Saturday, 20 April 2013

प्रहरीले मलाई डन बनायो

-दिपक मनाङे-
चचिर्त डनका रुपमा परिचय बनाएका दीपक मनाङे आफूलाई व्यवसायी भन्छन् । चार हजार भन्दा बढी जनशक्तिलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिएका उनका एक दर्जन उद्योग छन् । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको उपाध्यक्ष पनि हुन् ।
उनी भ्रष्ट कर्मचारी, नेता र प्रहरी सक्कली डन भएको दावी गर्छन् । ४७ वर्षीय मनाङे (राजीव गुरुङ) ले गर्दै आएको व्यापार व्यवसाय र उनको डनगिरीमाथि केन्द्रीत रहेर
नेपालडोर डट कमका लागि सुरेन्द्र भारद्वाजले गरेको कुराकानी ।

व्यापार कहिलेबाट सुरु गर्नु भयो ?
२८ वर्षदेखि व्यापार गर्दै आएको छु । सुरुमा ०४७ सालमा ठमेलमा डिस्कोथोक खोलें । कोरिया मानिस पनि पठाएँ । झिटी गुण्टा व्यापार पनि गरेँ । अहिले मैले प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ हजार भन्दाबढीलाई रोजगार दिएको छु ।
कुनकुन व्यापारमा संलग्न हुनुहुन्छ ?
मेरा नुवाकोट र थानकोटमा ढुंगाखानी छन् । नवलपरासी र रौतहटमा २ सय बिगाहा जग्गा भाडामा लिएर एलोभेरा लगाउँदैछु । ४० बिघामा लगाइ सकें । बाँकीमा लगाउँदैछु । ट्रेकिङको पनि पसल छ । मेरा जम्मा ११ वटा यस्ता उद्योग छन् ।
डन कसरी बन्नु भयो ?
म कसरी डन बन्नु ? डन त राजनीतिक दलका नेता, प्रहरी र भ्रष्ट कर्मचारी हुन् । म व्यापार व्यवसाय गरेर खाने मान्छे कसरी डन हुन सक्छु ।
सबैले डन भनेर चिन्छन् नि ?
मैले बुझेको डन भनेको गुण्डागर्दी गर्ने, लुटपाट मच्चाउनेजस्ता काम गर्ने व्यक्ति हुन् । म व्यापार गरेर खान्छु । चार हजारबढीलाई रोजगार दिएको छु । मानिसको हितका लागि गर्न सक्ने सहयोग गर्दै आएको छु । मलाई जवरजस्त डन बनाइएको मात्र हो । डन भनेको त पुलिस हो । लुटेरासँग मिलेर आधा पैसा खाने गर्छ । डन भनेको एसएसपी र एआइजीहरु हुन् ।
तपाईँलाई कसले डन बनायो त ?
त्यो सबैलाई थाहा नै छ । मलाई प्रहरीले नै डन बनाएको हो । रक्सी, मासुभात नियमित खुवाउनु पर्ने, होटलमा राखेर उनीहरुको चाहनाअनुसारका सेवा र सुविधा दिनुपर्नेजस्ता काम मैले नगर्दा उनीहरुले डन बनाएका हुन् । 
प्रहरीले तपाईंसँग पैसा माग्छन् ?
मैले डिस्कोथेक खोल्दादेखि नै प्रहरीले दुःख दिन थालेको हो । प्रहरी आउँथे टन्न खान्थे, पैसा तिर्दैनथे । स्टाफलाई कुटेर जान्थे । त्यो वेलादेखि नै मैले प्रहरीको यातना भोग्दै आएको छु । मैले निः शुल्क खुवाउन नसक्ने भएपछि होटल व्यवसाय नै छोडं । त्यसपछि त उनीहरु ममाथि थप खनिन थाले । म जस्ताको तस्तै रहें । प्रहरीहरु अहिले ठूला हाकिम भए अनि त्यो बेला खान नपाएको रिस अहिले कुनै न कुनै बहानामा मलाई पक्रेर थुन्ने गर्छन् ।
