Thursday, 4 April 2013

खुल्यो चन्द्रशमशेरको रहस्यमय ढुकुटी

Chandra Shamsher (left) greeting King George V  during a hunting trip to the Nepal Terai in 1911.

 काठमाडौं (नेपाल डोर) । पुरातत्व विभागको अगुवाईमा हनुमानढोकामा खोलिएको ढुकुटीको पहिलो बाकस रित्तो थियो । विक्रम संवत १९७०मा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले बनाएको अर्को ढुकुटीमा महत्वपूर्ण सामान थिए । फलामे ढोका खोल्न दुईघण्टा लाग्यो, अत्यन्तै मजबुत चुकुल थियो त्यो । त्यो ढुकुटीमा १९७० सालमा भारतबाट ल्याइएका १५ थान बाकस, ८६–८८ थान इँटा, केही ठूला आकारका करुवा भेटिए । त्यहा त मल्लकालीन ढुकुटी पनि छन् ।
काठमाडौंका राजा जयप्रकाश मल्लले गोर्खाली राजा पृथ्वीनारायण शाहका फौजसँग युद्धगर्दा फौजलाई तलब खुवाउन सुन बेच्नु परेछ । त्यतिबेलादेखि राखिएका सुनपनि छन् त्यहाँ । ढुकुटी पहिलोपटक विसं २०१५ सालमा खोलिएको थियो । त्यतिबेला जर्ज छैठौं राजाले दिएको ७५ लाख कम्पनी (रुपियाँ पैसा) फेला परेको थियो ।
यसपाली ढिकुटी भत्किएर जाने खतरा भएपछि विभागले त्यसलाई खोल्न र संरक्षण गर्ने सक्रियता देखाएको रहेछ । पुरातात्विक महत्वका सामग्री  प्रदर्शनी गर्ने लक्ष्य विभागको रहेछ । तर सामानका सबै अभिलेख बनाउनु चुनौतिपूर्ण नै हुनेरहेछ । विभागका महानिर्देशक भेषनारायण दाहालले बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्ता अनुसार ती सबै सामानको अभिलेखीकरण गर्न र व्यवस्थापन गर्न  आठदेखि नौमहिना लाग्छ ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...