Wednesday, 3 April 2013

रेग्मीलाई युरोपेली राजदूतले के के भने ?

काठमाडौं (नेपाल डोर) । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बढी भन्दा बढी मतदाता सहभागिता हुने गरि आगामी संविधानसभाको चुनाव सम्पन्न गराइने बताउनु भएको छ । युरोपियन युनियनका विभिन्न देशका राजदुत एवं प्रतिनिधिहरुसंग बुधवार (चैत २१ गते) सिंहदरवारमा भएको भेटमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले सुरक्षा स्थिती मजबुत बनाइ चुनावी वातावरण निर्माण गरिने बताउनुभयो ।
मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग डेलिगेशन अफ द युरोपियन युनियन टु नेपालका हेड अफ डेलिगेशन डा.अलेक्जेण्डर स्पाचिज, नेपालका लागि फ्रान्सका राजदूत जिन चाल्र्स डिमार्किस, नेपालका लागि फिनल्याण्डका राजदूत आस्को लुकायनन्, नेपालका लागि वेलायती राजदूतावासका मिसन उप–प्रमुख गाय ह्यारिसनले भेटेका थिए।
अध्यक्ष रेग्मीले चुनावका लागि रचनात्मक सहयोग गर्न राजदुतहरुलाइ आग्रह गर्नुभयो ।  उक्त भेटमा राजदुतहरुले रेग्मीको नेतृत्वमा सरकार गठन हुनु सहि कदम भएको बताउनुभयो । उहाँहरुले  चुनावका लागि प्राबिधिक, कानुनी र व्यवहारिक चुनौतीलाइ उचित ढंगले सम्बोधन गर्दै अघि बढ्न सरकारलाइ आग्रह गनुृभयो ।  आर्थिक तथा प्राबिधिक सहयोग दिएर वा पर्यवेक्षकहरु पठाएर चुनावमा सघाउने वाचा राजदुतहरुले गर्नुभयो ।

हेड अफ डेलिगेशन डा.अलेक्जेण्डर स्पाचिजले नेपालसँग युरोपियन युनियनको लामो सम्बन्ध रहेको भन्दै नेपालको सामाजिक, आर्थिक तथा साँस्कृतिक विषयहरूमा युरोपियन युनियनले व्यावहारिक रुपमा नै सहयोग र्दै आइरहेको बताउनुभो ।  उहाँले नेपालमा हुन लागिरहेको संविधानसभाको निर्वाचनमा पनि आपूmहरू आवश्यक सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । साथै निर्वाचन गराउने प्रयोजनार्थ मतदाता नामावली सङ्कलन लगायतका कार्यहरू प्रति उत्साहित हुँदै नेपाल सरकारले निर्वाचन सम्पन्न गराउने सिलसिलामा गरेका प्रयासको उहाँले प्रशंसा गर्नुभयो । 
भेटकै क्रममा नेपालका लागि डेनमार्कका राजदूत मोर्टन जेस्पसेनले निर्वाचन प्रक्रियाप्रति फरक धारणा राख्ने राजनीतिक दलहरूलाई निर्वाचनमा सहभागी गराउन सरकारले गरेका प्रयत्नहरूप्रति जिज्ञासा राख्नु भएको थियो ।   फ्रान्सका राजदूत डिमार्किसले  सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विषयमा थप जिज्ञासा राख्नु भएको थियो ।
सोही भेटमा नेपालका लागि जर्मनीका राजदूत फ्र्याङ्क मेकेले स्थानीय निर्वाचनका बारेमा जिज्ञासा राख्नुभएको थियो भने फिनल्याण्डका राजदूत आस्को लुकायनन्ले र बेलायती दूतावासका मिसन उप–प्रमुख गाय ह्यारिसनले प्राविधिक, कानूनी र व्यवहारिक पक्षहरूका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
मन्त्रिपरिषद्कका अध्यक्ष खिलराज रेग्मीले युरोपियन युनियनले  नेपालका विभिन्न क्षेत्रमा गरेका सहयोगहरूको सह«ाना गर्नुभएको थियो । नेपालको शान्ति प्रक्रिया र संविधानसभाको विगतका निर्वाचनमा युरोपियन युनियनले गरेको सहयोगका स्मरण गर्दै आगामी संविधानसभाको निर्वाचनमा आवश्यक सहयोगका लागि निर्वाचन आयोयसँग परामर्श गरेर गर्ने अध्यक्ष रेग्मीले बताउनु भयो ।
अध्यक्ष रेग्मीले निर्वाचन प्रक्रियामा फरक धारणा राख्ने दलहरूसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरिसकेको र सोका लागि सरकार सकारात्मक ढङ्गबाट अघि बढ्ने बताउनु भएको थियो । सत्य निरुपण तथा मेलमिलाप आयोगको गठनका बारेमा उक्त अध्यादेश हाल सर्वाच्च अदालतमा विचराधिन रहेकोले मुद्दाको अन्तिम किनारा लागेपछि आगामी प्रक्रिया निर्धारण हुने बताउनु भएको थियो । करिब ४५ मिनेट चलेको भेटमा निर्वाचन, शान्ति प्रक्रियाका साथै नेपाल र युरोपियन युनियनसँग कुटनीतिक सम्बन्धका विविध आयामहरूका बारेमा पनि संक्षिप्त कुराकानी भएको थियो ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...