम्पदा हुनुमानढोकाको संरक्षण र सम्बद्र्धनका लागि महानगरीय प्रहरी परिसर काठमाडौंलाई अन्यत्र स्थानान्तरण गर्ने योजना छ । 
जुल्फे मुन्द्रे प्रकरण के हो ?
    प्रहरी अनुसन्धानको सिलसिलामा अपराधिक गतिविधिमा संलग्न, शंकास्पद एवं फरार व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा अधिकांश व्यक्तिले लामो कपाल पाल्ने र कानमा मुन्द्रा लगाउने गरेको पाइएकोले सोही कुरालाई मिडियामार्फत भ्रमात्मक रुपमा प्रचारप्रसार गरी अतिश्योक्ति गरेको मात्रै हो । प्रहरीले कुनै पनि लामो कपाल पाल्ने र कानमा मुन्द्रा लगाएकै भरमा कुनै अनावश्यक हैरानी र दुःख दिएको छैन ।
४० लाख भन्दा बढीलाई सुरक्षा दिनुपर्ने काठमाडौं प्रहरीले अपराधिक गतिविधि रोक्न के गर्दैछ ?
    
 काठमाडौं एउटै महानगरीय सहर हो र यसको सुरक्षा व्यवस्था देशको प्रतिष्ठासँग जोडिएको छ । यहाँ हुने एउटा सानो अपराधिक घटनाले पनि ठूलो र विश्वव्यापी रुप लिन सक्ने हुनाले काठमाडौंको सुरक्षा व्यवस्था प्रति हामी पूर्ण रुपमा सजग र सर्तक छौ । काठमाडौंमा कुनै पनि  अपराधिक घटना  हुन नदिन हामीले प्रोएक्टिभ पोलिसिङ गरी रहेका छौ । जसअन्तर्गत सामुदायिक प्रहरी एवं प्रहरी वृत्त, प्रभागमार्फत जनतासँग सहकार्य गरी घरदैलो एवं बस्ती सुरक्षा समूह गठन गरी जनचेतना मूलक कार्यक्रम गर्ने, सादा पोशाकमा प्रहरी परिचालन गरी अपराधिक सूचना  सकलनमा जोड दिने र कुनै पनि अपराधिक घटना घटेको अवस्थामा तर्जुमा गरिएको आकस्मिक सुरक्षा योजना मुताविक परिसर एवं प्रत्येक वृत्त, प्रभाग र क्यूआरटी स्वत स्र्फुत रुपमा परिचालन हुने व्यवस्था गरिएको छ ।
क्यासिनोमा नेपाली प्रवेश डिस्कोमा विद्यार्थीदेखि होस्टेलमा लागुऔषध कारोवार कसरी रोक्ने ?     
क्यासिनोमा नेपालीको प्रवेशलाई नियन्त्रण गर्न क्यासिनोमाथि प्रहरी निगरानी बढाउनुका साथै बेला बेलामा क्यासिनोमा प्रहरीले चेकजाँच गर्ने गरेको छ । चेकजाँचको क्रममा नेपाली फेला परेमा कानुन बमोजिम कारवाही गर्ने गरिएको छ । त्यसरी नै डिस्को र होस्टेलमा पनि प्रहरी निगरानी बढाइ गैरकानुनी काम कारवाहीमा संलग्नलाई कानुन बमोजिम कारवाही गर्ने गरिएको छ ।
प्रहरीमा संचार सेट छैन, टाइपराइटरको प्रयोग गरिदैछ, प्रविधिले सम्पन्न कसरी पार्ने ?
महानगरीय प्रहरीलाई समयानुकूल साधन सम्पन्न र दक्ष बनाउनु पर्ने कुरामा हामी पूर्णरुपमा प्रयासरत छौ । यसको लागि चाहिने आवश्यक साधन श्रोतका लागि सम्बन्धित निकायमार्फत आवश्यक पहल एवं लेखा पढी भइरहेको छ । स्थानीय स्तरमा समेत हामीले विभिन्न निकायसँग समन्वय गरी हालसालै अपुग थप इन्टरनेट जडान भएका कम्प्युटर प्रत्येक शाखामा पुग्ने गरी जाडन गरेका छौ । आगामी दिनमा पनि प्रविधि युक्त ढंगले कार्य सम्पादन गर्ने भन्ने कुरामा म प्रयासरत छु ।
हनुमानढोकाबाट प्रहरी कहिले सर्छ ?
    यसमा हामी क्रियाशील छौ र सम्बन्धित निकायमार्फत आवश्यक समन्वय र सम्पर्क हुने कार्य भइरहेको छ । चाबहेलमा १८ रोपनी जग्गा फेला परेको छ । त्यो जग्गामा परिसरलाई राख्ने प्रयास थालेको छु । अहिले नै टुंगो भने लागिसकेको छैन ।

