Thursday, 11 April 2013

महान् राष्ट्रनिर्मातासँग धुन्धुकारीको तुलना ?

-अनिल योगी -
निमुखा जनतालाई नयाँ जनवादी ब्यवस्था स्थापना गर्ने सपना बाँड्दै आफु दिल्लीमा बसेर देशभित्र एक दशक सम्म मानव बधशाला चलाउने पुष्पकमल दाहालले आफुलाई पृथ्वीनारायण शाहसँग जोड्न अलिकति पनि लाज मानेनन् । आप्mना कुकर्मको हेक्का तानाशाहले राख्न सक्दैन भन्ने पढेको थिएँ, दाहालले बोलेको सुन्दा त्यो भनाई प्रमाणित भएको छ । देश भित्र यतिबेला दाहालको सवारी चलाईन्छ । जनताको धन र ज्यानको सुरक्षा गर्न जनताको करवाट पालिएका सुरक्षाकर्मीहरु दाहाल हिँड्दा रानोका पछाडि मौरी दौडेसरी दौडिन्छन् । तिनले नेपाली जनतालाई कुन हदको धोखा दिए र राष्ट्रलाई कुन रसातलमा पु¥याए भन्ने बिषयमा जागरुक पुस्ताले भोलि समिक्षा गर्नसक्छ । दासहरुले अपराधि मुकरर गरेको ईतिहास आजसम्म अध्यन गर्न पाइएको छैन ।
जसले बिदेशीको आडमा देशको मर्ममा प्रहार गर्छ, देशको आत्मामा गम्भिर चोट पु¥याउन उद्धत हुन्छ त्यो नालायक पात्र पृथ्वीनारायण शाह जस्ता देशभक्त सँग आफुलाई जोड्छ र जगत हसाउँछ । जसले नेपालीलाई जात,भाषा,धर्म र बर्णका आधारमा बिभाजित गर्छ, देशलाई चिराचिरा पार्न खोज्छ त्यस्तो धुन्धुकारीले ‘आप्mनो कुलधर्म र राष्ट्रिय धर्म नछाड्नु, यो मुलुक मेरा साना दुखले आज्र्याको होइन सबैलाई चेतना भया, भन्ने महावाणीका नायकसँग जोड्न खोज्नु कतिसम्म हास्यास्पद छ, शब्दमा व्यक्त गर्न कठिन हुन्छ ।
राष्ट्रलाई घाइते बनाएर,जनताको जीवन बर्वाद गरेर आरामसँग बाँच्न सक्ने मुर्खहरुलाई आप्mनो रगत पसिनावाट संचित राज्यको सम्पतिवाट पाल्छ यो देशको नालायक दुनियाँ । राजनीतिक,समाजिक,आर्थिक सबैक्षेत्रमा आफ्नो निहीत स्वर्थपुर्तिका लागि भित्रयाउनै नसकिने बिकृतिको बालि लगाउँने दाहाललाई पृथ्वीनारायण शाहको अर्को रुप देख्नेहरुले छाति फुलाउनु भन्दा पहिला हेक्का राखुन्– अवको हाम्रो राजनीतिक गन्तब्य सहज छैन ।
यो राष्ट्रको अवस्था अत्यन्त दयनीय, अस्थिर र कमजोर भएको मात्र होइन राष्ट्रको अस्मितामाथि सुनियोजित रुपमा प्रहार भैरहेको अवस्थामा दाहलले आफुलाई राष्ट्र निर्मातासँग दाँज्नु मुर्खता मात्र हो । नेपाल रहेकोमा र नेपाली भएर बाँच्न पाएकोमा गौरव गर्ने कुनै पनि नेपालीले दाहललाई सच्चा देशभक्त र परिवर्तनका पक्षपाति मान्न सक्दैन । एकातिर भारतलाई निल्दै गरेको अङग्रेज शक्ति र अर्कोतिर बिशाल चिनियाँ बादशाहको शक्तिको बीचबाट नेपाल एकीकरण गर्ने कठिन कार्यको सम्पादन गर्ने पृथ्वीनारायण शाहलाई साम्राज्यवादी भनेर आप्mना कार्यकर्ताका हातवाट उनका शालिक भत्काउन हुँदैन भन्न लाज मान्ने पाखण्डि पृथ्वीनारायणसँग कसरी दाजिन सक्छ ? पराधीनता नस्वीकारर्ने पृथ्वीनारायण शाहसँग बिदेशीको योजना मुताविक देशमा भाँजो हाल्ने स्वाँठ मुर्खहरुले जोडिन लाज मान्नु पर्दैन ?
