Friday, 5 April 2013

देशभर आगो निभाउँदै सशस्त्र प्रहरी टोली

काठमाडौं (नेपाल डोर) । विभिन्न स्थानमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन भएको छ । चैत्र २२ गते सिरहा जिल्लाको फुलकाहकट्टी १ स्थित सिमरा भन्ने स्थानमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली सक्रियताका साथ जुटेको छ । आगलागी भएको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल सुरक्षा बेस सुखीपुरबाट खटिएको एपीएफ टोली तत्काल आगलागीस्थलमा पुगेर आगलागी नियन्त्रणमा जुटेको थियो ।
    उक्त आगलागीबाट त्यसठाउँका आठवटा घरमा क्षति पुग्नुका साथै करीब एक करोड ४५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । सो आगलागीमा परी पाँच जना मानिस सामान्य घाइते भएका छन्
    आगलागी नियन्त्रणमा एपीएफ टोलीको साथै नेपाली सेना, स्थानीय प्रहरी, दमकल र स्थानीय बासिन्दाको सक्रियता रहेको थियो ।     बिजुलीको तार सर्ट भई दिउँसो करीब साँढे एकबजे आगलागी भएको बताइएको सो आगलागी करीब दुई घण्टाभित्र नियन्त्रणमा ल्याइएको थियो ।
    यसैगरी इलामको फिक्कलमा चैत्र २२ गते राती भएको आगलागी एपीएफ टोलीले नियन्त्रणमा ल्याएको छ । उक्त आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल सुरक्षा वेस फिक्कलबाट खटिएको एपीएफ टोली आगलागी भएको जानकारी पाएको केही बेरमै त्यसठाउँमा पुगेको थियो । एपीएफ टोलीका साथै स्थानीय प्रहरी र स्थानीय बासिन्दाको समेत प्रयासमा सो आगलागी करीव एक घण्टाभित्रै नियन्त्रणमा ल्याइएको थियो ।    आगलागीबाट सो ठाउँका तीनवटा घरमा क्षति पुगी करीब २१ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।
    यसैगरी रौतहट जिल्लाको देवही गाविस ९ करुनिया गाउँमा चैत्र २२ गते दिउँसो भएको आगलागी सशस्त्र प्रहरी बल सुरक्षा वेस देवहीबाट खटिएको एपीएफ टोली, दमकल, स्थानीय प्रहरी र स्थानीयवासीले नियन्त्रणमा ल्याएको छ । स्थानीय जुवेट अन्सारीको घरमा अचानक आगो सल्किन गई सो घरसहित अन्य तीनवटा घरमा क्षति पुग्नुका साथै करीव २२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।     आगलागी भएको खबर पाउनासाथै सो वेसबाट परिचालित एपीएफ टोली तत्काल आगलागीस्थलमा पुगेर आगलागी नियन्त्रण गर्ने कार्यमा सक्रियताका साथ जुटेको थियो ।
    यसैगरी कपिलवस्तुको कजरहवा ४ मा चैत्र २२ गते आगलागी भएको छ । अपरान्ह करीव चार वजे भएको उक्त आगलागी सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट खुनुवाबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी, दमकल र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएको छ । आगलागी भएको जानकारी प्राप्त हुनासाथै खटिएको एपीएफ टोलीले स्थानीयको सहयोगमा उक्त आगलागी नियन्त्रणमा ल्याएको थियो ।     सो आगलागीबाट १२ वटा फुसको घर, गोठ र नजिकैको विद्यालयमा समेत क्षति पुगी दश लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको बताइएको छ ।
    त्यसैदिन बारा जिल्लाको रतनपुरीमा भएको आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी बल सुरक्षा वेस निजगढको एपीएफ टोली सक्रियताका साथ जुटेको छ । दिउँसो पौने चार वजेतिर स्थानीय शंकर चौधरीले बाँसघारीको पत्कर सफा गर्ने क्रममा बालेको आगो सल्किन गई उक्त आगलागी भएको बताइएको छ ।
    तत्काल आगलागीस्थलमा पुगेको एपीएफ टोलीका साथै स्थानीय प्रहरी, दमकल र स्थानीय वासिन्दाको संयुक्त प्रयासमा उक्त आगलागी नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट त्यसठाउँका दुईवटा घरगोठमा क्षति पुग्नुको साथै खाद्यान्न, लत्ताकपडा, अन्य धनमाल गरी करीव ११ लाख रुपैयाँ बराबरको सामाग्री क्षति भएको बताइएको छ ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...