उच्च जोखिममा सुनचाँदी व्यवसाय
–रमेश महर्जन-
देशमा छरिएर रहेका गरगहना व्यवसायी र यस क्षेत्रका सबै संघलाई संगठित गरी व्यावसायिक ऐक्वबद्धतालाई मजबुत तुल्याउँदै नेतृत्वदायी एवं अभिवाकीय भूमिका र जिम्मेवारी वहन गर्न सक्ने राष्ट्रिय स्तरमा सशक्त संघीय संरचनाको निर्माण गर्न शीर्षस्थ संगठनको नेपाल सुनचाँदी रत्नतथा आभुषण महासंघ स्थापना भएको छ । गरगहना व्यवसायलाई राष्ट्रिय अर्थतन्त्रको एउटा बलियो खम्बाको रुपमा स्थापित गराइ आम उपभोक्ता, राज्य र व्यवसायीको हक, हितको प्रबद्र्धनका लागि यस महासंघको उदय भएको हो । मुलुक भरका गरगहना व्यवसायीले सामना गर्दै आएका समस्याको समाधान गर्न र यस व्यवसायलाई प्रतिष्ठित क्षेत्रको रुपमा स्थापित गराई रोजगारी, निर्यात, राजश्व अभिबृद्धि आदिको माध्यमबाट अर्थतन्त्रमा ठोस योगदान गर्नु महासंघको मुख्य लक्ष्य हो ।
हाम्रो महासंघ दर्ता भएको केही समयपछि मिल्दो जुल्दो नाम राखेर अर्को पनि महासंघ दर्ता भएको सुन्नमा आएको छ । एउटै क्षेत्रमा दुई वटा समानान्तर संगठन हुँदा काममा द्विविधा र व्यवसायी बीचको एकतालाई कमजोर बनाउन सक्ने संभावना हुन्छ । र पनि सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । हामीले नकारात्मक नभई सकारात्मक पक्षमा जोड दिनु पर्छ । तसर्थ जति सुकै संगठन भएपनि सहकार्य गरी आपसी एकतालाई मजवुत बनाउन सकिन्छ । तर आफूले भने जस्तो मात्रै हुनुपर्छ भन्ने घमण्ड गरी अर्कालाई होच्याउने कुनियत राख्ने हो भने अवश्य पनिव् यवसायीहरु बीच फाटो ल्याउँछ । त्यसले सबैलाई हानी पु¥याउँछ । तसर्थ बैमनस्यता सिर्जना हुने कार्य कसैबाट पनि नहोस् भन्ने हाम्रो चाहना छ ।
रगहना व्यवसाय विभिन्न समस्याको वीचबाट गुज्रिरहेको छ । खास गरी गुणस्तरीय कच्चापदार्थको सहज आपूर्ति नहुनु, शान्ति सुरक्षाको कमी, व्यवसाय संचालनमा निश्चित आधिकारिक मापदण्डको अभाव समेत कतिपय अस्पष्ट र अव्यावहारिक ऐन नियमका कारण यो व्यवसाय जोखिममा पर्न थालेको छ । विश्वमै ख्याती आर्जन गरेको नेपाली मौलिककला, शिल्प लोपोन्मुख भइ विदेशी कालिगढको भरमा व्यवसाय चलाउनु पर्ने अवस्था छ । राष्ट्रको भूगर्भमा रहेका बहुमुल्य धातु तथा पत्थरको उत्खनन् र प्रयोग उल्लेख्य मात्रामा हुन सकेको छैन । तर आयातित कच्चा पदार्थमा यो व्यवसाय निर्भर हुनु परेकोे छ । यस्तो प्रवृत्ति बढ्दै गएमा ज्वेलरी क्षेत्र जहिले पनि पछि नै पर्नेछ । व्यवसायलाई आधुनिकरण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक तुल्याउनु अति जरुरी छ । त्यसैले यी सबै समस्या र चुनौतिको समाधानको लागि महासंघ क्रियाशील रहने छ ।
