Wednesday, 3 April 2013

एमाओवादीले अझै बुझाएनन् हतियार

विशेष समितिको अल्टिमेटम

काठमाडौ (नेपाल डोर) । एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीको नेताहरुको सुरक्षाको लागि लडाकुहरुको शिविर बाहिर राखिएको अझैसम्म फिर्ता नभएको खुलासा भएको छ । विशेष समितिको चैत २१ मा बसेको वैठकले  हतियार फिर्ता गर्न एमाओवादीलाई बैशाख मसान्तसम्मको अन्तिम समयसीमा दिएको छ । यदि त्यतिबेलासम्म पनि हतियार नबुझाए कानून अनुसार कारवाही गर्न विशेष समितिले सरकारलाई सिफारिस गरेको छ ।
एमाले नेता  भीम रावलले राजधानीमा आयोजित एक कार्यक्रममा बताए अनुसार अहिलेसम्म नेताको सुरक्षाको लागि भनेर दुवै पार्टीले ३२ नाल हतियार राखेका छन् । गृह मन्त्रालयले सर्बसाधारणलाई अबैधानिक हतियार बुझाउन आह्वान गरिरहेका बेला विशेष समितिले एमाओवादीलाई पनि हतियार बुझाउन आग्रह गरेको हो ।

No comments:

Post a Comment

पूर्व गोर्खा सैनिकको पेन्सनमा राष्ट्रपति पौडेलको चासो

काठमाडौं, २६ माघ राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व ब्रिटिश गोर्खाको समान पेन्सन लगायतका बिषयमा नेपाल र बेलायतबीच भइरहेका छलफलबारे चासो राखे...