सशस्त्रमा ५८ प्रहरी उपरीक्षकको सरुवा


काठमाडौं । सशस्त्र प्रहरी मुख्यालय हलचोकले एकै पटक ५८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । सशस्त्र मुख्यालयले १५ जना एसएसपीको पदस्थापना गरेको छ । गत जेठ २३ मा सशस्त्र प्रहरी नायव उपरीक्षकबाट उपरीक्षकमा बढुवा भएका उनीहरुको एकै पटक सरुवा र पदस्थापना भएको हो ।
मुख्यालयले निकालेको सरुवामा गोविन्द क्षेत्री औद्योगिक सुरक्षा बल इटहरी, हरिशंकर बुढाथोकी औद्योगिक सुरक्षा, कृष्णभक्त बम्हचार्य दन्तकाली गण, हरिश्चन्द्र अधिकारी औद्योगिक सुरक्षा गण काठमाडौं, चन्द्रप्रकाश गौतम बिन्दबासिनी गण, वेचन यादव विपद् व्यवस्थापन कुरिन्टार, शम्भु सुवेदी मानवश्रोत विभाग र शिवबहादुर मल्ल एपिएफ अस्पताल सरुवा भएका छन् ।
यस्तै किशोर प्रधान बंगलामुखी कार्यदल गण, अभिकुमार खत्री सीमा सुरक्षा सप्तरी, राजेन्द्रकुमार अधिकारी तालिम केन्द्र ककनी, दुर्गाप्रसाद भट्टराई सिद्धकाली गण, कमल गिरी महाविद्यालय, कूलबहादुर नेम्बाङ सीमा सुरक्षा मोरङ, गणेशबहादुर ठाडा मगर सीमा सुरक्षा पर्षा, मानसिंह मौनी प्रशिक्षण प्रतिष्ठान, हर्कबहादुर रावल बडिमालिका गण, गजेन्द्र शाही भद्रकाली गण, रामकृष्ण लामा एपिएफ अस्पताल, दिलिपकुमार शर्मा छिन्नमस्ता गण, गुणाखर खनाल मानव श्रोत विभाग, महेशकुमार श्रेष्ठ पाथिभरा गण, विजयकुमार पण्डित सीमा सुरक्षा सिराहा, मोहनसिंह केशी त्रिपुरा गण, उत्तमराज ठनेत कोकालिनीमाई गण र तारादत्त पन्त राजश्व तथा औद्योगिक सुरक्षा निर्देशनालय सरुवा भएका छन् ।
भगवान मल्ल राजश्व गण नेपालगञ्ज, शैलेन्द्रकुमार भण्डारी मनकामना गण, कविराज श्रेष्ठ एपिएफ अस्पताल, कृष्णकुमार थापा क्षेत्री शैलेश्वरी गण, शम्भू सापकोटा महानगरीय सशस्त्र प्रहरी कार्यालय, गणेशबहादुर थापा सीमा सुरक्षा चितवन, वीरबहादुर श्रेष्ठ ज्वाला माई गण, शम्भू उप्रेती युक्ति तालिम महाविद्यालय, सुरेन्द्र खड्का प्रधान कार्यालय प्रशासन विभाग, मानबहादुर रजाली मगर सीमा सुरक्षा बर्दिया, राजु अधिकारी बागेश्वरी गण, महेन्द्रविक्रम थापा रक्तकाली गण, भीमबहादुर थापा नीलबराही गण र गोपालकुमार गुरुङ राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएका छन् ।
सरुवा भएका अन्य सशस्त्र एसपीमा मधुकृष्ण गड्तौला राजश्व तथा औद्योगिक सुरक्षा निर्देशनालय, चन्द्रप्रसाद भट्ट महानगरीय सशस्त्र प्रहरी कार्यालयमा सरुवा भएका छन् ।
पदस्थापना भएका सशस्त्र एसपीमा भेषबहादुर शाह सीमा सुरक्षा रुपन्देही, राजेश तण्डुकार पश्चिम क्षेत्रीय मुख्यालय, शुदर्शन शर्मा सिलवाल मध्यपश्चिम मुख्लायल, आनन्द नेम्बाङ सीमा सुरक्षा कैलाली, मुरारी बस्नेत गडीमाई गण, गणेशबहादुर संग्रौला सीमा सुरक्षा झापा, प्रदिपकुमार पाल प्रधान कार्यालय राजश्व तथा औद्योगिक निर्देशनालय, वीरबहादुर गुरुङ प्रधान कार्यालय कार्य विभाग, अरुणशंकर तिम्ला दक्षिणकाली गण, रत्न पोख्रेल उपत्यका सुरक्षा गण, कृष्णराज पाठक सीमा सुरक्षा सुनसरी, रामाधर यादव पूर्व क्षेत्र मुख्यालय, लक्ष्मणबहादुर सिंह सीमा सुरक्षा सिन्धुपाल्चोक, भरतबाबु केशी मध्यपश्चिम क्षेत्रीय मुख्यालय र विदुरबहादुर खड्का गुहेश्वरी गण रहेका छन् ।

Comments

Popular posts from this blog

Importance of Pharm. D study in Nepal

Climate and Clean Air Coalition (CCAC) meets in Kathmandu to tackle air pollution

डा.भट्टराई, 'क्रान्ति'को कार्यकाल कति हो ?