Monday, 8 April 2013

पाकिस्तानी सैनिक टोलि काठमाडौंमा (फोटो फिचरसहित)

पाकिस्तानको National Defence University (NDU) को सैनिक टोली प्रधानसेनापति गौरव शम्शेर ज.ब.रा.संग जंगी अड्डा सैनिक हेडक्वार्टरमा ।

काठमाडौं (नेपाल डोर) ।  चैत्र २५ गतेदेखि नेपाल भ्रमणमा रहेका पाकिस्तानको National Defence University (NDU) शैक्षिक भ्रमण टोलिले चैत्र २६ गते प्रधानसेनापति गौरव शम्शेर ज.ब.रा.लगायत नेपाली उच्च सैनिक अधिकारीसँग भेटवार्ता गरेको छ । जंगी अड्डामा भएको शिष्टाचार भेटघाटका क्रममा पाकिस्तानी तथा नेपाली सेनाबीच रहेको सम्बन्ध, क्षेत्रिय तथा विश्व सुरक्षा स्थितिबारे छलफल भएको थियो । 

पाकिस्तानको Senior Directory Staff Brig. Muhammad Zafar Iqbal प्रधानसेनापतिसंग हात मिलाउँदै
पाकिस्तानी सेनाका Senior Directory Staff Brig. Muhammad Zafar Iqbal को नेतृत्वमा आएको १९ सदस्यीय टोलिमा पाकिस्तानी सेनाका सैनिक अधिकृत र साउदी अरेबियाका शिक्षार्थी अधिकृत पनि सहभागी छन् । भ्रमण टोलिले चैत २६ गते नेपाली सेनाका पि.एस.ओज्. रथीबृन्दहरुसंग अन्तरक्रिया तथा शिष्टाचार भेटघाट गरेको थियो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पाकिस्तानी सैन्य टोलिलाई जंगी अड्डामा सैनिक युद्धकार्य निर्देशक सहायक रथी हरि बहादुर बस्नेतले बृफिङ्ग गरेका थिए ।
सो टोलीले चैत २७ गते मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी, अर्थमन्त्री शंकर कोइराला, रक्षासचिव तिलकराम शर्मासँग भेट्ने तय भएको छ । टोली २०६९ चैत्र ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 


प्रतिक्रिया, टिप्पणि वा सुझाबका लागि इमेल गर्नुस्-  npdoor@gmail.com 

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...