नेपाल राष्ट्र भनेको सबै जातको फुलवारी, सबैको हक र हैसियत बराबरी भन्ने ति महान देश निर्माता पृथ्वीनारायण शाहसँग नेपाली जनतालाई आपसमै जुधाएर मराउने यो युगकै बदनाम मानिस कसरी दाजिन सक्छन् ? सीप र प्रविधि जनतालाई सिकाउ र दक्ष नागरिक बनाऊ तिनिहरुले मात्र देशको बिकास र रक्षा गर्न सक्छन् भन्ने पृथ्वीनारायण शाहसँग बेरोजगार युवाहरुका हातमा बन्दुक भिराएर आपसमै लडेरमर्न सिकाउने दाहाल कसरी तुलनायोग्य हुन्छन् अनि यो युग परिवर्तनका सम्वाहक उनी कसरी हुन सक्छन् ?
विश्व शान्तिका लागि अनाक्रमणको परराष्ट्रनीति बनाउनु पर्छ भन्ने पृथ्वीनारायण शाहसँग बिदेशीहरुसँग सुरुङ्ग युद्ध लड्ने गफ गर्ने र कार्यकर्ताहरुलाई कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई जुत्ता हान्न लगाउने दाहाललाई एकै ठाउँमा राखेर कुन मुर्खले सम्मान गर्न सक्छ ? राजनीतिमा नेतृत्व असल हुनुपर्छ र सहिदका परिवारलाई बिर्सनु हुँदैन । योग्य र ईमान्दारको उचित कदर र मुल्याङ्गकन हुनुपर्दछ । ‘थिति बाँध्नु र विधिले शासन चलाउनू । राजश्व संकलन गर तर हिनामिना आफु नगर र अरुलाई पनि गर्न नदेऊ । स्वधर्मको पालना गर संचारको विकास गर । अन्यायरहित समाज व्यवस्था सुनिश्चित गर । घुस र भ्रष्टाचारमाथि चोटिलो प्रहार गर’भन्ने पृथ्वीनारायण शाहसँग दाहाल कुन सत्कर्मले दाँिजन खोज्दैछन् ? ति महान देश निर्मातासँग दाहाल दाँजिन खोज्नु आफैँमा मुर्खता सिवाय अरु केही होइन ।
पृथ्वीनारायण शाहले भनेका छन्, ‘शोषण गर्ने विदेशीलाई देशभित्र आउन प्रतिबन्द गर । राज्यको शक्ति भनेको नै जनता हुन त्यो शक्तिलाई राष्ट्रको विकाशमा लगाऊ । कृषि उत्पादन बढाऊ, खानी खाजी अभियान चलाऊ । जनमतको कदर गर, प्रजातन्त्रमा विश्वास गर । देश र जनताको सुरक्षा बन्दोबस्तलाई उच्च प्राथमिकता देऊ । राष्ट्रिय सुरक्षा र राष्ट्रको परिचयका लागि आप्mनो संस्कृतिको रक्षा गर ।’  कहाँनिर मिल्छ पृथ्वीनारायण शाहसँग दाहालको विचार ? जनताको साथ लिएर उपनिवेशवादीलाई देशभित्र बस्न दिनु हुँदैन भन्ने पृथ्वीनारायण शाह र बिदेशीको आड्मा जनताको ढाड भाच्ने दाहाल कसरी एकै नासका नेता हुन् भनेर मान्न सकिन्छ । पृथ्वीनारायण शाह त्यो यूगका महान राजनीतिक व्यक्ति थिए पुष्पकमल दाहाल यो यूगका खराव पात्र हुन् । तिनले आफै पनि बिचार गर्न पर्ने हो मेरो कर्म र योग्यता उनीसँग दाज्नु हुँदैन भनेर । तिनलाई चेतना भया ।
Email- yogianil20@yahoo.com
cell- 9851015082




No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...