Tuesday, 2 July 2013

सदभावना पार्टी र शसस्त्र समूहबीच एकीकरण, सञ्जय गुप्तालाई नया जिम्मेबारी

काठमाडौ, १८ असार (नेपाल डोर) । राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टी र सञ्जय गुप्ता (कौटिल्य शर्मा) संरक्षक रहेको संयूक्त जनतान्त्रिक तराई मुक्ती मोर्चावीच एकीकरण भएको छ । मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर दुई पार्टी वीच एकीकरणको घोषणा भएको हो । आदीबासी मधेसी, दलित र पिछडिएका वर्गलाई शान्तिपूर्ण आन्दोलनबाट अधिकार सम्पन्न पर्ने संकल्प सहित दुई पार्टीवीच एकीकरण भएको हो । एकीकरणपछि गुप्तालाई मधेश रक्षा बाहिनीको प्रमुख बनाइएको छ ।
मोर्चाका संरक्षक गुप्तालाई सदभावना पार्टीको भातृ संगठन रक्षा बाहिनीको नेतृत्व र संयोजक रविदत्त मिश्र सहितका नेताहरुलाई केन्द्रीय समितिमा स्थान दिईने पत्रकार सम्मेलनमा जानकारी दिईयो । पत्रकार सम्मेलनमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैद्यसमूह सहितका दलहरु दलको नेतृत्वमा सरकार बनाउन असफल भए पनि प्रधानन्यायाधिस खिलराज रेग्मीको नेतृत्वमा सरकार बनेको दावी गर्दै अहिले सरकार परिवर्तनको बैद्यसमूहको माग माने नेपालमा कहिल्यै पनि निर्वाचन हुन नसक्ने ठोकुवा गरे ।
उनले मंसिर ४ गते कुनै पनि हालतमा संविधानसभाको निर्वाचन गराउनु पर्ने भन्दै त्यो हुन नसके मुलुक अर्को अराजकतामा फस्ने चेतावनी दिए । उनले सबै चित्त बुझाउन नसकिने भएकोले बैद्य चुनावमा नआउने भए पनि केही गर्न नसकिने स्पष्ट पार्दै निर्वाचन विथोल्ने घोषणा गर्नेहरु लोकतन्त्रका विरोधी भएको टिप्पणी गरे । उनले भने–निर्वाचन सरकारले गर्ने हो । संविधान सरकारले नभई दलहरुले बनाउने हो । त्यसैले जनताप्रति विश्वास भए निर्वाचनमा आउन डराउनु हुँदैन ।
पार्टी एकीकरणले मुलुकलाई शान्तिपूर्ण बाटोबाट निकास खोज्न सन्देश दिएको उल्लेख गर्दै अब आफ्नो संगठनलाई क्रान्तिकारी बनाउदै थप पार्टीहरु एकीकरण गरेर अघि बढ्ने बताए । उनले तमलोपा सहित धेरै पार्टीसँग मध्यस्त कर्ताहरुले पार्टी एकीकरणको लागि पहल गरिरहेको जानकारी समेत सो अवसरमा दिए ।
मोर्चाका संरक्षक गुप्ताले तत्कालिन सरकारलाई सुनाउन आफूहरुले हतियार उठाएको जानकारी दिदै तर अहिले परिस्थिति फेरिएकोले शान्तिपूर्ण माध्यमबाट अधिकार प्राप्तीको लागि संघर्ष गर्नु पर्ने आवश्यकताका कारण एकीकृत भएको बताए । उनले यो एकीकरणपछि मधेसमा नयाँ क्रान्तिकारी पार्टि गठनको प्रक्रियाको प्रारम्भ भएको बताए ।
‘म तराई मधेश मात्र नभएर सिंगो मुलुकको लागि राजनीतिमा सक्रिय हुन्छु र देशैभरि संगठन निर्माणमा क्रियाशिल हुन्छु’ गुप्ताले नेपाल डोर डटकम सँग कुराकानी गर्दै भने । दोस्रो जनआन्दोलनपछि एमाले छाडेर जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चामा गएका उनी त्यहाँ विभाजन भएपछि प्रल्हाद गिरी (पवन)ले नेतृत्व गरेको अर्को सशस्त्र समूहमा गएका थिए । सो समूहको वार्ता टोली संयोजक भएर वार्तामा आएका गुप्ताले पछि मोर्चाको विभाजनसँगै एउटा समूहको संरक्षक बनेका थिए । वार्ता प्रक्रियामा आएका बेला उनी एक बर्षजति जेलसमेत परेका थिए । पवन गिरी हाल एमाओवादीको केन्द्रिय सदस्य बनेका छन् । गुप्तालाई लैजान एमालेको एउटा पंक्ति क्रियाशिल थियो र उनी पनि सकारात्मक थिए । तर गुप्ताले आफ्नो सहज राजनीतिक क्यारिअर सद्भावनामा नै खोजेका छन् ।


No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...