Monday, 1 April 2013

किन आए जिमि कार्टर ? किन गले कांग्रेस/एमाले ?

काठमाडौं (नेपाल डोर) । अमेरिकी पूर्व राष्ट्रपति जिमि कार्टरले खोलेको संस्था कार्टर सेन्टर नेपालमा कहिल्यै पनि दर्ता छैन तर उसले संयुक्त राष्ट्रसंघ अन्तर्गतका कार्यालयहरुसरह सरकारी मान्यता पाएको छ । कार्टर सेन्टरका प्रतिनिधि वा कर्मचारीले बोलाउँदा शीर्ष नेतादेखि उच्च कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि लुरुलुरु भेट्न जान्छन् र भएभरका सबै सूचना शेयर गर्छन् । तर आइएनजीओको मान्यता पाउन उसले न्यूनतम क्राइटेरिया पनि पूरा गरेको छैन, शक्ति राष्ट्रका पूर्व राष्ट्रपतिको नाम आफैंमा बैधानिक भइदिएको छ नेपाल सरकारका लागि । होइन भने कार्टर यसपटक नेपाल आउँदा कुन मुखले र नैतिकताले राष्ट्रपतिदेखि मन्त्रीपरिषद अध्यक्ष, शीर्ष राजनीतिक नेतादेखि निर्वाचन आयुक्तसम्मले चुनावी पर्यबेक्षकका लागि सभक्ति डण्डवत गर्नुको कारण के हो ?
पूर्व राष्ट्रपति कार्टर काठमाडौं आउँदा सरकारले उच्च सम्मान दिनु स्वभाविक छ । भीआईपी सरह उनलाई सम्मान र सुरक्षा दिनु सरकारको कर्तव्य हो तर उनका नाममा दर्ता नै नगरि आईएनजीओ वा संस्था चलाउन पाइँदैन । त्यसमा स्वयम् सम्मानित पूर्व राष्ट्रपतिले पनि चनाखो हुनुपर्छ । तर दर्ता नभएको कार्टर सेन्टरले यहाँ परराष्ट्र मन्त्रालयलाई समेत उछिनेर राष्ट्रपतिदेखि शीर्ष नेतासम्मलाई भेट्ने सेड्युल मिलाएको छ । भलै, औपचारिकताका लागि सरकारले कार्टरलाई स्वागत गर्न सहायक शिष्टाचार महापाललाई त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टसम्म पठायो । सरकारले न्यूनतम कर्तव्य निर्वाह गरेकै छ उनको स्वागतका लागि ।
कार्टरले व्यक्तिगतरुपमा नेपालको निर्वाचनको पर्यवेक्षण गर्न खोजे भने दिनुपर्छ । तर कार्टंरको पर्यवेक्षणको विश्वसनीयताप्रति नेपालमा व्यापक आलोचना भएको हो विगतमा । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमाले पंक्तिले कार्टरको विश्वसनीयतामा प्रश्न गरेको हो । किनभने निर्वाचन समाप्त भइनसक्दै कार्टरले सार्वजनिक गरे– संविधानभाको निर्वाचन स्वतन्त्र र निस्पक्षरुपमा सम्पन्न भयो । हामी खुशी छौँ ।’ कार्टरले बोलेपछि कसले खण्डन गर्ने, सबै अन्तराष्ट्रिय निकाय, पर्यवेक्षकहरुले भने –चुनाव निस्पक्ष भयो । तर, समयक्रममा थाहा भयो कति फर्जी मत हालिए, कति हजार मृतकहरुका नाममा मत खसे र कतिहजार मतले जितेर नेताहरु काठमाडौं छिरे ।
तर, यो यथार्थ बिर्सेर बत्तिसपुतलीस्थित होटल द्धारिकामा तिनै नेताहरु सुशील कोइराला र झलनाथ खनाल लुरुलुरु गएर कार्टरलाई भने –निर्वाचन पर्यवेक्षण गर्न आउने तपाईँको इच्छालाई हामी सम्मान गर्छौँ र स्वागत गर्छौँ । त्यसका लागि पनि वातावरण मिलाउँछौँ ।’ अघिल्लो चुनावको पर्यवेक्षणप्रति चित्त दुखाएकाहरुले किन अहिले बिन्तिभाउ गर्नुप¥यो ? स्वयम एमाले कांग्रेसका नेताहरु अलमलमा छन् ।
सबैभन्दा महत्वपूर्ण त, कार्टर यो बेला किन आए भन्ने नै हो । उनले मन्त्रीपरिषद अध्यक्ष र राष्ट्रपतिसँगको वार्तामा समावेशीकरणको बढी मुद्दा उठाए । यहाँको समावेशीकरणसँग कार्टर महोदयको के स्वार्थ छ ? अथवा अमेरिकाको के स्वार्थ छ ? जबाफ हो अमेरिकाको दीर्घकालिन चीन विरोधी रणनीति । यो ओपन सेक्रेटजस्तै हो कुटनीतिक मामिलाका जानकारहरुका भनाईमा । कार्टरले उम्मेदवारीमा समावेशिता, संविधानसभामा समावेशीताको कुरा गरेका छन् र अल्पसंख्यकहरुको प्रतिनिधित्वको सवाल उठाएका छन् । स्रोतका अनुसार अमेरिकीहरुको नजरमा अल्पसंख्यक भनेका यहाँका क्रिस्चियन समुदाय हुन्, र संविधानसभामा उनीहरुको जतिसक्दो धेरै प्रतिनिधित्व अमेरिकाको हितमा छ । त्यसका लागि कार्टरले सबैभन्दा उपयुक्त संगठन देखेका छन् एकीकृत माओवादी र जनजातिका नाममा खुलेका राजनीतिक समूहहरु । नेपाल भ्रमण सकेर कार्टर म्यानमार जानुले पनि अनेक अड्कलबाजीहरु उठ्न थालेका छन् ।

प्रतिक्रिया, टिप्पणि वा सुझाबका लागि इमेल गर्नुस्-  npdoor@gmail.com

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...