Thursday, 11 July 2013

दलाई लामाविरुद्ध संघर्ष जारी राख्ने चीनको उद्घोष


काठमाडौं (नेपालडोर) । भारतमा शरण लिइरहेका तिब्बती धार्मिक नेता दलाई लामाविरुद्ध चीनको कम्युनिष्ट पार्टी र सरकारले संघर्ष जारी राख्ने उद्धोष गरेको छ । लामाको ७८ औं जन्मोत्सव मनाइरहेको समयमा चीनका एक उच्च कम्युनिष्ट नेताले यस्तो उद्घोष गरेका हुन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चीनको कम्युष्टि पार्टीका केन्द्रीय नेता झेङसेङले लामालाई अराजक गतिविधिमा लागेको आरोप लगाएका छन् । उनले गल्ती स्वीकार नगरेको ती नेताको भनाइ छ । चीनले दलाई लामाविरुद्ध वास्तविक संघर्ष अब सुरु गर्ने चेतावनी दिएको छ । ‘द दलाई क्लिक’ नाम दिएको त्यो संघर्ष कस्तो हुने भन्ने खुलेको छैन ।
तिब्बत भ्रमणमा रहेका झेङसेङले लामाले आफ्नो गल्ती स्वीकार गर्दै आत्मालोचना गरे उनलाई चिनियाँ कम्युनिस्ट पार्टीले फरक ढंगले हेर्ने बताए । उनले थपे, ‘तिब्बत सदियौँदेखि चीनको अधिनमा रहेको पनि दलाई लामाले स्विकार्नुपर्छ ।’
स्वतन्त्र तिब्बतको माग गर्दै दलाई लामा सन् १९५९ मा भारतमा शरण लिन पुगेका थिए । स्वतन्त्र तिब्बत भएको खण्डमा मात्रै लामाले तिब्बतमा वास्तविक बुद्ध धर्मको विकास गर्न सक्ने बताउँदै आएका छन् । तर, बेङजिङले सधैँ तिब्बत आफ्नो अधिनमा रहँदा त्यहाँको जीवनशैलीमा विकास भएको र दशकौँअघिदेखि सो धर्मप्रति आफूहरू सकारात्मक भएको बताउँदै आएको छ ।
उता, लामानिकट मानिस तथा संस्थाहरूले चीनले ६ जुलाईमा दलाई लामाको ७८औँ जन्मदिन मनाउँदै गर्दा मानिसहरूलाई गोली हानेको बताएका छन् ।

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...