Monday 29 April 2013

१४४४ जना पूर्व लडाकु- सिपाहीदेखि महासेनानीसम्म (नेपाली सेनाको प्रस्तावको पूर्णपाठसहित)

काठमाडौं ।  नेपाली सेनाले पूर्व माओवादी लडाकुलाई  एक महासेनानी र दुईजना प्रमुख सेनानीसहित ७१ जनालाई अधिकृत र बाँकी १३७३ जनालाई पदिकसहित अन्य दर्जामा समायोजन गर्ने भएको छ । अघिल्लो सरकारले फागुन ३० गते गरेको निर्णय अनुसार विभिन्न तालिम केन्द्रहरुमा तालिमरत पूर्व लडाकुहरुको दर्जा निर्धारणको व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार एकपटक दर्जा निर्धारण भएपछि बढुवासम्बन्धी व्यवस्था सैनिक ऐन र नियमावली अनुसार हुने तथा उनीहरुले नियमअनुसार शान्ति सेनामा सहभागी हुनसमेत पाउने छन् ।
 मुलुकका विभिन्न सातवटा तालिम केन्द्रमा तालिमरत जम्मा १ हजार ४ सय ४४ जना पूर्व लडाकुको समायोजनसम्बन्धि विस्तृत कार्यतालिका सेनाले आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । ‘विशेष समितिको सिफारिस अनुसार अनमिनको प्रमाणित तह र प्रवेश मिति अनुसार (नागरिकताको प्रमाण पत्रको कारण प्रवेश मिति संशोधन गरेको भए सोही अनुसार) समायोजनामा जाने हरेक पूर्व लडाकुहरुको तह अनुसार जेष्ठताक्रम निर्धारण गर्ने र बिभिन्न निर्णयहरुले निर्दिष्ट गरे बमोजिम समायोजनमा सम्मिलित तालीमरत पूर्व माओवादी लडाकुहरुको दर्जा निर्धारण गरिएको छ’ नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सकलदर्जाले आधारभूत तालीम सफलता पूर्वक सम्पन्न गरे पश्चात ब्रिजिङ कोर्समामा समावेश गरिने त्यसपछि  अन्यदर्जाको हकमा सिपाहीदेखि सुवेदारसम्म र अधिकृतको हकमा उप सेनानीदेखि सेनानीसम्मको दर्जा प्रदान गरिने छ ।’
सेनाले सैनिक प्रतिष्ठान खरिपाटीमा तालिम लिइरहेका ७१ जना अधिकृत तहका सबै पूर्व लडाकुलाई तालिम सकिनासाथ शुरुमा उपसेनानी तथा त्यसपछि ब्रिजिङ कोर्स उत्तिर्ण गरेपछि माथिल्लो तहमा बढुवा गरिने पनि जनाएको छ । शुरुको तालिम सकिएपछि अधिकृत तहका पूर्व लडाकुले थप ६ हप्ताको  ब्रिजिङ कोर्स अनिवार्य गर्नुपर्ने सेनाले जनाएको छ । त्यसपछि २५ जनालाई उपसेनानीमा कायम गरिने छ भने बाँकी ४६ जना पूर्व लडाकुलाई सहसेनानीमा पदोन्नति गरिने  छ । पदोन्नतिपश्चात पाँच थप पाँच हप्ताको तालिम लिएपछि १६ जनाले सेनानी पदको दज्र्यानी चिन्ह पाउने छन् भने ३० जना सहसेनानीमा कायम रहनेछन् । सेनानी (मेजर)हरुबाट तीनजनालाई प्रमुख सेनानीमा पदोन्नति गर्ने तथा तीनजनामध्ये एकजनालाई महासेनानीमा बढुवाका लागि सरकारलाई सिफारिस गरिने कार्यतालिका सेनाले तयार गरेको छ । तीनजनाले गणपति तालिमसमेत लिने व्यवस्था मिलाइएको सेनाले जनाएको छ ।
‘सहसेनानी, सेनानी, प्रमुख सेनानी र महासेनानी पदमा ज्येष्ठता अनुसार र सेनाको नियम बमोजिम तालिमरत पूर्व लडाकुलाई बढुवा गरिनेछ’ सेनाको युद्धकार्य निर्देशनालयका प्रमुख सहायकरथी हरिकुमार बस्नेतले आइतवार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने । बस्नेतका अनुसार कम्तिमा ६ बर्ष सेनामा काम गरेकालाई विदेशस्थित शान्ति सैनिक मिसनमा जाने अबसर दिने नियम अनुसार समायोजित सैन्यले पनि अबसर पाउनेछन् । तर, लडाकुमा भर्ना भएको अबधिलाई सेनामा भर्ना भएसरह मान्ने कि नमान्ने भन्नेबारे कुनै निर्णय भइनसकेको उनले बताए । उनले महासेनानी र प्रमुख सेनानीमा कसलाई छनौट गर्ने भन्नेबारे राजनीतिक निर्णय नभएको पनि स्पष्ट पारे । यसअघि पूर्व लडाकुका पूर्व डिभिजन कमाण्डर यवमहादुर अधिकारीलाई महासेनानी बनाउने राजनीतिक निर्णय भइसकेको चर्चा चलिरहेका बेला सेनाले अस्वीकार गरेको हो । ‘हामीलाई कुन पदमा कतिजना समायोजन गर्ने भन्ने मात्रै निर्देशन आएको छ, नियम अनुसार ती पदमा (प्रमेख सेनानी र महासेनानीमा जाने व्यक्ति हामी आफैँ तोक्छौँ’ बस्नेतले भने ।
अन्य दर्जाको हकमा सुवेदार १४ जना, जमदार ४२ जना, हुद्दा १७० जना, अमल्दार १९३ जना, प्युठ १८० जना र सिपाहीमा ७९० जनालाई कायम गर्ने पनि सेनाले जनाएको छ । अन्य दर्जामा समायोजित हुने पूर्व लडाकुलाई पनि तीन महिने ब्रिज कोर्स अनिवार्य गरिएको छ ।
‘समयोजनमा आएका पूर्व लडाकुहरुको दर्जा निर्धारण गर्दा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय, अनमिनको प्रमाणित तह र प्रवेश मिति अनुसार (नागरिकताको प्रमाणपत्रको कारण प्रवेश मिति संशोधन गरेको भए सोही अनुसार जेष्ठता क्रम अनुसार भएको छ’ सेनाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पूर्व लडाकु समायोजनपछि बन्ने विकास निर्माण तथा सुरक्षा महानिर्देशनालयको नेतृत्व उपरथी रामकृष्ण अधिकारीले गर्ने पनि तय भएको छ । सो महानिर्देशनालयमा रहने कुल ४ हजार १ सय ७१ जनाको दरबन्दीमध्ये पूर्व लडाकुको सहभागीता ३५ प्रतिशतमात्रै हुनेछ । सो महानिर्देशनालयमा सेनाबाट अधिकृत तहमा १९१ जना, पदिकबाट २५३ जना र अन्य दर्जाबाट दुईहजार ६३ जनाको दरबन्दी कायम गरिएको छ । 
पूर्व लडाकुहरुले गत मंसिर १० गतेदेखि समायोजनमा जान  ‘विशेष सैन्य समायोजन तालिम’ लिँदै आएका छन् । पूर्व लडाकुले भक्तपुर खरिपाटीस्थित सैनिक प्रतिष्ठान, पूर्वी पृतना शिक्षालय मोरङ, २ नंवर सैन्य तालिम गुल्म हिले, पश्चिम सैनिक शिक्षालय खैरेनीटार तनहुँ, मध्इपश्चिम पृतना शिक्षालय सुर्खेत, नं ५ सैनिक तामिक केन्द्र बोराडाँडी धनगढी, एकीकृत सैनिक तालिम केन्द्र सालझण्डी र सैनिक तालिम केन्द्र त्रिशुलीमा तालिम लिइरहेका छन् । त्रिशुलीमा महिला पूर्व लडाकुले मात्रै तालिम लिइरहेका छन् । यसैबीच, अबकासका लागि इच्छुक रहेका ४७ मध्ये पछिल्लोसमयमा २५ जनाले मात्रै अबकास रकम बुझेका छन् भने बाँकीले सेनामै रहने इच्छा देखाएको सैनिक स्रोतले जनाएको छ ।


