Friday 5 July 2013

उपभोक्ताको स्वास्थ्यमा व्यापारीको रजाईँ

-यमुना अर्याल (काफ्ले)-
क औपचारिक कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महा–निर्देशक जिवन प्रभा लामाले बजारमा पाइने खाद्यन्न तथा अन्य पेय  पदार्थमा अत्याधिक मिसावट भएको जानकारी पाउँदासाथ आफु सो पदमा नबस्ने जानकारी दिइन् । उनले खाद्यन्नको सरकारी अनुगमनकर्ता अर्थात आधिकारिक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दक्ष जनशक्तिको अभाव भएको र यो वर्ष मात्रै ६ जना नयाँ कर्मचारीलाई करारमा भर्ना गरेर काम थालेको पनि जानकारी दिइन् । करोडौँ उपभोक्ताको स्वास्थमाथि खेलवाड गर्नेहरुमाथि रखवार गर्ने निकायमा यति थोरै जनशक्ति हुनु भनेको सरकारी निकायको हेलत्रे¥याई सिवाय केही होइन । सात लाख उपभोक्ता बराबर एकजना विज्ञ पनि अपुग हुने अवस्था अहिले विद्यमान छ । लामाको कुरालाई आधार मान्ने हो भने  बजार अनुगमन गर्ने काम केवल झारा टार्ने मेलो मात्रै भएको छ । हुन त उनले सयौँको सख्यामा नमुना परिक्षण भएको र कारवाहीको प्रत्रृmया पनि अघि बढाएको जानकारी दिइन । तर पनि जुन अनुपातमा उपभोक्ता ठग्नेहरुमाथि कारवाही हुनुपर्ने थियो सो मात्रामा हुन भने सकीरहेको छैन ।  शहरका  केही पसल, उद्योग, गोदाम मात्रै अनुगमन गर्ने र त्यसकै आधारमा रिपोर्ट सार्वजनिक गर्ने काम पक्कै पनि उपलब्धी मुलक हुन सक्दैन । सोही कार्यक्रममा डाक्टर अरुणा उप्रेतीले भनेका कतिपय कुराहरु सम्झदा बजारीया चिजहरु केही पनि सेवन गर्न सक्ने अवस्था छैन । उप्रेतीले भने अनुसार बच्चाहरुले निकै मन पराउने चाउचाऊमा विभिन्न भिटामिनको विज्ञापन बजाएर उत्पादक कम्पनीहरुले जानाजान बच्चाको स्वास्थय कमजोर बनाएका मात्रै छैनन अड्डी समेत कमजोर बनाएका छन । आकर्षक विज्ञापनको पछि लाग्दा कलिला बालबालिकाको स्वास्थ्यमा गम्भिर असर परेको  छ । सेलरोटी, समोसा, पकौडा, जेरी, पुरी,दुनोट आदि तयारी खानेकुरामा व्यापारीले व्यापार सुरु गरेदेखीको तेल मिसाएर उपभोक्ताको स्वास्थ्यमा गम्भिर लापरवाही गरेका छन । जवकी एक पटक खानेकुरा पकाइसकेको तेल अर्कोपटकको लागि अयोग्य हुन्छ । उपभोक्ताको बाध्यता छ सधैभरी आफैले सामल बोकेर हिड्न पनि सम्भव हुँदैन बाध्य भएर बाहिरको खानेकुरा सेवन गर्नु र रोगको सक्रमण भित्राउनु । अझ गाऊँ घरमा न त उपभोक्तालाई आफुले खरिद गर्ने र सेवन गर्ने खाद्यन्नको उत्पादन मिति थाहा हुन्छ , न त मिति सकिने अवधि नै । पहिलो कुरा दुर्गम भेगमा नागरिकले सजिलैसाग सर–सामान पाउँदैनन बल्लतल्ल पाएको सामानमा आँखा लगाउने ज्ञान पनि उनीहरुमा हुँदैन ।

 