कति पटक थुने प्रहरीले ?
म ३३ महिना थुनामा परें । ७ पटक त हिरासत मै राखे ।
कुनै गल्ती नगरी थुनेको ?
प्रहरीले कुनै न कुनै बहानामा थुन्दै आएको छ । सामाजिक काम गर्दा पनि थुन्छ, व्यापार गर्दा पनि थुन्छ । प्रहरीलाई पैसा नदिँदा र मोजमस्ती गराउन छोडेपछि यस्तै हर्कत गर्दै आएको छ ।
प्रहरीमाथि त निक्कै खनिनु हुन्छ नि ?
हाम्रो देशको प्रहरी यति बदनाम छ कि, यसले पञ्चायत सक्यो, प्रजातन्त्र सक्यो, अब लोकतन्त्र पनि सक्न बेर छैन । भ्रष्टचार र अनियमिततामा रमाएको प्रहरीले के नै राम्रो काम गरेको छ र । अनि यस्तो प्रहरीलाई नराम्रो भन्नु कसरी बेठीक हुन्छ । हामी सबै मिलेर अपराधिक कृयाकलापमा संलग्न प्रहरीको भण्डाफोर नै गर्नुपर्छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको उपाध्यक्ष पनि हुनुहुन्छ, आगामी संविधानसभा निर्वाचनमा उम्मेदवारी दिने हो ?
होइन । मलाई प्रहरीले चुनाव लड्न नै दिन्न । पक्रेर हालीहाल्छ । म समानुपातिक तर्फबाट उम्मेदवारी दिन्छु । हाम्रो अहिलेको अवस्थामा ४ देखि ८ सिट आउने अवस्था छ । म नै एक नम्बरमा सभासद् बन्छु ।
प्रत्यक्ष निर्वाचनमा किन नउठ्ने ?
भनिसकें । प्रहरीले मलाई उठ्न नै दिन्न । त्यसैले पार्टीका अन्य साथीलाई प्रत्यक्षमा उठाएर म भने समानुपातिकमा माननीय बन्छु ।
अकुत सम्पतिको कुरा के हो ?
मैले पनि बुझेको छैन । मैले दुई दशकअघि लाखमा खरिद गरेको जग्गा र घरको मूल्य अहिले करोडको भयो । सम्पतिको मूल्याङ्न बढ्दै गएपछि मेरो सम्पति पनि बढ्यो । मसँग अहिले एउटा घर छ । अनि कसरी अकुत सम्पति कमाएको भन्न मिल्छ । प्रहरी हाकिमका ६÷७ करोड रुपैयाँ पर्ने घर छन् । ती घर कसरी बने ? हाइटीबाट ल्याएको पैसाले रे । कसले पत्याउने । हाइटीमा त्यस्तो पैसा छ भने हामी अमेरिका, बेलायत, जापान देशहरु किन जाने ? दलका नेता, प्रहरी र भ्रष्ट कर्मचारीको सम्पतिको छानविन गरौं न कसको सम्पति अकुत छ । त्यसतर्फ देशको प्रशासनले वास्ता गर्दैन । व्यापार गरेर कमाएको रकमलाई कालोधन भनेर प्रचार गर्दै आफ्नो कालो सम्पति सुरक्षित राख्ने खेलमात्र हो ।   १२ हजार तलव खाने कर्मचारीका श्रीमतिहरु ६० हजारको साडी किन्छन् । आय श्रोत नभएका नेताहरु बिदेशमा छोराछोरी पढाउँछन् । त्यसको श्रोत के ?