समायोजन खाका
(क)    अधिकृत.

(१)    अधिकृतहरुको हकमा नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीबाट पास आउट भए पश्चात सबै अधिकृतहरुलाई आयुक्त पद प्रदान गरी उप सेनानी दर्जा दिने ।

(२) आयुक्त पद प्रदान गरे पश्चात सम्पूर्ण अधिकृतलाई  ३ महिनाको Bridging Course मा समावेश गराउने ।

(३)    अधिकृत Bridging Course को प्रथम चरणको ६ हप्ताको तालिममा सवै अधिकृतलाई समावेश गराउने । ५ हप्ता पूरा भएछि २५ जना उप सेनानी दर्जाका अधिकृतहरुलाई मात्र थप ट हप्ताको पेशा सम्वन्धी ज्ञान, सम्वन्धित निर्देशनालयको जिम्मेवारी र भूमिका बारे तालिम सञ्चालन गराई तालिम सञ्चालन गराउने ।

(४) सह सेनानी र सेनानीको ४६ जना उम्मेदवारहरुलाई ६ हप्ताको प्रथम चरणको तालिम पश्चात सह सेनानी दर्जामा पदोन्नति गर्ने र छ हप्ता CCSC तालीमको परिमार्जित सिलेवश र १ हप्ता सम्वन्धित निर्देशनालयको जिम्मेवारी र भूमिका सम्वन्धी तालीम पश्चात ३० जना सह सेनानी र बांकी ज्ञट जना अधिकृतलाई सेनानी दर्जा प्रदान गरी युनिटमा पठाउने ।