 भवन सार्न खोजेको होकि कुरा मात्रै ?

भवन सार्ने कुरालाई मैले पहिलो प्राथमिकतामा राखेको छु । यसका लागि सम्बन्धित निकायमार्फत आवश्यक सहकार्य भइरहेको छ । म मेरो कार्यकालमै भवन सार्न भनेर खटिरहेको पक्का हो ।
४० लाख जनताको सुरक्षा गर्ने प्रहरीलाई दरवन्दी अभाव छ ? थप गर्ने किन नसकिएको ?    
महानगरीय प्रहरीलार्ई अधिकार एवं प्रविधि सम्पन्न बनाउन नेपाल प्रहरी कटिबद्ध छ । दरवन्दी थपको लागि प्रहरी प्रधान कार्यालयमार्फत नेपाल सरकार समक्ष आवश्यक लेखापढी भइरहेको छ । आगामी संविधानसभा निर्वाचनअघि नै थप दरबन्दी आउने मेरो विश्वास छ ।
प्रहरी सुरक्षा योजना बनाउन र सूचना प्रविधिमा तपाई दक्ष मानिनुहुन्छ तर अपरेशनमा कमजोर भन्छन् नि हो ?   
प्रत्येकको देख्ने आ–आफ्नो दृष्टिकोण हुन्छ तर म प्रहरीले गर्नु पर्ने सबै काममा सक्षम छु । र त मलाई महत्वपूर्ण जिम्मेवारी दिने गरिएको मेरो बुझाइ हो ।

प्रहरी भित्र राजनीति अन्त्य गर्न के गर्नु पर्छ ?
नेपाल प्रहरीले कार्य सम्पादन मूल्याङ्कनका आधारमा सरुवा, बढुवा र नियुक्तिलाई निष्पक्ष एवं पारदर्शी बनाई कार्यदक्षताका आधारमा समानुपातिक ढंगले तालिम तथा विदेश सेवा (यूएनं) सेवा लगायतका विभिन्न अवसर प्रदान गर्नुपर्दछ ।

प्रहरीहरु नेताको गुलामीमै व्यस्त हुन्छन् भनिन्छ के हो ?
कर्तब्यनिष्ठ, ईमान्दार एवं दक्ष व्यक्तिले कसैको पछि लागिरहनु पर्दैन ।

तपाई काठमाडौंको प्रमुख भएर आएपछि भन्न लायक काम के गर्नुभयो ?
छिटपुट बाहेक प्रत्येक जघन्य अपराधिक घटनाको सफलतम अनुसन्धान गरी अपराधीलाई पक्राउ गर्न सफल भएको छु । जघन्य अपराधिक घटना न्यूनिकरण भएका छन् । चोरी डकैती एवं लुटपाटका घटनामा कमी आएको छ । प्रहरी काम कारवाहीलाई प्रविधि सापेक्ष चुस्त दुरुस्त बनाउन पेपरलेस प्रयोगमा जोडका लागि प्रत्येका शाखामा इन्टरनेट जडान गरिएको छ ।

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive