Monday, 1 April 2013

एमाओवादीमा भद्रगोल, रायमाझीले मुद्दा मिलाउने

काठमाडौं (नेपाल डोर) । एकीकृत नेकपा माओवादीको आन्तरिक संगठन भद्रगोल बन्न पुगेको छ । गत माघ अन्तिमसाता सम्पन्न सातौं महाधिवेशनपछि बल्लबल्ल एकपटक केन्द्रिय समितिको वैठक बसेको छ तर व्यापक गुटबन्दीका कारण त्यसले सदस्यको संख्या टुंग्याउन नै सकेको छैन । महाधिवेशनपछि पार्टीको गतिशिलता बढ्नुको साटो पार्टी संगठनहरु प्यारालाइसिस जस्तै भएका छन् । अध्यक्ष प्रचण्डको इच्छा अनुसार एमाओवादीमा केन्द्रिय समिति, पोलिटव्युरो र स्थायी समिति विस्तार हुन सकेको छैन भने प्रचण्डकै कारण मधेशको संग्ठन अस्तव्यस्त हुनपुगेको छ ।
पहिले २५१ सदस्यीय केन्द्रिय समिति बनाउने निर्णय गरेको एमाओवादीले यसबीचमा ३९९ सदस्यीय पु¥याउने निर्णय ग¥यो । त्यसको एक साता नबित्दै फेरि केन्द्रिय सदस्यसंख्या घटाउने निर्णय भएको छ । ‘एमाओवादीको केन्द्रिय सांगठनिक संरचना कति भताभुंग र नेताहरुको शोच कति अस्थिर र अपरिपक्व छ भन्ने कुरा यसले नै छर्लंग पारेको छ’ एमाओवादी निकटका एक बुद्धिजीविले नेपाल डोरसँग टिप्पणि गरे ।
एमाओवादीको केन्द्रीय समिति ३३६ सदस्यीय बनाउने पछिल्लो निर्णय भएको छ । तर त्यसका लागि अध्यक्ष प्रचण्ड, उपाध्यक्ष डा. बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मधेशी नेताहरुको समूहले बुझाएको लिस्टमा पाँच सयको संख्या नाघेपछि केन्द्रिय समितिले टुंगो लगाउन सकेन । निर्वाचनमा केन्द्रित हुनुपर्नेमा पार्टीको केन्द्रिय समितिमा भागबण्डा लगाउन अहिले एमाओवादी नेतृत्व केन्द्रित भएको छ । केन्द्रिय समिति, पोलिटव्युरो र स्थायी समितिमा नेताहरुलाई सिफारिश गर्नका लागि कृष्णबहादर महराको नेतृत्वमा गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, जर्नादन शर्मा, हिसिला यमी र रेखा शर्मा रहेको समिति गठन भएको छ ।
‘पार्टीलाई वास्तविक रुपमा जनतासँग जोड्न यस खालको निर्णय गरिएको हो’ पार्टी प्रबक्ता अग्निप्रसाद सापकोटाले चैत १८ गते पेरिसडाँडामा पत्रकाहरुसँग भने । तर, वास्तविकता सापकोटाले भनेभन्दा ठीक बिपरीत छ । अर्का एक नेताका अनुसार पदका लागि नेताहरुबीच हानाथाप भएपछि एमाओवादीले सुझाब समिति गठन गरेको हो ।
बरु, एमाओवादीले नेताहरु टोपबहादुर रायमाझी, वर्षमान पुन, दीनानाथ शर्मा र भीमप्रसाद गौतमलाई विभिन्न समितिको बेग्लाबेग्लै संयोजक तोकेको छ ।  रायमाझीको नेतृत्वमा रहेको समितिले जनयुद्धकालीन मुद्दा तथा विभिन्न जेल तथा बन्दी गृहमा रहेका पार्टी नेता तथा कार्यकार्ताहरुको अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ । ‘जनयुद्धको समयमा तत्कालीन राज्यका तर्फबाट लगाइएका मुद्दा तथा तिनीहरुको अवस्था र पार्टीका नेता तथा कार्यकर्ता अझै कहीं कतै बन्दीको अवस्थामा रहे÷नरहेको छानबिन गर्ने गरी समितिलाई जिम्मेवारी दिइएको छ’ माओवादीका एक अर्का नेताले भने ।  समितिमा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान र अधिवक्ता रामनारायण विडारी सदस्य छन् । शान्तिमन्त्री समेत भइसकेका रायमाझीलाई एमाओवादीका कार्यकर्तालाई कहाँ कहाँ मुद्दा लागेको छ र एमाओवादीका कार्यकर्ताले कहिले कहिले कहाँ कहाँ हत्या र कुटपिटका घटना गराए भन्ने रेकर्ड सरकारी स्रोतबाटै लिइसकेका छन् । प्रबक्ता सापकोटा, ओखलढुंगाका नेता बालकृष्ण ढुंगेल, रौतहटका प्रभु साहलगायतलाई जोगाउनका लागि एमाओवादीले संस्थागत प्रयास गरेको हो । ढुंगेललाई सर्बोच्च अदालतले अपराधी घोषणा गरी सर्बस्वसहित जन्मकैदको फैसला सुनाइसकेको छ भने सापकोटालाई पनि काभ्रेका अर्जुन लामाको हत्याको केसमा कारबाही गर्न आदेश दिइसकेको छ ।

प्रतिक्रिया, टिप्पणि वा सुझाबका लागि इमेल गर्नुस्-  npdoor@gmail.com

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...