Monday, 1 July 2013

अर्को दलीय सरकार बनाएपनि निर्वाचन असम्भवः रेग्मी

मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीसँग सामूहिक तस्वीर खिचाउँदै जनता पार्टीका नेताहरु ।
काठमाडौं १७ असार । चुनावी मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीले अहिलेको सरकारलाई असंवैधानिक भनेर राजनीतिक दलहरुबाटै अर्को सरकार बनाईएपनि निर्वाचन सम्भव नहुने बताएका छन् ।
जनता पार्टी नेपालको  ज्ञापन पत्र बुझ्दै अध्यक्ष रेग्मीले भने–दलहरुबाट निर्वाचन सम्पन्न हुने थियो भने भैसक्थ्यो, अहिले पनि पार्टीहरु चिरा–चिरा परेका छन् त्यसकारण दलहरुकै नेतृत्वमा सरकार गठन भएपनि निर्वाचन हुन सम्भव छैन ।
उनले आफूले हात जोडेर प्रभु सरकारको नेतृत्व मलाई दिनुप¥यो भनेको नभई  दलहरुकै जोडले नेतृत्व आफूले  सम्हालेको स्पष्ट पार्दै आफ्नो लक्ष्य  निर्वाचन सम्पन्न गराएर नयाँ जनप्रतिनिधिहरुलाई नेतृत्व सुम्पने भएको बताए । त्यसैले आन्दोलन, बाधा व्यवधानको कुरा नगरी सबै मिलेर निर्वाचनमा गएर मुलुकलाई निकास दिन उनले आब्हान गरे ।
१० सूत्रीय मागसहितको ज्ञापन पत्र बुझाउँदै जनता पार्टी नेपालका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले अहिलेको अवस्थामा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुको समान हैसियत भएकाले सरकारले आप्mनो घोषणा पत्र मार्फत चार दलीय संयन्त्रबाट मुक्त भएको प्रत्याभूति गराउँदै निश्पक्ष निर्वाचन सम्पन्न गराउन आग्रह गरे ।
उपाध्यक्ष अरुणकुमार सुवेदीले भने– आप्mना मागहरुलाई एक महिनाभित्र सम्बोधन नभए समान विचार राख्ने अन्य दलहरुसँग सहकार्य गरेर आन्दोलनमा जान बाध्य हुने छौं ।
प्रचलित संविधान र कानुन अनुसार धर्मान्तरण गर्नु गराउनु दण्डनीय अपराध भएपनि सरकारी संयन्त्रहरु निस्क्रिए रहेको आरोप लगाउँदै महासचिव खेमनाथ आचार्यले भने–धर्मान्तरणको सत्य तथ्य छानवीन गरी दोषीलाई कडा कारवाही गर्न अविलम्ब न्यायिक आयोग गठन गर्न माग गरे ।

No comments:

Post a Comment

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...