Tuesday, 2 July 2013

अफगानिस्तानमा चार नेपाली मारिए

काठमाडौ (नेपालडोर) । अफगानिस्तानमा आत्मघाती आक्रमणमा परेर चार जना नेपालीको मृत्यु भएको छ । राजधानी काबुलमा मंगलबार बिहान भएको बम आक्रमणमा सुरक्षागार्ड काम गर्दै आएका नेपालीको मृत्यु भएको हो ।
बिबिसीका अनुसार नेटो सैनिकलाई सामान आपूर्ति गर्दै आएको एक कम्पनीलाई लक्षित गर्दै गराएको बिस्फोटमा त्यही कम्पनीमा कार्यरत सुरक्षागार्ड नेपाली चारसहित ७ जनाको मृत्यु भएको हो । मृत्यु भएका नेपालीको नाम खुल्न सकेको छैन ।
आत्मघाती आक्रमणपछि नेटो सैनिक र तालिवानीबीच दोहोरो फायरिङ भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  

No comments:

Post a Comment

पूर्व गोर्खा सैनिकको पेन्सनमा राष्ट्रपति पौडेलको चासो

काठमाडौं, २६ माघ राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व ब्रिटिश गोर्खाको समान पेन्सन लगायतका बिषयमा नेपाल र बेलायतबीच भइरहेका छलफलबारे चासो राखे...