Saturday, 13 July 2013

सम्पादक पन्त सम्मानित

काठमाडौं, असार २९ (नेपालडोर) । भानुजयन्तिका पावन अबसरमा मोडर्न कन्या  मलिटपल कलेजले बरिष्ठ पत्रकार एवं नेपाल समाचार पत्र दैनिकका सम्पादक टंक पन्तलाई सम्मान गरेको छ । नारी शिक्षाको बिकास र नारी अधिकारका लागि पत्रकारिताका माध्यमबाट योगादन पु¥याएबापत् उनी सम्मानित भएका हुन् । भानुजयन्तिका अबसरमा शनीवार आयोजित कार्यक्रममा  कानुन, न्याय संसदीय मामिला, श्रम तथा रोजगारमन्त्री हरिप्रसाद न्यौपानेले पन्तलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ साहित्यकार परशु प्रधानले   आदिकवि भानुभक्तप्रति स्वदेशमा भन्दा  विदेशमा धेरै मान सम्मान गरिदै आएको बताए । उनले पछिल्लो समय अंग्रजी, हिन्दीलगायतका भाषाले नेपाली भाषमाथि थिचोमिचो गर्ने क्रम बढेको पनि टिप्पणि गरे । कार्यक्रममा  कवि देवी नेपाल, ठाकुर , शर्मा यादब भट्राई  ,  कलेजका छात्रा शुभेच्छा घिमिरे, संगीता श्रेष्ठ, अनिता आचार्यलगायतले आदिकवि भानुभक्तप्रति समर्पित भएर कविता बाचन गरेका थिए ।


No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...