३.    प्रमुख सेनानी २ जना र १ (एक) जना महा सेनानीको हकमा मन्त्रिपरिषद्को मिति २०६९ फाल्गुण ३० को निर्णय नं.६ ले "नेपाली सेनाको अधिकृत तहमा समायोजनको क्रममा रहेका पूर्व लडाकुहरुका सम्बन्धमा नेपाली सेनाका अधिकृतहरुको बृत्ति विकासमा प्रतिकुल असर नपर्ने गरी प्रचलित नियम, अभ्यास र मापदण्ड पूरा गरेपछि अधिकतम दुई जनालाई प्रमुख सेनानी तथा एक जनालाई महा सेनानीमा समायोजन हुनसक्ने गरी सहमति दिने" भन्ने उल्लेख भएबमोजिम सेनानी १६ मध्ये घ जनालाई गणपति तालिम गराई तत्पश्चात प्रमुख सेनानीमा पदोन्नति गरी १ जना प्रमुख सेनानीलाई महा सेनानी दर्जामा पदोन्नतीको लागि नेपाल सरकारमा सिफारिसको प्रकृया अगाडि बढाइने छ ।

४.    मिति २०६९ फाल्गुण ३० को निर्णय नं.३ मा "अन्यदर्जाको निमित्त पनि प्रत्येक पूर्व लडाकुको तह र जेष्ठताक्रम निर्धारण गर्ने । दर्जा र जेष्ठताक्रम अनुसार सुवेदार-१४, जमदार-४२, हुद्धा-१७०, अमल्दार-१९३, प्युठ-१८० र सिपाही-७९० गरी हरेक तहमा जेष्ठताक्रम अनुसार दर्जा तोकी दिने सम्वन्धित पूर्व लडाकुहरुलाई जानकारी दिने" भनी उल्लेख भए अनुसार अन्यदर्जाको हकमा निम्न अनुसार गर्नेः-

(क)    अन्य दर्जा

(१)    समायोजन तालिम पूरा गरेका मध्ये सिपाही दर्जामा तोकिएका व्यक्तिहरुलाई सम्बन्धित युनि६मा हाजिर हुन पठाउने ।

(२)    हरेक दर्जाका व्यक्तिहरुलाई ३ महिनाको दर्जा विशेष तालिम संचालन गर्ने ।

(३) प्युठ (१८० जना) र अमल्दार (१९३ जना) को हकमा निम्न अनुसार गर्नेः-

(कक)    नेपाली सेनाले तर्जुमा गरेको परिमार्जित बिल्लादार क्या८र ग्रे८-III को ६ (५) हप्ताको तालिम सञ्चालन गर्ने । तत्पश्चात निजहरुलाई सम्बन्धित निर्देशनालयको भूमिका, जिम्मेवारी र पेशागत ज्ञान सम्वन्धी थप ट हप्ताको तालिम संचालन गर्ने ।

(कख) माथि उल्लेखित तालिम पूरा गरेपश्चात तोकिएका १८० जनालाई प्युठ र १९३ जनालाई अमल्दार दर्जा प्रदान गरी सम्बन्धित युनिटमा हाजिर हुन पठाउने ।

(४)    हुद्धा (१७० जना), जमदार (४२ जना) र सुवेदार  (१४ जना) को हकमा निम्न अनुसार गर्नेः-

(कक)    नेपाली सेनाले तर्जुमा गरेको परिमार्जित बिल्लादार क्याडर ग्रेड- III र ग्रेड- II ६/६ गरी १२ हप्ताको तालिम गराउने । तत्पश्चात निजहरुलाई सम्बन्धित निर्देशनालयको भूमिका र जिम्मेवारी सम्बन्धी २ (दुई) हप्ताको तालिम संचालन गर्ने ।

(कख) माथि उल्लेखित तालिम पूरा गरेपश्चात तोकिएका १७० जना हुद्धा, ४२ जनालाई जमदार १४जनालाई सुवेदारमा पदोन्नती गरी सम्बन्धित युनिटमा हाजिर हुन पठाउने ।

५.    समयोजनमा आएका पूर्व लडाकुहरुको दर्जा निर्धारण गर्दा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय, UNMIN को प्रमाणित तह र प्रवेश मिति अनुसार -नागरिकताको प्रमाण पत्रको कारण प्रवेश मिति शंसोधन गरेको भए सोही अनुसार) जेष्ठताक्रम बमोजिम भएको छ ।

६.    नेपाल सरकार, मन्त्रिपरिषद्को मिति १०६९/१/३को निर्णय "माओवादी सेनाका लडाकुहरुको समायोजन सम्वन्धी कार्यविधि, २०६९" र बिशेष समितिको बिभिन्न मितिहरुमा भएका निर्णयलाई मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गरी कार्यान्वयन भएको अवस्थामा माथि उल्लेखित तालीमहरु सकिए पछि तोकिएको दर्ज्यानी एक प६क मिलान भई सकेपछिको सकलदर्जाको पदोन्नति प्रचलित सैनिक सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्त र सैनिक नियमावली बमोजिम नै हुनेछ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive