Wednesday 12 June 2013

३६,७१७ जना एमालेमा प्रवेश, एमाओवादीलाई ठूलो चड्कन


-सुरेन्द्र सुवेदी-
काठमाडौं (नेपालडोर) । नेकपा एमालेमा ३६ हजार ७ सय १७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् । पार्टी मुख्यालयमा पार्टी प्रवेश गरेका व्यक्तिलाई स्वागत गर्दै एमालेले तिनीहरुलाई उचित जिम्मेवारी दिने आश्वासन दिएको छ ।
पदका लागि मरिहत्ते गर्ने रामचन्द्र झादेखि उर्मिला अर्याल (प्रचण्डकी पूर्व पे्रमिका) समेत एमाओवादीमा प्रवेश गरेको लगत्तै एमालेले ठूलो संख्यामा एमाओवादीकै राम्रो हैसियत भएका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएको हो ।
एमाले प्रवेश गर्नेमा तराई मेधश लोकतान्त्रिक पार्टीका उपमहासचिव रत्नेश्वर गोहित यादवसहित हजारबढी एमालेमा प्रवेश गरेका छन् ।
उनीसँग जिल्ला कमिटी सदस्य रहेका जयप्रकाश यादव, रामपदार्थ सलैता, राजेन्द्र मण्डल, सत्यनारायण यादव, हेमशंकर मण्डल, इन्दल रावल, सो पार्टीका भातृसंगठनका जिम्मेवार कमरेडहरु विजय साह, मूकेश सिंह यादव, मोतीलाल पासवान, दिलिप कुमार यादव, जगरनाथ मण्डल, राम एकवाल भदिसवार पनि एमालेमा प्रवेश गरे । एमाओवादीको थारुवान राज्य समिति सचिवालय सदस्य रोमहर्ष धिताल, शक्तिखोर माओवादी लडाकु सिरिवबाट बिद्रोह गरी निस्केका छापामार अमृत गिरी, सिन्धुली जिल्ला विकास समितिका पूर्व उपसभापति हेम लामासमेत एमालेमा प्रवेश गरेका हुन् ।
 उनीहरुलाई एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोख्रेलसमेतले खादा ओढाएर स्वागत गरे । एमालेमा प्रवेश गर्नेमध्ये अधिकांश एमाओवादी र केही माओवादीका नेता तथा कार्यकर्ता छन् । एमाले प्रवेशपछि तमलोपाका उपमहासचिव रत्नेश्वर गोहित यादवले मधेशी दल सत्ता र पैसामा केन्द्रीत भएकोले एमालेमै फर्र्किएको बताए । उनी २०६४ को संविधान सभा निर्वाचनमा एमालेकै तर्फबाट उमेद्वार बनेर पराजीत भएका थिए ।
‘राजनीतिक सङ्कटको समाधान गर्न र लोकतन्त्रको रक्षा, राष्ट्रियताको संरक्षण र उपलव्धिको रक्षा गर्दै मुलुकलाई शान्ति, स्थायित्व र समृद्धिको दिशामा लैजान बलियो लोकतान्त्रिक– क्रान्तिकारी शक्तिको खाँचो भएकोले अन्य पार्टीमा रहेर संकट समाधान हुन नसक्ने देखेका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।’ एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावालीले भने । एमालेले देशभर नेकपा (एमाले) मा प्रवेश गर्ने राष्ट्रव्यापी लहर नै चलेको दावी पनि गरेको छ ।
    काठमाडौंमा एमाओवादीका पर्यटन इलाका जिल्ला कमिटी सदस्य हरी घरेलसहित १६ जना, अखिल नेपाल प्रगतिशील महिला संघ, केन्द्रीय सदस्य सरस्वती भट्टराई, अखिल नेपाल प्रगतिशील किसान संघका केन्द्रीय सदस्य विष्णु बुढाथोकी, ललितपुरको ठूला दुर्लुङ, गोटीखेल र नखिपोट लगायतका स्थानबाट एमाओवादी र कांग्रेसबाट ५ सय ५० जना प्रवेश गरेका छन् ।
मेचीको इलाममा २ सय ५०, झापामा ५२, तेह्रथुमबाट १ सय २, भोजपुरबाट १२, सुनसरीबाट १ हजार ५ सय, मोरङ्गबाट २ हजार २ सय, धनकुटाबाट २ सय जना एमाले प्रवेश गरेको एमालेले जनाएको छ । संखुवासभाबाट  ४२, ओखलढुंगाको एमाओवादी जिल्ला कमिटी सदस्य गणेश कार्की, धिर्ज सिंह मिजारसहित २ सय ५० जना एमाले प्रवेश गरेका छन् ।
खोटाङ नेकपा (माले) का पूर्व उपसचिव गृहबहादुर राई, नेकपा एकीकृतको सचिवालय सदस्य कृष्णचन्द्र श्रेष्ठ, एनेकपा (माओवादी) जिल्ला कमिटी सदस्यहरु डीएम चाम्लिङ, गोपालचन्द्र आचार्य, सीता आचार्य, नेकपा–माओवादीका जिल्ला कमिटी सदस्य भीम खत्री, नेकपा एकीकृतका जिल्ला सदस्य लबकुमार राई, राप्रपा नेपालका जिल्ला कमिटी सदस्य गंगा श्रेष्ठलगायत २ हजार ५ सय जना, सर्लाहीबाट ४ सय ६३, सिन्धुली एमाओवादीबाट ६ सय प्युठानमा ३ हजार २ सय, दाङ एमाओवादीका जिल्ला कमिटी सदस्य गोविन्द सेर्पाइली, रुद्रबहादुर बुढा, सालिकराम रजौरे, विष्णुबहादुर थापा, प्रकाश बस्नेत, शान्ता जिसी, विष्णुबहादुर थापा (कर्मचारी संगठनको केन्द्रीय परिषद् सदस्य), रामबहादुर राना, ताराबहादुर घर्ती, टोपबहादुर बुढाथोकी, अरबिन्द चौधरी, जिल्ला सल्लाहकार लालबहादुर चौधरी पनि एमाले प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला कमिटी सदस्य लोकबहादुर छिनाल, लक्ष्मण भण्डारी, जनमोर्चा नेपाल जिल्ला सदस्य लिला धिताल सहित विभिन्न दलबाट ६ हजार २ सय जना एमाले प्रवेश गरेको प्रचार विभागले जनाएको छ ।
बाग्मतीका सिन्धुपाल्चोकमा ४ हजार १ सय ५, काभ्रेपलाञ्चोक १ हजार ७ सय ६५, दोलखामा ८ सय २६, रसुवामा २ सय ५० र धादिङबाट ६ सय १२ जना एमालेमा आएका छन् । एमाले प्रवेश गरेका अन्य दलका नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिने एमाले अध्यक्ष झलनाथ खनालले बताए । उनले आगामी संविधानसभा निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने र संविधान पनि बन्ने बताए । महासचिव इश्वर पोख्रेलले एमालेमा प्रवेशको लहर नै चलेको भन्दै आगामी संविधानसभा निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनेपछिमात्र देशमा संविधान आउने तथा शान्ति प्रक्रिया टुंगोमा पुग्ने धारणा राखे ।

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive