Wednesday, 24 July 2013

नयाँ दिल्लीमा पुष्पलाल स्मृति दिवस

नयां दिल्ली । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय कमरेड पुष्पलालको ३५ औं स्मृति दिवस कार्यक्रम गान्धी पीस फाण्डेशन दिनदयाल उपाध्याय मार्ग आई.टी.ओ. नयां दिल्लीमा एक समारोह बीच पुष्पलाल अध्ययन समाज भारतको आयोजनामा जुलाई २२ का दिन संपन्न भयो ।
     समाजका अध्यक्ष कौशलदेव अधिकारीको सभापतित्वमा संचालित कार्यक्रममा अध्यक्ष अधिकारीले पुष्पलालको जीवनी माथी प्रकाश पादै नेपालको परिवर्तीत आन्दोलनमा पुष्पलालले पुराएको योगदानको चर्चा गर्नु भएको थियो ।



     समाजका महासचिव कवि कार्कीद्धारा संचालित कार्यक्रममा नेपाली जनसम्पर्क समितीका अध्यक्ष वालकृष्ण पाण्डे, अखिल भारत नेपाली एकता मंचका उपाध्यक्ष मोती गौतम, प्रवासी नेपाली संघका सल्लाहकार मदन भारती, एभरेष्ट चेम्बर अफ कमर्शका उपाध्यक्ष प्रमोद खरेल, गोर्खा डेमेक्रेशी फ्रण्टका पूर्व महासचिव समिर प्रधान, हाम्रो स्वाभिमानका सचिव विराज शर्मा, गोर्खा डेमेक्रेशी फ्रण्टका मिडिया प्रभारी देवेन्द दत्त, अखिल भारत नेपाली एकता मंचका राम बहादुर खड्का, यातायात व्यवसायी कृष्ण गैरे लगायतले पुष्पलालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुराएको अतुलतीय योगदानको चर्चा गदै उनको विचार अहिले पनि त्यतिकै समय सान्र्दभिक भएको विचार व्यक्त गर्नु भएको थियो ।
    
समाजका सदस्य खगराज न्यौपानेले उपस्थित सवैमा स्वागत मन्तव्य व्यक्त गदै शुरु भएको सो कार्यक्रम पुष्पलालको तस्विरमा माल्र्यापण गरि एक मिनेट मौणधारण सहित कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...