महासंघका प्राथमिकता र कार्ययोजना सार्वजनिक गरिसकेका छौं । जेमल्याबर गुणस्तर परीक्षण प्रयोगशालाको स्थापना, रोजगारी अभिबृद्धिका लागि शीपमुलक तालिम, कला, शिल्पको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने प्रतिभाको खोजी र सम्मान, आय कर तथा लेखा सम्बन्धि अभिमुखीकरण कार्यशाला, अन्तर्राष्ट्रिय स्तरको ज्वेलरी एक्स्पो आयोजना र नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहुंच बढाउन प्रतिनिधि मण्डलको आदन प्रदान समेत निकट भविष्यमै कार्यान्वयनमा आउने प्रमुख कार्यक्रम तय गरेका छौं ।
राज्यका ऐन, नियमहरु जति सक्दो सहज, स्पष्ट एवं व्यावहारिक तुल्याई र त्यसैको जगमा व्यवसाय मैत्री वातावरण बन्यो भने राजश्वको दायरा बढ्छ भन्ने हाम्रो विश्वास हो । तसर्थ नीतिगत एवं कानुनी रुपमा यस्तो वातावरण बनोस् भन्ने हाम्रो अपेक्षा हो । सम्बन्धित क्षेत्रका ऐन, नियमलाई सहज रुपमा पालना गर्न सक्ने अवस्था निर्माण गर्न महासंघले विभिन्न निकायमा सुझाव दिएको र त्यसैको कार्यान्वयनका लागि पहल गरिरहेको छ । यसका लागि महासंघ सबैसँंग सहकार्य गर्न चाहन्छ ।¬
परिमाणात्मक सीमा अन्तर्गत वाणिज्य बैंकले विक्री वितरण गर्ने सीमित रुपमा उपलब्ध हुने सुनको खाँचो सबै गरगहना व्यवसायीलाई पर्छ । त्यसैले गरगहना उत्पादन, निर्माण गरी व्यवसाय संचालन गर्ने व्यवसायीहरु समक्ष विधिसम्मत, न्यायोचित, समानुपातिक, पारदर्शी र व्यवस्थित किसिमले सहज रुपमा कसरी पु¥याउने भन्नेमा जिम्मेवार पक्षको ध्यान जानु जरुरी छ । साथै सुनको वास्तविक दैनिक माग कति हो भने तथ्यगत विश्लेषण हुनु पर्दछ । रिसाइक्लिङ्गमा रहेका कानुनी अवरोधलाई हटाएर सहज रुपमा सुन बजारमा आउन सक्ने अवस्था सिर्जना गरिनु पर्दछ । आधिकारिक रुपमा सुनको मूल्य निधार्रण गरी वजारलाई नियमन र अनुगमन गरिनु पर्दछ । यसबाट सुनको वास्तविक माग पत्ता लाग्ने छ र त्यसपछि मात्रै सुन आयात, आपूर्ति र वितरणको कोटा निश्चित गरिएमा अहिले देखिएको समस्या स्वतः किनारा लाग्ने छ । तसर्थ महासंघले सुनको वास्तविक माग वारे अध्ययन गर्न र रिसाइक्लिङ्गलाई सहज तुल्याउन विद्यमान कानुनी अड्चन हटाउन ेवारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइ रहेको छ ।
नेपालको भूगर्भमा थुप्रै बहुमुल्य तथा अर्ध बहुमूल्य पत्थर तथा रत्नहरु रहेको सार्वजनिक भइरहेको छ । तर त्यसको वान्छित उपयोग हुन सकेको छैन । अहिलेसम्म मुलुकको गरगहना व्यवसाय आयातमुखी छ । तसर्थ स्वदेशी खनिज तथा द्रव्य बारे राज्य र निजी क्षेत्र बीचको सहकार्यलाई विस्तार गरी त्यसको उत्खनन्, प्रशोधन तथा प्रयोग हुनु पर्दछ । हालसम्मका प्रयासहरु प्रभावकारी हुन सकेका छैनन् । स्वदेशी कच्चा पदार्थको प्रयोग हुन सकेमा मात्रै त्यसबाट अर्थतन्त्र मजबुत हुन्छ भन्नेमा महासंघको स्पष्ट मान्यता छ । तसर्थ यसका लागि महासंघले सम्बन्धित सबैसँग सहकार्यको प्रस्ताव राखेको छ ।
(नेपाल सुनचाँदी रत्नतथा आभुषण महासंघका अध्यक्ष महर्जनसँग सुरेन्द्र भारद्वाजले गरेको कुराकानीमा आधारित)

Comments
Post a Comment