3 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  3. नमस्कार म, म चाँडै सबैलाई यो थाहा यो मौका प्रयोग गर्न चाहनुहुन्छ जोस लुइस ऋण कम्पनी को maneger छ जो श्री रमेश लुइस मेरो ऋण इच्छा पायो कसरी मेरो ठूलो गवाही मा एक नजर लिन्छ कि त खुसी छु सबैलाई, ब्यूनस आयर्स Agentina हुँ डी कार्लोस Bulgheronic, म, मेरो खेती व्यापार, खर्च समर्थन गर्न मेरो आफ्नै व्यापार सुरु गर्न एक ऋण को लागि देख थियो त्यसैले ऋण को खोज मा अनलाइन गए जब म केही उधारदाताओं फेला जो धोखा र यति भए भ्रमित द्वितीय किनभने म मेरो साथ थियो सानो पैसा गर्ने उधारदाताओं वास्तविक क्रेडिट कल ती शङ्कास्पद Bastards नेतृत्व थियो पनि अरू के गर्न, थाहा छैन समय को प्रक्रिया मा बन्द च्यातेर मेरो सानो पैसा, म केही प्रशंसापत्र बाटो मा डी कार्लोस, र श्रीमती मरियम लिन को सम्मेलनमा टिप्पणी फेला काम को खोज मा इन्टरनेट मार्फत ब्राउजिङ थियो दिन रूपमा विश्वासी तिनीहरूले बैंक ऋण शहर प्राप्त कम्पनी ई-मेल: joseluisloans@gmail.com, त्यसैले म भन्नुभयो म अन्य उधारदाताओं मलाई गरे के त डराएको थियो किनभने यो एक परीक्षण दिनुपर्छ, त्यसैले म अगाडि गए म लिए मंच मा ती टिप्पणीमा थियो कि आफ्नो व्यक्तिगत ई-मेल ठेगाना त म उसलाई म आफ्नो ऋण आफ्नो कम्पनी, डी कार्लोस प्राप्त गर्ने केही ग्राहकहरु उहाँलाई refereed थियो भनी सूचित गर्न सम्पर्क र मारिया लिन त उहाँले म कहाँ म इच्छा ऋण को मेरो रकम प्राप्त सही कम्पनी भने हुँ भनी मलाई त, कि बारेमा धेरै खुसी थियो कि सुने, प्रस्तुत गर्न मलाई आवेदन फारम उधारकर्ता ऋण दिए र फिर्ता, म सबै गरे त्यसैले, मेरो सम्पूर्ण आवश्यक जानकारी देखि, त्यसैले म सर्तहरू र तपाईंको कम्पनी सबै को अवस्था समय गुमाउने बिना, सजिलै भयो पायो, छैन कम 24 घण्टा भन्दा बढी म जानकारी थियो 90,00,000 मान्य मेरो ऋण रकम डलर दर्ता गरिएको र ऋण उत्तराधिकारी को आफ्नो बोर्ड द्वारा अनुमोदित, त्यसैले समय को कि प्रक्रियामा म तिनीहरूले म विवरण बैंकिंग तिनीहरूलाई पठाउन गर्नुपर्छ भन्नुभयो आनन्दित थियो, तर त्यसो को केहि संदेह म हामी भने थियो विश्वास र म यसलाई आश्चर्यजनक छ त श्री अब्राहाम भनिन्छ यो ऋणदाता तिनीहरूलाई बैंक खाता दिनुभयो लागि विचारमा रसिद र मेरो खाता श्री रमेश लुइस द्वारा $ 90,00,000 को राशि संग जम्मा गरिएको छ भन्ने मेरो बैंक सतर्क गराउन। त्यसैले तत्काल म सफलतापूर्वक मेरो ऋण प्राप्त गरेको एउटा इमेल पठाउने, त्यसैले अझै पनि साँचो ऋण को कम्पनी को लागि देख मेरो प्रिय भाइहरू र बाहिर त्यहाँ बहिनीहरू म दयालु सम्पर्क श्री रमेश लुइस बताउन छौँ एउटै ई-मेल संग: joseluisloans@gmail.com र मलाई थाहा पनि म राम्रो तपाईं चाहनुहुन्छ ऋण रकम मद्दत गर्नेछ, तिनीहरूलाई आज इमेल र तपाईं खुशी तपाईं गरे हुनेछ। ब्यूनस आयर्स Agentina देखि डी कार्लोस Bulgheronic

    ReplyDelete

India's 'Laxman Rekha' against terrorism : Narendra Modi

  T he world has just witnessed the power of this slogan. Bharat Mata Ki Jai is not just a slogan, it is the oath of every soldier of the co...