अझँ चाडवाडको सिजन आउँनै बाँकी छ , जव चाडवाडको सिजन नजिकिन्छ व्यापारीहरु उपभोक्ता ठग्नतिर मात्रै उद्यत देखिन्छन । कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्नेदेखी उपभोक्ताको स्वास्थ्यमा समेत गम्भिर लेखवाल गर्ने व्यापारीहरुको बोलवाला छ यतिबेला । जतिबेला बजार अनुगमनमा तिव्रता आउँछ त्यतिबेला बल्ल उपभोक्ताको चेत खुल्छ , हामी यति हदसम्मको प्रदूषित खानेकुरा पनि खान बाध्य भइरहेका रहेछौँ भन्ने तर्फ । उपभोक्ता स्वयम सचेत नभएसम्म व्यापारीको यस्तो प्रवृति कायमै नरहला भन्न सकिदैन ।  पछिल्लो समयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र विभिन्न उपभोक्तावादी संघसस्थाको अनुगमन पश्चात पत्ता लाग्यो आम बालक , बृद्ध, अशक्त र रोगीले अमृत मानेर सेवन गर्ने गरेको दुधमा दिशामा पाइने जिवाणुको मात्रा अत्याधिक हालेर बजार पठाइदो रहेछ । डेरी सञ्चालकलाई आफुले दिशामा पाइने जिवाणु हालेर पठाएको दुध बालक, बृद्ध, रोगी, सुत्केरी र गर्भवती महिलाले सेवन गर्छन भन्ने सम्मको हेक्का पनि नहुनु निकै लाजमर्दो विषय हो । दुधमा न्यूनतम चिल्लो पदार्थ, ठोस पदार्थ नराख्ने, कोलिफर्मको मात्रा अत्याधिक राख्ने, मिति गुज्रिसकेको धुलो  दुध सिसाएर पठाउने प्रवृति हावी छ ।  मूल्य अनि अस्व्यस्त शहरको दैनिकी , जेनतेन जिवन गुजारा गर्न पुगेका शहरवासीमाथि कथित व्यापारीहरुले जानाजान अत्याचार गरिरह्दा पनि सम्बन्धित निकाय मौन रहनुले पक्कै पनि सुभ संकेत गरेको भने छैन । अमृत मानेर सेवन गरिने दुधमा दिशामा पाइने जिवाणु समेत घुसाएर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने व्यापारीहरुमाथि कस्तो खालको कारवाही हुनुपर्छ ? यसमा सबैको साझा जवाफ हुन्छ हदैसम्मको कारवाही । तर सरकार यसखाले विषयमा पटक पटक चुक्दै र झुक्दै आएको छ उता व्यापारीहरु उपभोक्ता ठगिरहेका छन । यो अहिलेको समस्या भने । हुन त गोठदेखी ओँठसम्म दुध सफा हुनुपर्छ भनिन्छ तर गोठदेखी दुषित हुँदै आएको दुध ओँठमा पुग्दा विष बन्न पुग्छ । 

सरकार र सम्बन्धित सरोकारवालाले उपभोक्ताको स्वास्थ्यमाथि जानाजान खेलवाड गर्नेहरुमाथि हदैसम्मको कारवाही गरी आगामी दिनमा सो प्रवृति दोहोरिन नदिनेतर्फ सचेत गराउने भन्दा पनि उल्टै व्यापारीका आन्दोलनमा सामु घुँडा टेक्दै आइरहेको इतिहासँ विद्यमान छ । नाजायज माग राखेर आन्दोलन गर्ने व्यापारीको मनोवृति बढाउने काममा सरकार लागिपरेको भान भइरहेको छ । कोलिफम अर्थात दिशामा पाइने जिवाणुको मात्रा शून्य हुनुपर्नेमा चौविस सय सम्म पु¥याएर उपभोक्तालाई विष पान गराइरहेका डेरी सञ्चालहरुमाथि कारवाही गर्न समेत सरकार र सम्बन्धित सरोकारवाला निकायले आँट गरेन । डेरी सिलबन्दी गर्न  पुगेका अनुगमनकर्तामाथि डेरी सञ्चालकले अवरोध पु¥याएपछि त्यसलाई माथ गर्ने आँट सरोकारवालाले गर्न सकेनन । यो भन्दा दुखद पक्ष के हुन सक्छ ? जसले गल्ती गर्छ यसकै डर धम्कीको खप्की सहनुपर्ने बाध्यता छ ।


सरकारले केही समयअघि सुन चाँदीको बजार अनुगमन ग¥यो । महगो भजार भाऊ त्यसमा पनि मिसावट गरेर उपभोक्ता ठगेको पाइएपछि कारवाही गर्ने चेतावनी दिएको सरकारका सामु उसको कारवाही केवल फिक्का सावित भयो । धमाधम सुनचाँदी व्यापारीहरु आफुहरुले मिसावट गर्न पाउनुपर्ने, उपभोक्ता ठग्न पाउनुपर्ने घुमाउरो माग लिएर व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिए । साता दश दिनसम्म लगातार व्यवसाय बन्द गरेर आन्दोलन गरेपछि सरकार बाध्य भएर सुन चाँदीमा सिसावट गर्न दिने र  उपभोक्ता ठग्न दिने विषयमा सहमत भयो । सिधा भाषामा  नभनिएपनि व्यापारीको माग उपभोक्ता ठग्न पाउनु भन्ने नै थियो । त्यसपनि दुध र पानीको अनुगमन शुरु भयो । यी दुई अत्यन्तै संवेदनशील र अत्यावश्यक पेय पदार्थमाथिको अनुगमन पनि फितलो भयो । उपभोक्ताको हितको लागि सरकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग छ , उपभोक्ता हित संरक्षण ऐन छ , कालोबजार नियन्त्रण गर्ने ऐन छ, वाणिज्य तथा आपुर्ति मन्त्रालय र सो मातहतको विभाग छ । विभिन्न गैरसरकारी संघसस्थाहरु पनि उपभोक्ताको हितको लागि खोलिएका छन, उपभोक्ता अधिकारवादी सस्थाहरु उतिकै क्रियाशिल छन तर पनि आम उपभोक्ताहरु बर्षोदेखी ठगिर्दै र चेपिदै आइरहेका छन । खाद्यन्नमा मिसावट एउटा समस्या हो भने तौलमा गडबडी गर्ने अर्को समस्या निकै पेचिलो बन्दै गइरहेको छ  । न्यूनतम मापदण्ड पनि नपु¥याई सामानको बिक्री वितरण गर्नेहरुमाथि अनुगमन गर्दा उनीहरुकै धम्की र आन्दोलनको चेपुवामा सरकार पर्ने गर्छ । खानेपानी वितरण गर्ने निकायमाथि अनुगमन गर्नसाथ उनीहरुले अत्यावश्यक ऐन छ भन्ने कुरा विर्सेैर पानी ढुवानी ठप्पै गरे । सरकारले उनीहरुका मागमा सामु घुाडा टेक्यो र व्यवसायीको जित भएपछि पानीको ढुवानी सेवा सुचारु भयो । फेरी ग्यासँवालाको आन्दोलन शुरु भएको छ । कोशी ग्याँस कम्पनीले आफ्नो कम्पनीको ग्याासमा तीन केजीसम्म कम गरेर बेच्ने गरेको पाइएपछि अनुगमन अघि बढाएको सम्बन्धित निकाय ग्यासँ व्यवसायीको आन्दोलन गर्ने चेतावनीका अगाडी निरिह बन्न पुग्यो । आफुहरुले पाउने कमिशनको मात्रा बढाउनुपर्ने उनीहरुको माग छ , तर व्यापारीहरु कहिल्यै पनि आफुले गरेको गल्ती स्विकार्ने पक्षमा देखिदैनन । अनुगमन गरेजस्तै गर्छ सम्बन्धित निकाय, व्यापारीहरु आन्दोलन गर्छ सरकारले वार्ता गर्छ र व्यापारीको माग मुताविक निर्णय गर्छ । आखिर जसको भैँसी उसकै लाठीको अवस्था विद्यमान रहीरहन विडम्बना छ ।

गल्ती गर्नेहरुले गल्ती स्विकार्ने अवस्था  हामीकहाँ हराउँदै गएको प्रतित भइरहेको पाइन्छ । जस्ले गल्ती गर्छ उसकै हप्कीदप्कीमा सरकार चुक्दै गइरहेको छ । उपभोक्ता बाध्य छन नचाहेर पनि उनीहरु विशाक्त दुध र पानी लगाएका पेय पदार्थ र खाद्यन्न सेवन गर्नको नन सेवन गर्न बाध्य छन । नखाऊ अरु विकल्प छैन खाऊँ विष मिसाइएको छ भन्ने जान्दा जान्दै कसरी खाऊँ ? यो दोधारमा उपभोक्ताहरु रोमलिएका छन । आखिर यो अवस्थाको अन्त्य कहिले होला ? स्वयम उपभोक्ताहरु नै यसतर्फ चनाखो हुनुपर्ने भएको छ ।

aryalyamuna44@gmail.com

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive